नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” यस पटक दुईजनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२ सिफारिस समिति”ले गरेको सिफारिसअनुसार नेपालको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्नुहुने दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा प्रदान गरिने भएको हो । सो पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा रहेको छ ।

पुरस्कार सिफारिस समितिद्वारा २०७९ वैशाख ८ गते सूचना प्रकाशन गरिएको र २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन/प्रसारण भएका तीनओटा सामग्रीसहित समितिलाई प्राप्त २२७ वटा आवेदनमध्येबाट प्रदेशका राजधानीसहित देशका प्रमुख सहरभन्दा बाहिर रहेर ग्रामीण पत्रकारिता गरिरहेका उत्कृष्ट दुईजनाको नाम संयुक्त रूपमा छनोट गरिएको हो ।

“नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२” नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा एक कार्यक्रमका बीच प्रदान गरिने छ । धन्यवाद ।

बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।
०८/०१/२०२३

NEAJA_Official_Notice_2023_NEAJA-Gramin-Patrakarita-Puraskar-2022