उत्तर अमेरिमा रहेका नेपाली पत्रकारको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा आबद्ध हुन इच्छुक पत्रकार, जो उत्तर अमेरिकामा रहनुभएको छ, ले नेपाल अमेरिका पत्रकार संघको विधान-२०२२ (https://www.neajausa.org/विधान – २०२२/) को धारा ३ ले गरेको व्यवस्थाअनुसार सदस्यता लिने प्रक्रिया सदैव खुला रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

सदस्यताका लागि नेजाको वेबसाइट www.neajausa.org मा Membership Application – NEAJA USA मा गएर आवश्यक कागजात संलग्न गरी सदस्यताका लागि फाराम भरेर पेस गर्न सकिनेछ । नेजाको सदस्यतासम्बन्धी थप जानकारीका लागि संस्थाको इमेलः membership@neajausa.org मार्फत पत्रचार गर्नुहुन समेत हार्दिक अनुरोध छ । धन्यवाद ।

 

भवदीय,

बाबुराम दाहाल
महासचिव एवं
संयोजक, सदस्यता छानबिन तथा सिफारिस समिति