महासचिवको प्रतिवेदन – २०२३

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को टेक्सस राज्यको ह्युष्टन  शहरमा २० र २१ , २०२३ मा हुने आठौं अधिवेशन तथा १६औं साधारणसभावाट पारित संघका महासचिव सुरज भण्डारीले तयार पार्नुभएको महासचिवको प्रतिवेदन । 

 

 विषय प्रवेशः

सन् २००७ मा स्थापित संघको भर्जिनिया राज्यको च्यान्टिली सहरमा जुलाई २४ – २५, २०२१ मा भएको सातौं अधिवेशन तथा १४औं साधारण सभाले संघको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । विकासराज न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्यसमितिले एक वर्षभित्र पूरा गर्दा भए/गरेका गतिविधि समेटेर तयार पारेको महासचिवको प्रतिवेदन जुलाई २३ – २४, २०२२ मा सानफ्रान्सिस्को सहरमा सम्पन्न संघको १५औं साधारण सभाले पारित गरिसकेकाले तत्पश्चातको एक वर्षको अवधिमा भएका गतिविधिलाई समेटेर यो महासचिवको प्रतिवेदन तयार पारिएको हो । 

 

यस प्रतिवेदनलाई मुख्यतः २ भागमा विभाजन गरेको छु । जो यस प्रकार रहेका छन् । 

 

१) सांगठनिक अवस्था 

२) संघको संस्थागत विकासका लागि गरिएका प्रयास र कार्यहरू

३) संघ मार्फत भएका गतिविधिहरू

१) सांगठनिक अवस्था 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा हाल १६९ सदस्य रहनुभएको छ । जसमा २ जना मानार्थ सदस्य हुनुहुन्छ भने ४८ जना आजीवन सदस्य रहनुभएको छ । वर्ष २०२१-२०२३ को कार्यकालमा २२ जना साधारण सदस्यहरूले सदस्यताको किसिमलाई आजीवन सदस्यतामा परिवर्तन गर्नुभएको छ। यस कार्यकालमा ४७ जनाले नयाँ सदस्यता प्राप्त गर्नुभएको छ । यसअघि २ जना मानार्थ सदस्य, २६ जना आजीवन गरी कुल १ सय ४० सदस्य नेजामा आबद्व रहनुभएको थियो । 

२) संघको संस्थागत विकासका लागि गरिएका प्रयास र कार्यहरूः संघको संस्थागत विकाससँग सम्बन्धित रही यस बीचमा संघमार्फत गरिएका प्रयास र कार्यहरू देहायबमोजिम रहेका छन्-

 

क) दस्तावेजीकरणः

 

सन् २००७ मा स्थापना भएको संघको ऐतिहासिक दस्तावेजहरुको संकलन तथा आवश्यक परेको अवस्थामा विभिन्न कागजात तथा प्रमाणपत्रहरुलाई अद्यावधिक गर्ने कार्यको सुरुवात भएको छ । अत्यावश्यक कागजात, ऐतिहासिक तस्बिरहरु, विभिन्न समयमा विभिन्न प्रयोजनका लागि गठन भएका समिति र उनीहरुले तयार पारेको प्रतिवेदन, विभिन्न शीर्षकमा संघमार्फत गरिएका ऐतिहासिक महत्वका निर्णयहरुलाई संकलन गर्ने काम अघि बढेको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिन चाहन्छु । संघको यस कार्यसमितिले सुरुवातदेखि नै संघको कागजपत्रहरुको दस्तावेजीकरणको  कार्यलाई प्राथमिकता दिँदै आएको थियो । संघको वर्तमान कार्यसमितिले सुरुवातमै सामूहिक ढंगबाट सबै सदस्यलाई इमेल गरी संघ सम्बन्धित कुनै कागजात, तस्बिर वा सामग्री रहे उपलब्ध गराउन अनुरोध गरेको थियो । सँगसँगै विभिन्न चरणमा सम्बन्धित व्यक्तित्वहरुसँग समेत छलफल भएको थियो । फेब्रुअरी ६, २०२२ मा संस्थापक अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरु, विधान समितिका पूर्वसंयोजक तथा सदस्यहरु, पूर्वसल्लाहकारज्यूहरु, पूर्वमहासचिवज्यूहरु, पूर्वसचिवज्यूहरु तथा पूर्वपदाधिकारी र पूर्वकार्यसमितिका उपलब्ध सदस्यज्यूहरुलाई डाकेर सामूहिक रुपमा छलफल गर्नुका साथै संघको वर्तमान कार्यसमितिको तर्फबाट अनुरोधसमेत गरिएको थियो । सो सामूहिक छलफलबा प्राप्त सुझावलाई ग्रहण गर्दै त्यसलाई मार्गदर्शनको रुपमा लिई दस्तावेजीकरणको कार्य अघि बढाइएको थियो । 

संघको हालसम्म भएका सदस्यहरुको विवरण, पूर्वकार्यसमितिमा रहनुभएका सदस्यहरुको विवरण, तस्बिरहरु, ऐतिहासिक डकुमेन्टहरुलाई एकत्रित गरी दस्तावेजीकरण गर्ने कार्य अघि बढेको छ ।

 

ख) संघको दर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्ति

 

संघ दर्ता भएको सम्बन्धित सरकारी निकायमार्फत दर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गरी भण्डारण गरिएको छ । हाम्रो कार्यसमिति आएपश्चात संघ दर्ता भएको प्रमाणपत्रको खोजी गर्दा सो प्राप्त हुन नसकेपछि  यो कार्यसमितिले संघका अघिल्ला कार्यसमितिमा रहनुभएका सम्बन्धित पदाधिकारीहरुसँग समेत सो उपलब्ध गराउन आग्रह गरेको थियो । तर, हाम्रो कार्यसमितिलाई त्यो उपलब्ध हुन सकेन । फेब्रुअरी ६, २०२२ मा सामूहिक बैठकमा समेत यो विषय हामीले उठायौं र तत्पश्चात पनि उपलब्ध नभएपछि त्यसको प्रतिलिपिका लागि प्रक्रिया अघि बढाइएको थियो र सो प्राप्त भएको छ ।

 

ग) रसिद छपाइ तथा ट्याक्स छुट नम्बर लिने प्रक्रियाको सुरुवात 

 

गैरनाफामूलक सामाजिक संस्थाको रुपमा ५०१सी-३ (501C-3) ३ मा दर्ता भएको हाम्रो संस्थाले कुनै पनि सामग्री खरिद गर्दा वा कुनै सेवा तथा वस्तुको लागि भुक्तानी गर्नुपर्दा हामीले प्रक्रिया पूरा गर्न सक्दा ट्याक्स तिर्नुपर्दैन, त्यसका लागि आवश्यक दर्ता प्रक्रियाको कार्य पूरा भई सोका लागि आवश्यक पर्ने नम्बर प्राप्त भएको छ । यस विषयमा समेत कोषाध्यक्षको प्रतिवेदनमा विस्तृत उल्लेख हुनेछ । साथै, हाम्रो संस्थालाई सहयोग गर्नेहरुलाई हामीले उहाँहरुले ट्याक्स फाइल गर्दा सहयोग गरिएको रकम तिर्नुपर्ने ट्याक्सबाट छुट गराउन सक्ने गरी व्यवस्था मिलाउनका लागि प्रक्रिया अघि बढाएका छौं । 

 

घ) विधान संशोधन

 

संघको यसअघिको  विधानलाई संशोधन गरी आवश्यकताअनुरुप परिमार्जनसमेत गरी संघको विधान-२०२२ तयार पारी गत १५औं साधारण सभाबाट पारित गराई लागू गरिएको छ । 

 

ङ) पुरस्कार तथा सम्मानसम्बन्धी विनियावली

 

संघले विभिन्न शीर्षकमा उत्तर अमेरिकाभित्र र मातृभूमि नेपालमा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । संघले विगतदेखि नै वितरण गर्दै आएको पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै थप पुरस्कार तथा सम्मानका लागि सहकार्य गर्न चाहने संघ-संस्थाहरु बढेका छन् । आगामी दिनहरुमा पनि यो संख्या थपघट हुन सक्ने कुरामा सचेत रहँदै संघको यसअघि रहेको नेजा पुरस्कारसम्बन्धी कार्यविधि २०१५ को मूल मर्म र त्यसपश्चात भएका विभिन्न व्यावहारिक तथा लिपिबद्व सम्झौताहरुको मूल उद्देश्य प्रभावित नहुने गरी संघको पुरस्कार तथा सम्मानसम्बन्धी विनियमावली-२०२२ निर्माण गरी कार्यन्वयनमा ल्याइएको छ । यसले संघको हाल रहेको पुरस्कारहरुलाई व्यवस्थित, प्रक्रियागत, पारदर्शी बनाउन भूमिका खेल्नेछ भने भविष्यमा सुरुवात हुन सक्ने पुरस्कार, सम्मान, लेखनवृत्तिजस्ता विषयलाई समेत एउटा गाइडलाइन दिनेछ ।

 

च) आचारसंहिता निर्माण

 

संघको विधानमा समेत आचारसंहिता बनाएर अघि बढ्न सकिनेछ भन्ने उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकिरहेको अवस्था रहेको थियो । पत्रकारिताको विश्वव्यापी मान्यता र पत्रकार आचारसंहितासँग जोडिने अन्तर्राष्ट्रिय अभ्यासलाई अंगीकार गर्ने नेजा सदस्यहरु त्यसबाट कहीँ कतै पनि विचलित हुँदैनन् भन्ने मान्यता हाम्रो रहेको छ । र पनि संघको तर्फबाट आफ्ना सदस्यहरुलाई आचारसंहिता निर्माण गरी अघि बढ्दा त्यसले समुदायमा समेत सकारात्मक सन्देश प्रवाह हुने र पत्रकार तथा पत्रकारिताको गरिमा र विश्वसनियता पनि बढ्नेतर्फ ध्यान दिई संघले आचारसंहिता निर्माण गरेको छ । पत्रकारलाई आचारसंहिता भन्ने कुरा भनेको एक प्रकारको पत्रकारिताको धर्म आफूले निभाएको छु या छैन भनी स्वमापन गर्ने स्वनियम नै हो भन्ने कुरा हामी सबै नेजा सदस्यहरु त्यसमा गम्भीर छौं र रहने छौं भन्ने हाम्रो विश्वास रहेको छ । 

 

छ) नेपाल पत्रकार महासंघ (एफएनजे) सँग सम्झौता

 

संघ गठनको  उद्देश्य र सदस्यता प्राप्तिको आधारले समेत हामीलाई मातृभूमि नेपालसँग कहीँ न कहीँ जोडेको छ । र, त्यही मातृभूमि नेपालमा पत्रकारिता गरिरहने पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ (एफएनजे) को नेपालमा रहँदा जसका हामीमध्ये धेरै सदस्य पनि थियौं र कतिपय अहिले पनि छौं । त्यो संस्थासँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) को विगतदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध तथा सहकार्य रहँदै आएको छ । नेजा ग्रामीण पत्रकारिता पुरस्कार हो वा अन्य विभिन्न कार्यहरुमा नेजा र एफएनजेबीचमा सहकार्य हुँदै आएको अवस्था छ । महासंघमा अध्यक्ष शिव गाउँलेज्यू र नेजामा अध्यक्ष आङछिरिङ शेर्पाज्यू रहँँदा दुई संस्थाबीच लिखित सम्झौता गरी सहकार्यलाई संस्थागत गर्ने कामको सुरुवात भएको थियो । 

 

समयक्रमसँगै नेजा र एफएनजेबीच स्पष्ट ढंगको सहकार्यको आवश्यकता देखिएको थियो । यसका लागि नेजा र एफएनजेका बीचमा आपसी समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने सम्बन्धमा यसअघि कार्यसमितिहरुले समेत पहल गर्नुभएको थियो । त्यसलाई समेत ग्रहण गर्दै गत १५औं साधारण सभाको क्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघ (एफएनजे) का बीचमा आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

 

ज) नेजा-एनआरएनए यूएसए पत्रकारिता सम्मानको सुरुवात 

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका (एनआरएनए, अमेरिका) ले हामीसँग सहकार्य गरी पत्रकारिताको क्षेत्रमा केही गर्ने आशय प्रकट गरेसँगै छलफल आरम्भ भएको थियो । एनआरएनए अमेरिकासँगको छलफलपश्चात उहाँहरुले संघसँग मिलेर पत्रकारिता सम्मानको व्यवस्था गर्ने सम्बन्धमा चासो देखाउनुभयो । तत्पश्चात त्यसका लागि आवश्यक कोष निर्माण गर्न बजेटसमेत विनियोजन गरी पहिलो सम्मानका निम्ति आवश्यक पर्ने रकम उपलब्ध गराउनुभयो । त्यस पुरस्कार राशीको कोष बनाई नेजा-एनआरएनए, अमेरिका पत्रकारिता सम्मानको सुरुवात भएको छ ।  यसै क्रममा यस सम्मान संयुक्त रुपमा संघका संस्थापक अध्यक्ष गिरीश पोखरेल र सदस्य विजय घिमिरेले प्राप्त गर्नुभएको थियो । जसमध्ये संघका संस्थापक अध्यक्ष पोखरेललाई  संघको १५औं साधारण सभामा प्रदान गरिएको थियो । अर्का सम्मानित व्यक्तित्व घिमिरेको अनुपस्थितिका कारण सो सम्मान प्रदान गर्न सकिएको छैन । यसअघि एनआरएनए अमेरिकासँग यसअघि नेजा एनआरएनए डिबेटलगायत विभिन्न कार्यक्रममा सहकार्य भने हुँदै आएको थियो ।  

 

झ) नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले उत्तर अमेरिकामा रही पत्रकारितामा सक्रिय पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आमा फाउन्डेसनसँगको सहकार्यमा स्थापना गरी वितरण गर्दै आएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइएको छ । यस पुरस्कारका लागि रकम उपलब्ध गराउँदै आएको आमा फाउन्डेसनसँग सम्झौता गरी आगामी दिनमा यसको निरन्तरताका लागि पहल गरिनेछ । 

 

ञ) वेबसाइट परिमार्जन

संघको वेबसाइटमा परिमार्जन गरिएको छ । त्यस वेबसाइटलाई अझ आकर्षक बनाउने काममा आगामी दिनमा ध्यान केन्द्रित गरिनेछ । अझै पनि वेबसाइटमा पूर्ण विवरण राख्न सकिएको छैन, त्यसलाई आगामी दिनमा पूरा गर्दै लगिनेछ ।

 

ट) अक्षयकोष निर्माणको पहल

 

संघको पहलमा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा वितरण गरिँदै आइएको र भविष्यमा वितरण गर्न सकिने पुरस्कार तथा सम्मानलाई लक्षित गरी नेपालमा २० हजार डलरबराबरको अक्षयकोष निर्माण गर्ने कार्यको सुरुवात भएको छ । यसका निम्ति नेजा र महासंघका बीचमा समेत आवश्यक सम्झौता गरिएको छ । 

 

३) संघमार्फत भएका गतिविधि तथा कार्यक्रमहरुः संघको यस कार्यसमितिले गएको एक वर्षमा गरेका गतिविधि तथा कार्यक्रमहरु यस प्रकार रहेका छन्- 

 

क) ड्यालासमा सामुदायिक छलफल 

संघका सल्लाहकारसमेत रहनुभएका पत्रकार सञ्जय घिमिरेद्वारा लिखित पुस्तक ‘पात्रहरु’ माथि अगस्त १५, २०२३ मा  ड्यालसमा छलफल आयोजना गरियो । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको सहभागितामा भएको छलफलमा पात्रहरु पुस्तकमाथि चर्चा परिचर्चा गर्नुका साथै समुदाय र पत्रकारिताका सम्बन्धबारे सहभागीहरुले धारणा राख्नुभएको थियो । 

 

ख) संघका अध्यक्षको विभिन्न कार्यक्रममा सहभागिता 

संघका अध्यक्ष विकासराज न्यौपानेको नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारण सभामा सहभागिता रहेको थियो । त्यस्तै, महासंघको बाँके शाखाको साधारण सभामा समेत उहाँको सहभागिता रहेको थियो । महासंघले आफ्नो साधारण सभामा औपचारिक पत्र काटी नेजालाई आमन्त्रण गरेको थियो । केन्द्रीय साधारण सभाको क्रममा नेपाल गएको समयमा संघका अध्यक्ष न्यौपानेले पत्रकार महासंघको टोलीसँग नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको थियो । 

 

ग) नागरिकता विधेयकबारे अन्तरक्रिया

संघले नेपालको नागरिकता विधेयक विषयक अन्तरक्रिया कार्यक्रम न्युयोर्कमा फेब्रुअरी २५, २०२३ मा सम्पन्न गरेको थियो । सो अवसरमा नेपाल सरकारको न्यूयोर्कस्थित वाणिज्य दूतावासका अधिकारी, सामाजिक अभियन्ताहरु र संघका पदाधिकारी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।  

 

घ) टेक्ससका तीन सहरमा सामुदायिक अन्तरक्रिया

संघको १६औं साधारण सभा तथा आठौं अधिवेशनको सन्निकटमा ह्युष्टन, ड्यालास र अस्टिनमा  सामाजिक अभियन्ताहरुसँग भेटघाट तथा अन्तरक्रिया गरियो । सो अवसरमा पत्रकारिता र समुदायको सम्बन्धका सन्दर्भमा चर्चा गरिएको थियो । अन्तरक्रियामा सहभागीहरुले संघले समुदायको लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।  

 

ङ) बरालसँग अन्तरक्रिया

विश्व बैंकको कार्यक्रममा सहभागी हुनका लागि अमेरिका आउनुभएको समयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बरालसँग टेक्ससको युलेसमा अप्रिल २३, २०२३ मा संघको तर्फबाट भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा र परिचर्चा गरिएको थियो ।

नेजाको सातौं अधिवशेन तथा १४औं साधारण सभाबाट पारित महासचिवको प्रतिवेदन

 

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवशेन तथा १४औं साधारण सभाबाट पारित

महासचिव (किरण मरहट्ठा) को प्रतिवेदन ।

 

आदरणीय अध्यक्षज्यू, नेपाल अमेरिका पत्रकार संघको कार्यसमिति, सल्लाहकारज्यूहरू तथा संस्थाका सम्मानित सदस्यज्यूहरू एवं उपस्थित सम्पूर्ण साथीहरू,

हाम्रा अग्रज पत्रकारहरू, जसले यो अर्को विश्वमा पनि नेपाली मौलिक पहिचान, कला, संस्कृति र पेसागत अपनत्वलाई जीवन्त राख्ने प्रयास गरे । उनीहरू,जसको दूरदर्शिताको परिणामस्वरुप आज हामीलाइ यो मञ्च, अभिमत र एकबद्धता मिलेको छ, जसले यो संस्थालाइ अभिभावकत्व प्रदान गर्दै विशाल बनाउन अहोरात्र खट्नुभयो । सन् २००७ को एक तुसारे साँझमा भर्जिनियामा नेजा नजन्मिएको भए के आज यो सबै सम्भव थियो ? जवाफ हामीसँगै छ । तसर्थ, सर्वप्रथम नेजाका तिनै संस्थापक र अग्रज अभियन्ताहरूलाई साधुवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

म यस सन्दर्भमा अफ्रिकाका पत्रकारहरू जसले विन्डोक घोषणामार्फत सन् १९९१ मा स्वतन्त्र प्रेसको सिद्धान्त जारी गरे उनीहरूप्रति धन्यवाद व्यक्त गर्दछु ।

वासिङटन राज्यको सुन्दर सहर सियाटलमा जुलाई २२, २०१८ मा पदभार ग्रहण गरेपश्चातको यो अवधिमा मुख्य गरी पत्रकारिताको विकास र समुदायसँग नेजा भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै आफ्ना गतिविधिहरू सञ्चालन गरेको हो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) उत्तर अमेरिकामा रहेका समस्त नेपाली संघ-सस्थाहरूसँग समन्वय गर्दै, समुदायलाइ सु–सूचित गर्ने अभियानमा सक्रिय छ र यो हाम्रै समाजको एक अभिन्न अंग हो भन्ने सन्देश प्रवाह गर्न हामी सफल भएका छौं । यस सन्दर्भमा अमेरिकाका विभिन्न सहरहरूमा नेजाले अमेरिकामा नेपाली पत्रकारितालाई उत्प्रेरणा मिल्ने एवं सामुदायिक संस्थाहरूसँग हातेमालो गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ, जसलाई म २ भागमा विभाजन गरी व्याख्या गर्ने अनुमति चाहन्छु ।

 नेजालाई एनआरएनए अमेरिकाको स्वागतः

नयाँ कार्यसमिति चयन भएलगत्तै एनआएएनए अमेरिकाले डालसमा नेजाको नवनिर्वाचित कार्यसमितिलाइ स्वागत कार्यक्रम आयोजना गरेको थियो । नेजा कार्यसमितिका अधिकांश सदस्यहरू उपस्थित सो कार्यक्रमले नेजा-एनआरएनए सम्बन्ध थप मजबुत बनाउन सहयोग गरेको थियो । सो कार्यक्रम संयोजनका लागि एनआरएनए मिडिया संयोजक बाल जोशीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

 नेपालमा नेजाको साख वृद्धिः

नयाँ कार्यसमिति चयनलगत्तै अगष्ट २०१८ मा तत्कालीन अध्यक्ष सुदिप पन्तले नेपाल पुगी विभिन्न राष्ट्रिय संघ-संस्थाहरू तथा सञ्चारसंस्थाहरूसँग भेटघाट तथा अन्तर्क्रिय गर्नुभएको थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघको सभाकक्षमा एक अन्तरक्रिया आयोजना गरी तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महरा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, निर्वतमान अध्यक्ष तथा नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलगायतको उपस्थितिमा अमेरिकामा नेपाली पत्रकारिताको विकास र पत्रकारको एकतामा नेजाले खेलेको भूमिकाको बारेमा जानकारी गराउनुभएको थियो । त्यस अवसरमा नेजा ग्रामीण पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो । नेपाल पत्रकार महासंघ सगको सहकार्यमा वितरण गरिने सो पुरस्कार कुम्भ राईलाई प्रदान गरिएको थियो ।

साथै, अध्यक्ष पन्तले, जेसिज, लायन्स, उद्योग वाणिज्य संघजस्ता प्रतिनिधिमूलक संघ-संस्थाहरूसँग अन्तरक्रिया गरी नेजाले गरेका कामहरूको बारेमा नेपालमा सकारात्मक प्रभाव पार्न सफल हुनुभएको थियो । त्यस्तै यो संस्थाका सचिव सुरज भण्डारी नेपाल जानुभएको  समयमा नेपाल पत्रकार महासंघका विभिन्न पदाधिकारीहरूसँग भेट गरी अन्तरक्रिया गर्नुभएको थियो । यी कार्यक्रमहरूले हामीले प्रवासमा गरेका कर्मको साखः अवश्य बढाएको छ ।

 क)  सामुदायिक पत्रकारिताको उत्प्रेरणामा नेजाः

अमेरिकामा नेपाली पत्रकारिताको इतिहास आफैंमा पुरानो छैन तर यसको विकास क्रम र आजको स्थिति भने पक्कै पनि प्रशंसनीय छ । डिजिटल पत्रिकाको विकासले यसलाई अझ उत्साहजनक स्थितिमा पुर्याएको हो । पत्रकारिताको मापन स्वयं पत्रकारितामा संलग्न रहनेले आत्ममूल्यांकनको पाटो हो तर पनि नेजाले समाजले मिडिया र पत्रकारलाई सम्मानित ढंगले बुझ्नका लागि आवश्यक पहल गर्दै
आएको छ ।

नेजाले विभिन्न समयमा सञ्चालन गरेका विचार गोष्ठी तथा अन्तरक्रियाहरूले हाम्रो पत्रकारिताको विकासलाई थप गतिशिल बनाएको छ जसको संक्षिप्त विवरण यसरी पेस गर्न चाहन्छु ।

१.     वर्तमान कार्यसमितिले सबैभन्दा पहिलो कार्यक्रम न्युयोर्कमा गरेको हो । जुलाई २६, २०१८ मा भएको सो कार्यक्रममा पत्रकार कबिर राणासँग न्युयोर्कका पत्रकार र सामुदायिक अगुवाहरूले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । त्यस अवसरमा प्रवासको नेपाली पत्रकारिता, छापा सञ्चारमाध्यमले आजको युगमा भोगिरहेका चुनौतीहरू र अनलाइन पत्रिकाको विश्वसनियताको बारेमा बहस भएको थियो । ज्याक्सन हाइट्मा सम्पन्न कार्यक्रममा सहभागी पत्रकार तथा सामुदायिक अगुवाले अनलाइन पत्रिकाको प्रभाव र पहुँच शक्तिशाली भएको तर्क पेस गरे तापनि  पत्रकार राणाले छापा पत्रकारिताको विश्वसनियता अझ कमजोर नभएको तर्क पेस गरेका थिए । उनको यो भनाइलाई धेरै सञ्चारमाध्यमहरूले समाचारमा समेत विशेष स्थान दिएका थिए । महासचिव किरण मरहठ्ठाले संयोजन गरेको सो कार्यक्रमको सञ्चालन उत्तर पूर्व क्षेत्रीय संयोजक कल्पना घिमिरेले गर्नुभएको थियो ।

२.     जुलाइ २८ तारिख अर्को कार्यक्रम टेक्ससको डालसमा आयोजना गरियो । जसमा प्रमुख वक्ताको रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सहभागी रहनुभएको थियो । डालसका स्थानीय अगुवाहरूको ठुलो उपस्थिति रहेको सो कार्यक्रममा नेपाल र प्रवासको पत्रकारिता, प्रवासका पत्रकारका चुनौतीहरू, समुदायको अपेक्षा र समाचार सन्तुलनको बारेमा व्यापक बहस भएको थियो । कार्यक्रममा अध्यक्ष आचार्यले नेजालाई कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । करिब १ सय जना उपस्थित सो कार्यक्रमको सञ्चालन सचिव सुरज भण्डारीले गर्नुभएको थियो भने संयोजन मध्य क्षेत्रका क्षेत्रीय संयोजक रामचन्द्र भट्ट र सभापतित्व उपाध्यक्ष (हालका कार्यबाहक अध्यक्ष) बिकासराज न्यौपानेले गर्नुभएको थियो ।

३.     नेजा सामुदायिक अन्तरक्रियाकै सन्दर्भमा अर्को कार्यक्रम पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकालको संयोजकत्वमा लस एन्जल्समा सम्पन्न भयो । अगष्टमा आयोजित सो कार्यक्रममा करिब १ सय को संख्यामा पत्रकार, व्यवसायी तथा अन्य सामुदायिक अभियन्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कला, संस्कृतिको संरक्षण तथा विस्तारमा नेपाली मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए । कार्यक्रम नेजा अध्यक्ष सुदिप पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।

४.     अगस्ट ७, २०१८ मै न्युयोर्कका पत्रकार र नेपाल पत्रकार महसंघका अध्यक्ष गोविन्द आचार्यबीच एक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रमको संयोजन महासचिव किरण मरहठ्ठाले गर्नुभएको थियो  भने नेजा सल्लाहकार तथा पूर्वअध्यक्ष आङछिरिङ  शेर्पाले सहजीकरण  गर्नुभएको थियो ।

५.     नयाँ वर्ष २०१९ को सुरुवातमै नेजा डीसी मेट्रो क्षेत्रका साथीहरूको पहलमा भर्जिनियामा एक भव्य अन्तरक्रिया सम्पन्न भयो । जनवरीमा सम्पन्न कार्यक्रममा अध्यक्ष सुदिप पन्त, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार गौतम दाहाल, योगेश उपाध्याय पत्रकारहरू राजेश मिश्र, हरि अधिकारीलगायतको उपस्थिति थियो । सचिव सुरज भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक लीला ओझा र सदस्यहरू निदेश अधिकारी तथा बाबु खरेलले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमले नेजाले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, समुदायलाई जोड्न मिडियाको दायित्व तथा नेपाली मिडियाको व्यावसायिकताको बारेमा सहभागीहरूले तार्किक बहस गरेका थिए ।

६.     न्युयोर्कमा अर्को भव्य अन्तक्रिया कार्यक्रम सम्पन्नः भर्जिनियाको कार्यक्रमलगत्तै अर्को दिन जनवरीमै नेजा सामुदायिक अन्तरक्रिया नाम दिइएको सो कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास न्युयोर्कका बाणिज्य दूत कृसु क्षेत्री, नेपाली अवैतनिक महबाणिज्य दूत ऋषि ढकाल, अध्यक्ष सुदिप पन्त, सचिव सुरज भण्डारी, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार गौतम दाहाल, पत्रकार राजेश मिश्र तथा स्थानीय व्यवसायी, समाजिक अभियन्ता तथा एनआरएनए नेताहरू गरी १ सय १० जनाको उपस्थिति थियो । सो अन्तरक्रियामा सहभागी अधिकांश सामाजिक अभियन्ताहरूले आफ्नो गतिविधिले मिडियामा उचित स्थान नपाएको भन्दै रोष प्रकट गरेपछि पत्रकार राजेश मिश्रले सामाजिक अभियन्ताको विभाजित मानसिकता र संकीर्णताको बारेमा लामो टिप्पणी गर्नुभएको थियो । निक्कै घोचपेच र तातो बहसमाझ सम्पन्न कार्यक्रमले पत्रकारको तटस्थता, मिडियामा आचारसंहिता र एनआरएनए र मिडियाको सहकार्यको बारेमा विशेष निष्कर्ष निकालेको थियो । महासचिव किरण मरहठ्ठाले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संयोजन क्षेत्रीय संयोजक कल्पना घिमिरेले गर्नुभएको थियो भने व्यवस्थापन कोषाध्यक्ष मच्छेदेवी गुरुङले गर्नुभएको थियो ।

७.     पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग अन्तरक्रियाः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग समसामयिक विषयमा केन्द्रित रहेर टेक्ससको डालस सहर आसपास रहने पत्रकारहरूको सहभागितामा सेप्टेम्बरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उपाध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षता र सचिव सुरज भण्डारीको सञ्चालनमा भएको कार्यक्रमको संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्टले गर्नुभएको थियो ।

८.     परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग अन्तरक्रियाः नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेक्ससको डालसमा अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । सेप्टेम्बरमा गरिएको अन्तरक्रियामा दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष विकाराज न्यौपानेले र सञ्चालन सचिव सुरज भण्डारीले तथा संयोजन क्षेत्रीय संयोजक रामचन्द्र भट्टले गर्नुभएको थियो ।

९.     अमेरिकामा विभिन्न अधिकारीहरूसँग छलफल तथा अन्तरक्रियाः अमेरिकाको न्युयोर्क सहरमा अमेरिकाको न्युयोर्क सिटी काउन्सिल सदस्यहरू तथा अमेरिकाको मुल धारको राजनीतिमा अगाडि बढिरहेका व्यक्तित्वहरूसँग अन्तरक्रिया गरिएको
थियो । सो अवसरमा सिटी काउन्सिल सदस्यहरूले न्युयोर्क सहरको कुनै एक स्ट्रिटको नाम नेपालीपन झल्कने गरी राख्न आफूहरू तयार रहेको जनाउनुभएको थियो ।

१०) प्राध्यापक श्रीराम पौडेलसँग अन्तरक्रियाः पत्रकारिता विषयका प्राध्यापक श्रीराम पौडेलसँग अन्तरक्रिया कार्यक्रम टेक्ससको डालस सहरमा सम्पन्न गरिएको थियो । कार्यक्रममा डालस सहर आसपास रहनुभएका सञ्चारकर्मीहरूको उपस्थिति रहेको
थियो ।

११) नेजा एनआरएनए चुनावी बहसः विगतदेखि नै सञ्चालन गर्दै आएको नेजा-एनआरएनए बहसलाई केन्द्रित गरी यो कार्यसमितिको कार्यकालभित्र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को दुई पटक निर्वाचन भएकाले वर्ष २०१९ देखि २०२१ र २०२१ देखि २०२३ सम्मलाई लक्षित गरी नेजा एनआरएनए बहस कार्यक्रम सम्पन्न भएका थिए ।

एनआरएनए अमेरिकाको वर्ष २०१९ देखि २०२१ सम्म लक्षित बहस कार्यक्रमअन्तर्गत नेजाको मार्चमा बसेको कार्यसमितिको सातौं बैठकले एनआरएनएको चुनावी बहस भर्जिनिया, लस एन्जलस, डालस र न्युयोर्कमा बहस सञ्चालन गर्ने गरी पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकाललाई संयोजक तोक्यो । अन्य क्षेत्रीय संयोजकहरू सदस्य रहेको सो समितिले भर्जिनियामा गत अप्रिल १४ मा, लस एन्जलसमा अप्रिल २१ मा, डालसमा १३औं साधारण सभाको दौरान मे ५ मा र न्युयोर्कमा मे ११ मा बहस कार्यक्रम गरिएको थियो ।

यस्तै, एनआरएनए अमेरिकाको २०२१ देखि २०२३ सम्म लक्षित नेजा एनआरएनए डिबेट भने यस पटक टेक्ससको डलास सहरमा गरिएको थियो । मे २३, २०२१ मा गरिएको डिबेटका अध्यक्ष पदका चार प्रत्यासीसहित अमेरिकाभर एनआरएनएका अभिन्यताहरू त्था सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संघका कार्यबाहक अध्यक्ष विकासराज न्यौपाने अध्यक्षता, महासचिव किरण मरहठ्ठाको सहजीकरण, सचिव सुरज भण्डारीको सञ्चालन र क्षेत्रीय संयोजक रामचन्द्र भट्टको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, निवर्तमान अध्यक्ष भोला आचार्य, सल्लाहकार तारा बराललगायत कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । सो अवसरमा एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले नेजा–एनआरएनए बहस प्रसंशनीय कार्यक्रम रहेको भन्दै यसलाई आगामी दिनमा अमेरिकाका कम्तिमा १० सहरमा गर्नका लागि एनआरएनए अमेरिकाले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।  नेजा बहसअघि संघले टेक्ससमा रहनुभएका पत्रकार साथीहरू आसन्न अधिवेशन र बहसलाई लक्षित गरी अन्तरक्रिया समेत गरेको थियो ।

प्रवासमा रहने नेपालीहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको गैरआवासीय नेपाली संघ अमेरिकाको आसन्न निवार्चनका उम्मेद्वारहरूको भनाइ मतदाता गैरआवासीय नेपाली र उम्मेद्वारहरूलाई मतदाता तथा गैरआवासीय नेपालीले प्रश्न गर्न सकून् भन्ने अभिप्रायले नेजाले पुलको रुपमा यो कार्यक्रम गरिएको हो । यसले समुदायमा एनआरएनएको हिजो, आज र भोलिको अवस्थाबारे बुझ्न सघाउ पुगेको छ ।

 आर्थिक सहयोग प्रदानः

विभिन्न समयमा संघले सहयोग गर्नुपर्ने र परी आउने समयमा आर्थिक संकलन गरी सहयोग गरेको छ । त्यसको विस्तृत विवरण कोषाध्यक्षज्यूको प्रतिवेदनमा आउने नै छ ।

  • पूर्व क्षेत्रीय संयोजक विष्णुहरि घिमिरेको उपचारका लागि सहयोग अभियान

नेपाल अमेरिका पत्रकार संघका पूर्वउत्तरपूर्व क्षेत्र संयोजक विष्णुहरि घिमिरे अचानक बिरामी परी अस्पतालमा भर्ना भई लामो समयसम्म उपचार गर्नुपर्ने पिडादायी अवस्था आएपछि दुःख-सुःखमा नेजा परिवार एक छौं र हुनुपर्छ, त्यसैको निम्ति संघ खोलिएको इतिहास सम्झँदै आन्तरिक तहबाट संघले उपचारमा केही भए पनि सहयोग पुगोस् भनी सहयोग संकलनको कार्य अघि बढाएको थियो । आन्तरिक रुपबाट सर्कुलर गरी संघले गरेको आर्थिक संकलन परिवारलाई उपलब्ध गराइएको थियो ।

  • पत्रकार जयदेव गौतम सहयोग अभियानः

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले स्थापनादेखि नै सक्रिय रहँदै आउनुभएका पत्रकार जयदेव गौतमको उपचारमा सहयोगका लागि नेजाले आफ्नो सक्रियतामा रकम संकलन गरी हस्तान्तरण गरेको थियो । संस्थाका डीसी मेट्रो क्षेत्रकी संयोजक लीला ओझा, संस्थापक अध्यक्ष गिरीश पोखरेल, सदस्यहरू निदेश अधिकारी, बाबु खरेल, लेखनाथ भण्डारीलगायतले यसमा समन्वयकारी भूमिका खेल्नुभएको थियो ।

यसैगरी, अमेरिकाको सान्फ्रान्सिस्कोमा भएको एनआरएनए विज्ञ सम्मेलनमा सहभागी हुन नेपालबाट अमेरिका आउनुभएका पत्रकार सरोज दाहाल अचानक बिरामी हुनुभई अस्पताल भर्ना गरिएकाले त्यसका लागि उहालाई सहयोग गर्न नेजाले पहल गरेको थियो ।

  • पत्रकार विरहीको उपचारमा सहयोगका लागि आर्थिक संकलन

क्यान्सर रोगसँग लडिरहनुभएका अग्रज पत्रकार तथा साहित्यकार रेशम विरहीको उपचारमा सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघले आर्थिक संकलन गरेको थियो ।

नेपाल पत्रकार महासंघले विरही र अर्का सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गर्न आग्रह गरेपश्चात नेजाले सहयोग संकलन गरेको थियो । नेजाले आफ्नो खाताबाट २ सय १ डलर राखेर ‘गो फन्ड मी’ को सुरुवात गरेको थियो ।

  • महासंघका पूर्वसचिव बानियाँको परिवारलाई सहयोग

नेपाल पत्रकार महासंघका पूर्वसचिव बलराम बानियाँको असामयिक निधनपश्चात उहाँको परिवारलाई सहयोगका लागि नेपाल अमेरिका पत्रकार संघले आर्थिक संकलन कार्य गरेको थियो । संघले संकलन गरेको रकम नेपाल पत्रकार महासंघमार्फत स्व. बानियाँको परिवारलाई उपलब्ध गराइएको थियो ।

नेजा आकस्मिक कोषः

संस्थाको आफ्नै आकस्मिक कोष हुँदा आवश्यक परेको खण्डमा संस्थाका सदस्यहरूलाई सहयोग पुर्याउन सकिने गरी नेजा आकस्मिक कोषको आवश्यकता खड्किएको छ । सधैंभरि संस्थाको नियमित खाताबाट सहयोग गर्न सम्भव पनि नहुने र संस्थामा समेत सीमित रकम मात्रै हुने भएकाले त्यसबाट सहयोग गर्न सहज नहुने देखिन्छ । यसका लागि आकस्मिक कोष बनाउने अवधारणा  अगाडि बढाउँदै त्यसलाई मूर्त रुप दिन यो कार्यसमितिले कार्य अगाडि बढाएको थियो ।

नेजा सामुदायिक पत्रकारिता पुरस्कारको निरन्तरताः

उत्तर अमेरिकामा रहेर पत्रकारितामा संलग्न पत्रकारहरूलाई सामुदायिक पत्रकारितामा अझ बढी उत्प्रेरित गर्ने उद्देश्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक पत्रकारिता पुरस्कारको स्थापना गरी वितरण गर्दै आएको छ ।

टेक्ससको डलासमा भएको साधारण सभामा पत्रकार शिव शर्मालाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।  पुरस्कारको  स्थापनामा टेक्ससका व्यवसायी गौरीराज जोशी संस्थापक रहनुभएको आमा फाउन्डेसनले सहयोग गर्दै आएको छ । यसका लागि फाउन्डेसनप्रति आभार व्यक्त गर्दछौं । सो पुरस्कार छनोट गर्नका लागि महासचिव किरण मरहठ्ठाको संयोजकत्वमा  पत्रकार होम लम्साल र ज्योति देवकोटा सदस्य रहनुभएको एक मूल्यांकन समिति बनाइएको थियो । त्यस समितिमा रहनुहुने पत्रकारद्धयलाई समेत धन्यवाद दिन चाहन्छु ।

ग्रामीण पत्रकारिता पुरस्कार घोषणाः

नेपाल पत्रकार महासंघसँगको समन्वयमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले प्रदान गर्दै आएको ग्रामीण पत्रकारिता पुरस्कार रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिने भएको छ । पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठन गरेको छनोट समितिले सिफारिस गरेका तीन पत्रकारहरूमध्ये नेजाले पूर्वअध्यक्ष भोला आचार्यको संयोजकत्वमा गठन गरेको छनोट समितिले पुरस्कारका लागि आचार्यलाई सिफारिस गरेको हो । उहाँलाई नेजासँगको समन्वयमा पत्रकार महासंघले एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण
गर्नेछ ।

छात्रवृत्ति स्थापना कार्यक्रम सुरुवातको तयारीः

अमेरिकामा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गर्ने तयारी अगाडि बढाइएको छ । यसका लागि नेजासँग सहकार्य गर्न व्यवसायी यमुना भट्टराईले इच्छा जाहेर गर्नुभएअनुरुप कार्य अघि बढाइएको छ । उहाँसगको छलफल टुंगोमा पुगेलगत्तै ३ हजार राशिको अक्षयकोष बनाएर अगाडि बढ्न सकिनेछ । पत्रकारिता अध्ययनरत विद्यार्थीलाई यस छात्रवृत्ति रकम उपलब्ध गराउनेबारे प्रारम्भिक छलफल भएको छ ।

छात्रवृत्ति कार्यक्रममा एनआरएनए अमेरिकासग सहकार्यः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैरआवासीय नेपाली संघ अमेरिकासँग सहकार्य गरेर छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाउने गरी छलफल अघि बढाइएको छ । एनआरएनए अमेरिकाले प्रदान गरिरहेको छात्रवृत्ति कार्यक्रम पनि नेजासँग समन्वय गरी प्रदान गर्ने विषयमा अनौपचारिक रुपमा एनआरएनए पदाधिकारीहरूसग छलफल अगाडि बढाइएको छ ।

लेखनवृत्ति, तालिम तथा सेमिनारः

पत्रकारहरूलाई लेख्नलाई उत्प्रेरित गर्नका लागि लेखनवृत्ति, फेलोसिप र छात्रवृतिका लागि सहजीकरण गर्ने अवधारणा अगाडि सार्दै त्यसका लागि विभिन्न विश्वविद्यालय, दातृनिकाय र  गैरसरकारी संघ-संस्थाहरूसँग छलफल अघि बढाइएको छ भने विभिन्न विषयमा तालिम तथा सेमिनार गर्नेतर्फ संस्थाले ध्यान पुर्याउनेछ ।

नेजा अनलाइन बहसः

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अनलाइनमार्फत नेजा बहस सञ्चालन गरिएको थियो । कोभिड-१९ को विश्वव्यापी महामारीलाई लिएर यससँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर नेजाको आधिकारिक फेसबुक पेजबाट अनलाइन बहस सञ्चालन गरिएको थियो ।

कोभिड-१९ का सम्बन्धमा चेतनामूलक कार्यक्रमका साथै विश्वभर रहनुहुने नेपालीले भोग्नुपरेको समस्या, यसका असर र  गर्न सकिने प्रयासलाई लिएर विभिन्न व्यक्तित्वहरूलाई जोडेर अनलाइन बहस चरणबद्ध रुपमा सञ्चालन गरिएको थियो । यस दौरान एनआरएनए अमेरिकाका पदाधिकारीहरू, एनआरएनए आईसीसीका पदाधिकारीहरू, चिकित्सक, सञ्चार विज्ञलगायत पेसाकर्मीहरू बहसमा जोडिनुभएको थियो ।

नेपाली पर्व लक्षित कार्यक्रमः

नेपाल अमेरिका पत्रकार संघ (नेजा)  को समन्वयमा  टेक्ससको डलासमा भएको अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईलगायतका व्यक्तित्वहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अमेरिकाको नेपाली समुदायमा नेपाली चाडपर्व, तिथिका बारेमा पछिल्लो समयमा चासो र चिन्ता बढ्दै गएकाले संघले समन्वय गरी कार्यक्रम गरेको थियो । नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज भण्डारीले गर्नुभएको थियो । कार्यक्रम आयोजना गर्नुको उद्देश्यका बारेमा क्षेत्रीय संयोजक रामचन्द्र भट्टले प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा सहभागीहरूले निकै चाखपूर्ण रूपमा जिज्ञासा राखेका थिए ।

 संघको १३औं  साधारण सभा भव्य रुपमा सम्पन्नः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३औं वार्षिक साधारण सभा मे ४ र ५, २०१९ मा टेक्ससको डालस सहरमा सम्पन्न भएको छ । साधारण सभाअन्तर्गत उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपाल रहनुभएको थियो । नेजा अध्यक्ष सुदिप पन्तको सभापतित्व, महासचिव किरण मरहठ्ठाको सञ्चालन, उपाध्यक्ष विकासराज न्यौपानेको स्वागत र  सचिव सुरज भण्डारीले धन्यवाद ज्ञापन गनुर्भएको थियो । उद्घाटन कार्यक्रममा  एनआरएनए अमेरिकाजका क्षेत्रका तत्कालीन क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील साह, अमेरिकाको मेरिल्यान्ड राज्यका विधायक ह्यारी भण्डारी, नेजाका सल्लाहकार तारा बराल , एनआरएनका सल्लाहकार हरिबोल भण्डारी, शैलेशराज आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका विनय अर्याललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

पत्रकार शिव शर्मालाई नेजा सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो ।  टेक्ससको आमा फाउन्डेशनको सहकार्यमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले वितरण गर्दै आएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार शर्मालाई नेजाको १३औं साधारण सभाको अवसरमा १ हजार १ सय ११ अमेरिका डलरसहित, दोसल्ला तथा सम्मानपत्रद्धारा पुरस्कृत गरिएको थयो । यसैबीच, पुरस्कार स्थापनामा सहयोग पुर्याउनुभएका आमा फाउन्डेसनका संस्थापक गौरीराज जोशीलाई समेत सम्मान गरिएको थियो ।

विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा नेजाको अन्तरक्रियाः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा ३ मे, २०२० मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । ‘जुम एप’मार्फत गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल, वरिष्ठ पत्रकार तथा नेपाल प्रेस इन्स्टिच्युटका कार्यकारी निर्देशक तीर्थ कोइराला, नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यलगायतको सहभागिता रहेको थियो । नेजाका महासचिव किरण मरहठ्ठाले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष विकासराज न्यौपाने र कार्यक्रमको औचित्यमाथि नेजाका मध्यक्षेत्रीय संयोजक रामचन्द्र भट्टले प्रकाश पार्नुभएको थियो ।

राजदूतसँग अन्तरक्रियाः

नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोनाका महामारीबाट अमेरिकामा रहेका नेपालीमा परेको प्रभाव, दूतावासको भूमिका अनि संचारकर्मीहरूसँगको दूतावासको अपेक्षासँग अन्तरनिहित रही ‘जुम एप’मार्फत अन्तरक्रिया ३ मे, २०२० मा गरिएको थियो । सो अवसरमा संचारकर्मीहरूले विभिन्न जिज्ञासाहरू राजदूतसमक्ष राख्नुभएको थियो ।

अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रियाः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले २ नोमेम्बर २०१८ मा  न्युयोर्कमा अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो । अमेरिकी सरकारका विभिन्न अंगका जनप्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।  कार्यक्रममा न्युयोर्क सिटि काउन्सिलका सदस्य रोरी ल्यान्सम्यान, काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेस, एनआरएनए अमेरिकाका तत्कालीन महासचिव बाबुराम लामा, हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवाली, कम्युनिटी बोर्ड सदस्य नवराज केसी, बंगाली समुदायका अगुवा जोय चौधरी, नेपाल विद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटा, गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टरका तत्कालीन सभापति रामहरि अधिकारीलगायतले धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्षसँग डालसमा अन्तरक्रियाः

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको सहभागितामा नेजाले पत्रकार र समुदायका अगुवाहरूबीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेजाका उपाध्यक्ष विकासराज न्यौपानेका अध्यक्षता, सचिव सुरज भण्डारीको सञ्चालन र  क्षेत्रीय संयोजक रामचन्द्र भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अमेरिकाका तत्कालीन वरिष्ठ उपाध्यक्ष सुनील साह, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेजाका निवर्तमान अध्यक्ष भोला आचार्य,  एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, एनआरएनए अमेरिकाका मिडिया कोर्डिनेटर बाल जोशी, बोर्ड अफ डाइरेक्टरहरू डा. अर्जुन बन्जाडे, कृष्ण लामिछाने, अमृत (सुरेश) कट्टेल, एनआरएन टेक्ससका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका पूर्वउपाध्यक्ष राम सी पोखरेल, प्रवासी मञ्चका उपाध्यक्ष यमुना भट्टराई, जनसम्पर्क समिति डालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, सचिव दिनेश शर्मा, यूएनएका संस्थापक पासाङ लामा, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएन अमेरिकाका युवा संयोजक स्वराज खाती, डालस एभरेष्ट लायन्स क्लबका पूर्वअध्यक्षहरू शिव काफ्ले र केशव लामिछाने, नर्थ डालस नेपाली समाजका अध्यक्ष बादल भुजेल, नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरज पौडेल, पत्रकार सुशील चौधरीलगायतको सक्रिय सहभागिता थियो ।

पत्रकारद्वयलाई अवार्ड प्रदानः

संघले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’  पत्रकार सुरेशचन्द्र पोखरेल र लेखनाथ भण्डारीलाई प्रदान गरेको थियो ।  संघको सियाटलमा सम्पन्न छैटौं अधिवेशनमा अवार्ड घोषणा गरिएको थियो  । नेजामा सुरुबाटै आबद्ध पत्रकारद्वयले नेपालमा पनि झन्डै डेढ दशकसम्म पत्रकारिता गर्नुभएको थियो ।

संघद्वारा बधाई तथा शुभकामना ज्ञापनः

संघले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि प्रवक्तामा मनोनीत हुनुभएकोमा नेपाल अमेरिका पत्रकार संघका पूर्व महासचिव तथा आजीवन सदस्य तोया दाहाल, एनआरएनए अमेरिकाको वर्ष २०१९ देखि २०२१ सम्मका संचार संयोजक सतीश चापागाईं, संघका पूर्वअध्यक्ष भोला आचार्य, आङछिरिङ शेर्पा, सदस्य संजय घिमिरे, दिवाकर बागचन्द, नेपाल पत्रकार महासंघको अन्तर्राष्ट्रिय विभाग सदस्य तथा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेललगायत सिंगो कार्यसमिति, एनआरएनए अमेरिकाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

न्युयोर्कमा सामुदायिक भेलाः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले फेब्रुअरी २३, २०२० आइतबारका दिन न्युयोर्कमा सामुदायिक भेला सम्पन्न गरेको छ । भेलामा पत्रकार र समुदायका अभियन्ताहरूको सहभागिता रहेको थियो । संघका कार्यबाहक अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता, महासचिव किरण मरहठ्ठाको संचालनमा भएको कार्यक्रममा  उत्तर-पूर्व क्षेत्र संयोजक कल्पना घिमिरेले स्वागत गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कोषाध्यक्ष मच्छेदेवी गुरुङले गर्नुभएको थियो ।

अन्त्यमा, तत्कालीन अध्यक्ष सुदीप पन्त, कार्यबाहक अध्यक्ष विकासराज न्यौपाने एवं कार्यसमिति, सल्लाहकारज्यूहरू, सदस्यज्यूहरू, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने व्यक्तित्वहरू तथा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो प्रतिवेदन तयार पार्न सहयोग गर्नुहुने सचिव सुरज भण्डारीज्यूलाई पनि धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद ।

नेजाद्वारा पत्रकार घिमिरेलाई शिघ्र स्वास्थ्य लाभको कामना

नेपाल अमेरिका पत्रकार संघका नेजाका पूर्व क्षेत्रीय संयोजक (उत्तर पूर्व क्षेत्र) विष्णुहरी घिमिरे केही समयदेखि उपचारका लागि अस्पतालमा हुनुहुन्छ । उहा बिरामी हुनु भएको खबरले नेजा परिवारलाई दुःखी बनाएको छ । हामी उहाको शिघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । गत १७ जनवरी, २०२१ आइतवार पेन्सेलभेनिया ल्यानकाष्टरमा रहेको पूर्व क्षेत्रीय संयोजक विष्णुहरी घिमिरेको निवासमा पुगी संघका कार्यवाहक अध्यक्ष विकास राज न्यौपानको नेतृत्वमा नेजाको एक टोलीले उहा (विष्णुहरी घिमिरे) को परिवारसग भेटघाट गर्नुका साथैं पत्रकार घिमिरेसग फोन मार्फत संवाद गरी सामुहिक रुपमा उहाको स्वास्थ्य लाभको कामना गरेको छ ।

भेटघाटका क्रममा संघका संस्थापक अध्यक्ष गिरिश पोखरेल, पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, पूर्व अध्यक्ष गौतम दाहाल, सचिव सुरज भण्डारी, कोषाध्यक्ष मच्छेदेवी गुरुङ, नेजाले संचालन गरेको सहयोग संकलन अभियानको संयोजन समेत गरिरहनुभएकी क्षेत्रीय संयोजक (उत्तर पूर्व क्षेत्र) कल्पना घिमिरे, कार्यसमिति सदस्य बाबु खरेल, पूर्व उपाध्यक्ष गुणराज लुईटेल, नेजा साधारणसदस्य राजु आचार्य, संचारकर्मी पारस भारद्वाज, भिषण न्यौपानेको सहभागिता रहेको थियो ।

सदस्यता नवीकरण गर्नेबारे सूचना !

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सदस्यता नवीकरण गरिसक्नुभएका सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद छ । सदस्यता नवीकरण गर्न बाँकी सदस्यज्यूहरुलाई समेत नवीकरण गर्नुहुनका निम्ति हार्दिक अनुरोध छ । संघको मे २ र ३, २०२० मा न्यूयोर्कमा हुने ७औं अधिवेशन तथा १४औं साधारण सभामा प्रतिनिधिको रुपमा सहभागी हुनका निम्ति नवीकरणबापतको शुल्क ५० डलर यही मार्च ३१, २०२० भित्र बुझाई सदस्यता नवीकरण गर्न संघ सम्बद्व सदस्यहरु सबैमा जानकारी गराइन्छ ।

र, साथैं नयाँ सदस्यताको निम्ति संघको विधानबमोजिम सदस्यता प्राप्तिको प्रक्रियामा जानका लागि आवश्यक प्रक्रिया पुर्‍याएर नयाँ सदस्यता आवेदन शुल्कबापतको ७५ डलरसमेत बुझाउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । नयाँ सदस्यताको निम्ति यही मार्च १५, २०२० लाई अन्तिम आवेदन मिति कायम गरिएको समेत पुन: अवगत गराउँछौं ।

सदस्यता नविकरण गर्नका निम्ति संस्थाको बैंक अफ अमेरिकामा रहेको खाता नम्बर 3251 1980 9602 मा सिधैं रकम जम्मा गर्न सकिने छ भने संस्थाको वेभसाइटमा गई डोनेटमा क्लिक गरी पे पल बाट पनि शुल्क बुझाउन सकिनेछ । साथैं संघको सदस्यता नविरकरणको लिंकhttps://www.neajausa.org/associate-and-general-renewal-member-form/ बाट पनि शुल्क बुझाउन सकिने जानकारी गराइन्छ ।
नयाँ सदस्यताको निम्तिhttps://www.neajausa.org/associate-and-general-member-form/ लिंकमा गई आवश्यक प्रक्रिया पुर्‍याई त्यसै प्रक्रियामार्फत शुल्क समेत बुझाउन सकिनेछ भने संघको बैंक अफ अमेरिकामा रहेको खाता नम्बर 3251 1980 9602 मा सिधैं र पे पल मार्फत पनि शुल्क बुझाउन सकिनेछ ।

नेजाको नयाँ सदस्यता आवेदन तथा नविकरणका लागि आवश्यक प्रक्रियाका निम्ति संस्थाको वेभसाइट www.najausa.org लग इन गर्नुहुन तथा थप जानकारीका लागि वा केही जिज्ञासा रहेमा संस्थाको इमेल najausa@gmail.com मा इमेल गर्नुहुन अनुरोध छ ।
तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट
https://www.neajausa.org/become-member/
मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ ।
नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर ( दुई वर्षका लागि )
नयाँ सदस्य : ७५ डलर ( दुई वर्षका लागि )
आजीवन सदस्यता शुल्क : ३०० डलर
तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल
(najausa@gmail.com) गर्न सक्नुहुनेछ ।
सदस्यता नविकरणको लागि लिंक;

Membership Renewal Form (Associate and General)

नयाँ सदस्यताको लागि

Associate and General Member Form


यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल
एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।
बिधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने

Lifetime Membership Form


यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल
एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।
नेजाको विधानमा सदस्यता सम्बन्धि रहेको प्राबधान यस प्रकार छ । (www.neajausa.org/by-law-first-revision-2010/
)
४.१.१ साधारण सदस्य:- उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका
पत्रकारहरु जसले नेपाली समुदायको वृहत्तर हितका लागि संघको नीति नियममा
रहेर काम गर्न चाहना राख्नेहरु संस्थाको साधारण सदस्य हुन सक्नेछन् ।
४.१.१.१ सदस्यताको लागि नेजाले तोकेको मापदण्डका आधारमा तोकिएको फर्म
भरेर सदस्यता शुल्क बापत अमेरिकी डलर ७५ तिर्नु पर्नेछ ।
४.१.१.२ साधारण सदस्यता दुई वर्षको लागि मान्य हुनेछ ।
४.१.१.३ नयाँसदस्यता लिनका लागि कम्तीमा एक वर्ष नेपालमा या अमेरिकामा
सञ्चालित सञ्चार माध्यममा काम गरेको प्रमाण पेस गर्नु पर्नेछ ।
४.१.१.४ सदस्यता लिन इच्छुक पत्रकारले आफू पत्रकार भएको प्रमाण निवेदन
साथ पेस गर्नु पर्नेछ, बिना प्रमाण पेस भएका निवेदनलाई सदस्यता प्रदान
गरिने छैन ।
४.१.१.५ सम्बन्धित सदस्यले सदस्यता छानबीन समितिमा आफू पत्रकार भएको
प्रमाण पेस गर्न नसके सदस्यता छानविन समितिले त्यस्तो निवेदन अस्वीकार
गर्नेछ ।
४.१.१.६ सदस्यता नविकरण गर्नका लागि नेजाका उद्देश्य विपरीत गतिविधि
गरेको वा आम सञ्चार माध्यमका नीति विपरीत काम गरेको वा प्रचलित कानुनको
उलंघन गरेको हुनुहुन्न ।
४.१.१.७ नेजाले आफ्ना सदस्यहरूलाई अनुकूल भएसम्म सञ्चार गतिविधिहरूमा
सहभागिता जनाउन प्रोत्साहित गर्ने र सदस्यहरूको सञ्चार गतिविधिसँग
सम्बंधित कार्यहरूको अभिलेख राख्न पहल गर्नेछ ।
४.१.१.८ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकाश नभएको अवस्थामा
नेपालबाट वा अमेरिकामा रहेका संचारमाध्यामको सिफारिसको आधारमा मात्र
सदस्यता प्रदान गरिने छैन तर सम्बंधित व्यक्तिले पत्रकारिता गरेको प्रमाण
प्रस्तुत गर्न सकेको वा पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि
सम्बन्धित सदस्यता प्रदान गर्न सक्नेछ ।
४.१.१.९ साधारण सभाले सदस्यता शुल्क र मापदण्डको प्रक्रियामा भने
परिवर्तन गर्न सक्नेछ ।
४.१.१.१० साधारणसभा वा अधिवेशनमा भाग लिनको लागि सभाको एक महिना अगावै
नवीकरण शुल्क बापतको ५० डलर तिरी गरी ।
४.१.१.११ साधारण सभा हुनुभन्दा एक महिना अगाडि नवीकरण नगरे वा नयाँ
सदस्यता प्राप्त नगरेको तर सभा भन्दा अगावै सदस्यता प्राप्त गरेको
व्यक्तिले पर्यबेक्षकको रूपमा भाग लिन सक्नेछ ।
४.१.२ आजीवन सदस्य:- साधारण सदस्य प्राप्त सदस्यले आजीवन सदस्यता लिन
चाहेमा एक पटक ३०० डलर तिरेर आजीवन सदस्यता लिन सक्नेछन् ।
४.१.२.१ आजीवन सदस्यहरूबाट संकलित कोषको रकम दैनिक कार्यसञ्चालनको लागि
खर्च गरिने छैन तर दीर्घकालीन कोषको लागि उपयोग गर्न सकिनेछ
४.१.२.२ आजीवन सदस्यता प्राप्तिको लागि नेपालमा या अमेरिकामा कम्तीमा
पन्ध्र वर्ष पत्रकारिता गरेको अनुभवको प्रमाण पेस गर्नुपर्नेछ ।
४.१.२.३ पन्ध्र वर्ष पत्रकारिता नगरेका व्यक्तिको आजीवन सदस्यता स्वीकार
गरिने छैंन् ।

धन्यवाद ।

सुरज भण्डारी
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
मार्च ११, २०२०

नेजा-एनआरएन बहस – २०१९ को दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा नेजा-एनआरएन बहस – २०१९ को दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न भएको छ । क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र ‘अव कस्तो एनआरएनए ?’ भन्ने बिषयमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा सामुदायिक पत्रकारिता गर्ने पत्रकारहरुको संस्था र नेपाल सरकारद्दारा मान्यताप्राप्त प्रवासी संगठन बिच आपसी भाईचारा स्थापित गर्ने उदेश्यले नेजा केन्द्रिय समितिको बैठकले निर्णय गरेको बहस कार्यक्रममा भाग लिन अमेरिकाका बिभिन्न राज्यबाट एनआरएन निर्वाचनका आकांक्षीहरु लस एन्जलस झरेका थिए । कार्यक्रममा भाग लिन एनआरएन अमेरिका निर्वाचन-२०१९ अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापा लस एन्जलस आईपुगेका थिए । साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. अर्जुन बन्जाडे, ईन्दिरा त्रिपाठी र नारायण कंडेल, महासचिवका उम्मेदवार गोपेन्द्र भट्टराई र पशुपती पाण्डे, उपाध्यक्षका उम्मेदवार कृष्णजिवी पन्थ, बुद्धी सुवेदी, बिआर (बाबुराम) लामा, रामबाबु पाण्डे र सर्वज्ञ वाग्ले नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन लस एन्जलसमा उपस्थित थिए । एनआरएन आईसिसी सदस्य पदका उम्मेदवार स्वराज खाती, रामकुमार सुवेदी र बिन्दु सापकोटा बहस कार्यक्रममा उपस्थित थिए । कोशाध्यक्ष पदका उम्मेदवार बन्धु पोखरेल, महिला संयोजक पदकी उम्मेद्वार दिक्षा बस्नेत कार्यक्रममा आफ्न बिचार प्रस्तुत गर्न उपस्थित थिए ।

यसैगरी सदसय पदका उम्मेदवारहरु राजिवप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, शशीचन्द्र अधिकारी, पूर्ण बानिया, रोशन अधिकारी, निपेन्द्र धिताल, केन्टकी च्याप्टरका अध्यक्ष डिलु पराजुली, एनआरएन क्यालिफोर्निया च्याप्टर महिला संयोजक पदकी उम्मेदवार अमृता गैर्हे सापकोटा, कोशाध्यक्ष पदका उम्मेदवार शमशेर भन्डारी र सदस्य पदका उम्मेदवार मदन कठायत पनि कार्यक्रममा उपस्थित थिए ।

नेजाका अध्यक्ष सुदिप पन्तको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महावाणिज्यदुत ॠषि ढकालले शुभकामना मन्तब्य दिनुभएको थियो भने एनआरएन अमेरिका, निर्वाचन आयोगका सदस्य हेमराज भट्टले एनआरएन, निर्वाचन र विश्वासनियताबारे आफ्नो बिचार राख्नु भएको थियो । नेजाका महासचिव किरण मरहट्ठाले संचालन गर्नुभएको बहस कार्यक्रमको पहिलो चरणमा अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापाबिचको बहसबाट शुरु गरिएको थियो ।

अध्यक्ष पदका प्रत्यासीहरुले निर्वाचनमा आफु जित्नुपर्ने कारणहरु प्रस्तुत गरेलगत्तै उपस्थित जनमानसबाट सोधिएका सदस्यता अभियानताक रोकिएको सर्भर समस्या, दोहोरो नागरिकताको बिषय, स्वच्छ र तन्दुरुस्त एनआरएन, एनआरएनमा हावी भएको भनिएको राजनिती, हार्ने ब्यक्ती संस्थाको नाममा अदालतमा मुद्धा दाँयार गर्न जाने नजिर लगायत बिभिन्न बिषयमा उठेका प्रश्नहरुका जवाफ दिनुभएको थियो । कार्यक्रमको समाचार प्रत्यक्ष प्रसारणका लागि हिमालयखवर, दुरबिन नेपाल, खुल्लामन्च र हिमालीपोस्टले सहयोग गरेका थिए । नेजा सदस्य अग्नी चौलागाईंले उम्मेदवारहरु बोलेको समयको अवधी जानकार गराउनुभएको थियो ।

श्रीपशुपतीनाथ फाउन्डेशनको सभा हलमा आयोजित कार्यक्रमको अन्तमा नेजा पश्चिम क्षेत्रीय संयोजक तथा ‘ नेजा – एनआरएन बहस – २०१९’ का संयोजक गोकुल ढकालले धन्यवाद मन्तब्य दिएका थिए ।

नेजा – एनआरएन अमेरिका बहस, दोस्रो संस्करण आईतवार लस एन्जलसमा

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को दोस्रो कार्यक्रम संस्करण लस एन्जलसमा हुंदैछ । यही अप्रिल महिनाको २१ तारिख, आईतवार क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा आयोजना हुने नेजा-एनआरएन बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र अव कस्तो एनआरएनए भन्ने बिषयमा यी कार्यक्रमहरुमा बहस हुने क्रममा लस एन्जलसको कार्यक्रमले बिशेष महत्व राख्नेछ ।

एनआरएन अमेरिको निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडेले आफ्नो समर्थन अध्यक्ष पदका अर्का प्रत्यासी सुनील साहलाई समर्थन गर्दै संगै मिलेर जाने सहमती सहित वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षी भएको समाचार बाहिर आएपछी अब अध्यक्ष पदका तीन उम्मेद्वारहरु क्रमश: सुनील साह, सुर्य लम्साल र संजय थापाविच नेजाको बहस हुनेछ ।

नेजाका सभापति सुदिप पन्तको बसोवास क्षेत्र लस  एन्जलसमा श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाकको सभा सामुदायिक हलमा नेजा-एनआरएनए बहस कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम बेलुकी ठीक ६:३० देखी ९:३० बजेसम्म आयोजना हुनेछ ।

‘नेजा – एनआरएन बहस – २०१९’ लस एन्जलस लगायतका बांकी कार्यक्रमहरुको पनि संचालन नेजाका महासचिव किरण मरहठ्ठाले गर्नुहुनेछ । बहस कार्यक्रमका लागि महासचिव मरहट्ठा लस एन्जलस आउंदै हुनुहुन्छ ।

नेजा – एनआरएन बहस कार्यक्रम – २०१९ का अन्य स्थानहरु :

नेजा केन्द्रिय समितिको बैठकद्दारा निर्णित बहस कार्यक्रमको पहिलो संस्करण आगामी सप्ताहन्त अथवा अप्रिल १४ तारिख भर्जिनियामा भब्यताका साथ सम्पन्न भएको छ भने दोस्रो कार्यक्रम लस एन्जलसमा यसै हप्ताको आगामी आईतवार अप्रिल २१ तारिख सम्पन्न हुन गैरहेको छ । नेजाको आगामी साधारण सभास्थल डालसमा बहसको तेस्रो कार्यक्रम हुनेछ भने मे ११ मा बहसको अन्तिम कार्यक्रम न्यूयोर्कमा आयोजना हुनेछ ।

उम्मेद्वारहरु बहस कार्यक्रममा बोल्न पाउने कि नपाउने ?

कार्यक्रममा अध्यक्षका उम्मेद्वारहरुसंग मात्र बहस कार्यक्रम हुने भनिने समाचार गलत हो । अमेरिकाका बिभिन्न राज्यबाट नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन आउनेहुने-जानुहुने सम्पूर्ण उम्मेद्वारहरु साथै स्थानिय उम्मेद्वारहरुलाई पनि बकाईदा मन्च र माईक प्रदान गराईनेछ । तर समयको निश्चितता भने कडा रुपले लागु हुनेछ अथवा कार्यक्रममा उम्मेद्वारहरुलाई निश्चित समय प्रदान गरिनेछ तर बोल्न सबैले आफ्ना बिचार राख्नका लागि समय पाउनुहुनेछ । 

लस एन्जलस बहस कार्यक्रम जानकारी :
मिती : अप्रिल २१,  २०१९, आईतवार
स्थान :  10843 Kenney St, Norwalk, CA 90650
समय : 6:30PM – 9:30 PM
संपर्क :
सुदिप पन्त : 562 – 595 – 2768
गोकुल ढकाल : 626 – 927 – 7414
अग्नी चौलागाई : 702 – 978 – 1123
प्रतिमा बांस्कोटा : 646 – 250 – 3702

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा मे २ र ३ तारिख २०२० मा न्यूयोर्क शहरमा हुन लागेको सम्पूर्णमा जानकारी रहेकैं छ । त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन पनि सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ । नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनुभन्दा १ महिना अघिनैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेकाले आउँदो अप्रिल १, २०२० अघि नैं सदस्यता नविकरण गर्नुहुन अनुरोध गरिन्छ । साथैं नयाँ सदस्यताका लागि समेत तपाईको सम्पर्कमा रहनुभएका पत्रकारहरुलाई नेजा विधानले तोकेको आवश्यक प्रक्रिया पुर्‍याई सदस्यता आवेदन फाराम भर्नका लागि जानकारी गराउनुहुन समेत निवेदन गरिन्छ ।