About NEAJA
Nepal America Journalists Association (NEAJA) is a US-based not-for-profit organization, under section 501(C)(3) of the internal revenue code, or corresponding section of any future federal tax code, formed by Journalists of Nepali origin in 2007. NEAJA works exclusively to build and develop communication networks amongst journalists and communities in the United States and Canada. It’s a joint forum of Nepali-American Journalists who have been working hard to bridge the Nepali communities with the American mainstream since its establishment.
When the number of journalists and media persons of Nepali origin increased in the United States and Canada, the need for an organization of such people with similar professional backgrounds back in Nepal was felt. As a result, a group of professional Nepali journalists started some informal gatherings to form an organization of Nepali-American Journalists in 2001.
अध्यक्षको सन्देश
मातृभूमि नेपालभन्दा सात समुद्र पारि उत्तर अमेरिकामा पत्रकारितासँग साइनो जोडिएका नेपाली मूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) सन् २००७ सालमा स्थापना भएको हो । नेजा उत्तर अमेरिकाको नेपाली डायस्पोरामा परिचित मात्र छैन, यसको भूमिका पनि विशिष्टीकृत रहेको छ । उत्तर अमेरिकी नेपाली समुदायका लागि मात्र नभई मातृभूमि नेपालका लागि पनि नेजाले महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।
नेजामा नेपाली पत्रकारिताको इतिहासदेखि २१औं शताब्दीको प्रविधियुक्त पत्रकारितामा अभ्यस्त पत्रकारहरूको संलग्नता रहेको छ । नेपालमा रहँदा पत्रकारितामा रम्नुभएकाहरूलाई संगठित गर्दै स्थापना भएको नेजा सो उद्देश्यमा अविचलित भई अघि बढिरहेको छ । सँगसँगै उत्तर अमेरिकामा जम्दै गएको नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूमा आबद्व पत्रकारहरूलाई पनि संस्थाभित्र गोलबन्द गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ ।
अग्रजलाई सम्मान गर्दै उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूले सञ्चालन गरिरहेको सञ्चारमाध्यमहरूको व्यावसायिकताका लागि पनि नेजाले पहल गर्दै आएको छ । पत्रकारितासँग कहीँ न कहीँ नाता गाँसिएका हामी सबैको साझा चौतारी नेजा सबै अट्ने घर हो । घरभित्र सबैको भावना समेटिन्छ, सबैको भावना समेटेर नै घर सञ्चालन हुन सक्दछ, यसमा हामी सबै नेजा सदस्यहरूको उत्तिकै दायित्व रहेको हुन्छ ।
संघको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट बनेको यो कार्यसमिति उत्तर अमेरिकामा रहनुभएका पत्रकारहरू, जो नेपालमा रहँदा वा यहाँ आइसकेपछि पनि कहीँ न कहीँ पत्रकारितामा जोडिनुभएको छ तर नेजामा समेटिन सक्नुभएको छैन, उहाँहरू सबैलाई नेजामा आउनका लागि हार्दिक अपिल गर्दछ । त्यसका लागि यस कार्यसमितिको तर्फबाट गर्नुपर्ने पहल र व्यवस्थाका लागि कार्यसमिति सधैं तयार रहेको छ ।
संघको स्थापनादेखि हालसम्म कुनै पनि अवधिमा सदस्य हुनुभएका तर जुनसुकै अवस्थाका कारण सदस्यतालाई अद्यावधिक नगर्नुभएका तपाईं सबैलाई नेजामा सदैब स्वागत छ । आग्रह वा पूर्वाग्रहविना सबै समेटिने नेजा बनाउनका लागि यो कार्यसमिति तत्परताका साथ सक्रिय रहने पनि सम्बन्धित सबैमा अनुरोध गर्दछु ।
संस्थापक अध्यक्षसहित संस्थापकहरूको ऐतिहासिक योगदान, पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारी एवम् पूर्व कार्यसमितिको भूमिकाको उच्च सम्मान व्यक्त गर्दछौं । उत्तर अमेरिकाको भूमिमा बढ्दै र समृद्ध बन्दै गएको नेपाली डायस्पोरा र नेपाली भाषा, संस्कृतिसँगै विस्तार हुँदै गएको पत्रकारिताको व्यावसायिकताका निम्ति पनि नेजाको संस्थागत पहल अपरिहार्यता रहेको छ । सामुदायिक पत्रकारितालाई अब बिस्तारै व्यावसायिकताको चरणमा लैजानका लागि सम्बद्व तपाईं सबैको सहकार्यमा नेजाले विशेष भूमिका खेल्ने पनि म अनुरोध गर्न चाहन्छु ।
नेपाली डायस्पोराका दोस्रो पुस्ताले उत्तर अमेरिकामा बिस्तारै देखिने गरी पाइला टेक्न थालेको छ । यहाँको हरेक क्षेत्रको मूलधारमा नेपाली डायस्पोराको उपस्थिति क्रमशः बढ्दै गएको छ । संघर्षको चरणबाट आफ्नो यात्रा अघि बढाएको पहिलो पुस्ता क्रमशः समृद्ध र सन्तुष्टताको बिन्दुमा पुग्न खोजिरहेको छ । यसले के संकेत गरिरहेको छ भने नेपाली डायस्पोराभित्रबाट पनि अब उत्तर अमेरिकाभित्रको मूलधारको पत्रकारितामा पनि उपस्थिति बढेर जानेछ । कतिपय हकमा त्यसको सुरुवात पनि भएको छ । अब बिस्तारै नेपाली डायस्पोरा भित्रबाट नै सहभागिता बढाउनका लागि हामीले पहल गर्नुपर्ने आवश्यकता खड्किएको छ, यसका लागि नेजाले हरसम्भव प्रयास गर्नेछ । नेजालाई उत्तर अमेरिकाभित्रका मूलधारका पत्रकारितासँग सम्बन्धित संघ-संस्थाहरूसँग जोड्नेदेखि ती संस्थाहरूमा हाम्रो उपस्थिति बढाउनका लागि संस्थागत पहल रहनेछ ।
नेपाली डायस्पोराका मुद्दालाई नेपालसँग जोड्न, उत्तर अमेरिकामा रहेको नेपाली समुदायको गतिविधिलाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन, एकताबद्व नेपाली डायस्पोरा निर्माण तथा बलियो र समृद्ध नेपाली डायस्पोराको सहभागिता नेपालको विकास र समृद्धिका लागि लगाउनका लागि नेजाको तर्फबाट गर्न सकिने प्रयास गर्नुपर्नेछ । नेपालको पत्रकारिताको विकासका लागि नेजाले स्थापनाका समय र तत्पश्चातका समयदेखि नै गर्दै आएको योगदानको निरन्तरतासँगै थप कार्यहरू गर्नेतर्फ हाम्रो प्रयास रहनेछ । उत्तर अमेरिकामा क्रियाशील नेजामा संलग्न पत्रकारहरूको निम्ति पनि देखिने गरी केही गर्नुपर्नेछ र त्यसका लागि सबैको साथ र सहयोगको खाँचो अपरिहार्य छ ।
अन्त्यमा, यस कार्यसमिति निर्वाचित गराउने तपाईं सबै नेजा सदस्यहरूलाई हृदयदेखि नै धन्यवाद छ । दुई वर्षको कार्यकालमा तपाईं सबैबाट साथ, सहयोग, सुझाव र रचनात्मक अनि सकारात्मक आलोचनाको अपेक्षा कार्यसमितिको तर्फबाट राखेको छु । धन्यवाद ।
आदरणीय नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षज्यू, कार्यसमिति, संस्थापक एवं पूर्वअध्यक्षज्यू, सल्लाहकारज्यू एवं नेजाका सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक नमस्कार !
सर्वप्रथम, यो संस्था स्थापनाको अवधारणा बनाउनुहुने संस्थापकज्यूहरू अनि यो संस्थालाई यहाँसम्म ल्याउनका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अग्रज व्यक्तित्व, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्वकार्यसमितिका सदस्य, नेजाका मानार्थ सदस्य, आजीवन सदस्य, साधारण सदस्य एवं संस्थाबाहिरै रहेर पनि संस्थाको हितमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रज व्यक्तित्वप्रति हार्दिक नमन एवं आभार व्यक्त गर्दछु ।
नेजाको यो कार्यसमितिले आफ्ना नियमित गतिविधिका साथै संघका निम्ति दूरगामी सकारात्मक महत्त्व राख्ने केही कार्यको समेत सुरुवात गरेको छ भने केही कार्यक्रमहरू प्रक्रियामै रहेका छन् । आशा छ, आगामी नेतृत्वले त्यसलाई निरन्तरताका साथ अगाडि बढाउने छ । यो महासचिवको प्रतिवेदन नेजा कार्यसमितिको वार्षिक प्रतिवेदनको स्वरूपमा समेत तयार पारिएकाले मूलभूत रुपमा नेजा कार्यसमितिले गरेका, गर्न खोजेका र आगामी दिनमा गर्न सकिने पक्षलाई समेत समेटेर विभिन्न भागमा यहाँहरूमाझ प्रस्तुत गरेको छु । र, यो महासचिवको प्रतिवेदन तपाईं सबैको सल्लाह र सुझावलाई समेटेर अझ प्रभावकारी बनाउने पक्षमा म सदैव सकारात्मक छु । र, तपाईंहरूबाट समुचित सल्लाह-सुझावको अपेक्षा राख्दछु । नेजा कार्यसमितिका कार्यक्रम एवं गतिविधिहरूमा सदस्यज्यूहरूबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, यस्तै आगामी दिनमा पनि सहयोग रहिरहने छ भन्ने पूर्ण विश्वास राखेको छु ।
नेजाको यो कार्यसमितिले आफ्ना नियमित गतिविधिका साथै संघका निम्ति दूरगामी सकारात्मक महत्त्व राख्ने केही कार्यको समेत सुरुवात गरेको छ भने केही कार्यक्रमहरू प्रक्रियामै रहेका छन् । आशा छ, आगामी नेतृत्वले त्यसलाई निरन्तरताका साथ अगाडि बढाउने छ । यो महासचिवको प्रतिवेदन नेजा कार्यसमितिको वार्षिक प्रतिवेदनको स्वरूपमा समेत तयार पारिएकाले मूलभूत रुपमा नेजा कार्यसमितिले गरेका, गर्न खोजेका र आगामी दिनमा गर्न सकिने पक्षलाई समेत समेटेर विभिन्न भागमा यहाँहरूमाझ प्रस्तुत गरेको छु । र, यो महासचिवको प्रतिवेदन तपाईं सबैको सल्लाह र सुझावलाई समेटेर अझ प्रभावकारी बनाउने पक्षमा म सदैव सकारात्मक छु । र, तपाईंहरूबाट समुचित सल्लाह-सुझावको अपेक्षा राख्दछु । नेजा कार्यसमितिका कार्यक्रम एवं गतिविधिहरूमा सदस्यज्यूहरूबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, यस्तै आगामी दिनमा पनि सहयोग रहिरहने छ भन्ने पूर्ण विश्वास राखेको छु ।
आदरणीय नेजाका अध्यक्षज्यू, कार्यसमिति, संस्थापक एवं पूर्वअध्यक्षज्यू, सल्लाहकारज्यू एवं नेजाका सम्पूर्ण सदस्यज्यूहरूमा म कोषाध्यक्ष जानु पङ्गेनीको तर्फबाट हार्दिक नमस्कार !
मे २१ र २२, सन् २०२३ मा टेक्सास राज्यको ह्युस्टनमा भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशनबाट श्री सुरज भण्डारीको नेतृत्वले आफ्नो दुईबर्से कार्यकाल पूरा गर्न लागेको छ । यो दुई वर्षको अवधिमा यहाँहरुबाट पाएको माया र सहयोगका लागि धेरै-धेरै धन्यवाद दिन चाहन्छु।
यसैगरी गत वर्ष बोस्टनमा भएको १७औ साधारण सभामा १५ हजार ४ सय १४ दशमलव ५२अमेरिकी डलर रहेको खर्च तथा १४ हजार ४ सय ६१ दशमलब १९ अमेरिकी डलर रहेको आम्दानी रहेको जानकारी गराउन चाहन्छु। १७औं साधारण सभामा भएको आम्दानी र खर्चसमेत यही प्रतिवेदनसँगै उपलब्ध गराएकी छु। उक्त साधारण सभामा हामीलाई महत्वपूर्ण सहयोग गर्नु भएकोमा त्यहाँस्थित नेपाली समुदाय र एनआरनए म्यासाच्युसेट्सप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। साथै, १७औं साधारण सभाका कन्भनेर सुपेन्द्र बस्नेतज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
यसैगरी गत वर्ष बोस्टनमा भएको १७औ साधारण सभामा १५ हजार ४ सय १४ दशमलव ५२अमेरिकी डलर रहेको खर्च तथा १४ हजार ४ सय ६१ दशमलब १९ अमेरिकी डलर रहेको आम्दानी रहेको जानकारी गराउन चाहन्छु। १७औं साधारण सभामा भएको आम्दानी र खर्चसमेत यही प्रतिवेदनसँगै उपलब्ध गराएकी छु। उक्त साधारण सभामा हामीलाई महत्वपूर्ण सहयोग गर्नु भएकोमा त्यहाँस्थित नेपाली समुदाय र एनआरनए म्यासाच्युसेट्सप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। साथै, १७औं साधारण सभाका कन्भनेर सुपेन्द्र बस्नेतज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
News
नेजाद्वारा बाल्टिमोरमा अन्तरक्रिया
बाल्टिमोर जुलाई १३, २०२४ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सामुदायिक अन्तरक्रिया गरेको छ । जुलाई...
विस्तृतमा>>>NEAJA Notice
सदस्यतासम्बन्धी सूचना !
उत्तर अमेरिमा रहेका नेपाली पत्रकारको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा आबद्ध हुन इच्छुक पत्रकार, जो उत्तर...
विस्तृतमा>>>Upcoming Events
NEAJA-17th General Meeting Notice!
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभा यही मे २५ र २६, २०२४ मा म्यासाचुसेट्स राज्यको बोस्टन...
विस्तृतमा>>>
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को यही मे २५, २०२४ शनिबार १७औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम, जुन अमेरिकाको म्यासाच्युसेट्स राज्यको सुन्दर नगरी बोस्टन सहरमा अवस्थित नेपालीहरूको सामुदायिक भवन पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (PABFONE) मा सम्पन्न भएको नेजाको यस विशेष दिनमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो व्यस्त समयका बाबजुद उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूमा नेजाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं वार्षिक साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा सम्पन्न साधारण सभाले संघको विधानमा आवश्यक संशोधन गर्नुका साथै महासचिव बाबुराम दाहालद्वारा प्रस्तुत महासचिवको (सांगठनिक) प्रतिवेदन र कोषाध्यक्ष जानु पंगेनीद्वारा प्रस्तुत कोषाध्यक्षको (आर्थिक) प्रतिवेदन छलफलसहित पारित गरेको छ ।
जुन १८, अमेरिका ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका बारेमा जुम अन्तरक्रिया गरेको छ ।
जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको जवाफ दिनुभएको थियो ।
