महासचिवको प्रतिवेदन – २०२२

            नेपाल अमेरिका पत्रकार संघ (नेजा) को क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा २३ र २४, २०२२ मा सम्पन्न १५औं साधारण सभाबाट पारित महासचिवको प्रतिवेदन-

 

विषय प्रवेश

सर्वप्रथम, यो संस्था स्थापना गर्नुहुने संस्थापकहरूसँगै यो संस्थालाई यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान गर्नुहुने संस्थापक अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरू, पूर्वपदाधिकारीज्यूहरू, पूर्वकार्यसमितिका सदस्यज्यूहरू, संघका हाल कायम सदस्यहरू एवं विभिन्न समयमा महत्वपूर्ण भूमिका खेल्नुभएका सबै सदस्यहरूमा सम्मान व्यक्त गर्दछु ।

सन् २००७ मा स्थापित संघको भर्जिनिया राज्यको च्यान्टिली सहरमा जुलाई २४ र २५, २०२१ म भएको सातौं अधिवेशन तथा १४औं साधारण सभाले संघको नयाँ कार्यसमिति निर्वाचन गरेको थियो ।

विकासराज न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्यसमितिले एक वर्ष पूरा गरेको छ । यो बीचमा संघमार्फत भए गरेका कार्यहरूलाई समेटेर यो प्रतिवेदन तयार पारिएको हो । यस प्रतिवेदनमा संघले यस अवधिमा गरेका कार्यहरू र आगामी दिनमा संघले लिएका योजनाहरूलाई समेटिएको छ । प्रतिवेदनको प्रारम्भमा नै संघको १४औं साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न तहबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा योगदान गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन गर्दछु ।

यस प्रतिवेदनलाई मुख्यतः ३ भागमा विभाजन गरेको छु । जो यस प्रकार रहेका छन् ।

 

१) संघको संस्थागत विकासका लागि गरिएका प्रयास र कार्यहरू

२) संघमार्फत भएका गतिविधिहरू

३) संघको आगामी योजनाहरू

 

१. संघको संस्थागत विकासका लागि गरिएका प्रयास र कार्यहरू

संघको संस्थागत विकाससँग सम्बन्धित रही यस बीचमा संघमार्फत गरिएका प्रयास र कार्यहरू देहायबमोजिम रहेका छन् ।

क) दस्तावेजीकरण

सन् २००७ मा स्थापना भएको संघको ऐतिहासिक दस्तावेजहरूको संकलन तथा आवश्यक परेको अवस्थामा विभिन्न कागजात तथा प्रमाणपत्रहरूलाई अद्यावधिक गर्ने कार्यको सुरुवात भएको छ । अत्यावश्यक कागजात, ऐतिहासिक तस्बिरहरू, विभिन्न समयमा विभिन्न प्रयोजनका लागि गठन भएका समिति र उनीहरूले तयार पारेको प्रतिवेदन, विभिन्न शीर्षकमा संघमार्फत गरिएका ऐतिहासिक महत्वका निर्णयहरूलाई संकलन गर्ने काम अघि बढेको छ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिन चाहन्छु । संघको यस कार्यसमितिले सुरुवातदेखि नै संघको कागजपत्रहरूको दस्तावेजीकरणको कार्यलाई प्राथमिकता दिँदै आएको थियो । संघको वर्तमान कार्यसमितिले सुरुवातमै सामूहिक ढंगबाट सबै सदस्यहरूलाई इमेल गरी संघ सम्बन्धित कुनै कागजात, तस्बिर वा सामग्री रहे उपलब्ध गराउन अनुरोध गरेको थियो । सँगसँगै विभिन्न चरणमा सम्बन्धित व्यक्तित्वहरूसँग समेत छलफल भएको थियो । फेबु्रअरी ६, २०२२ मा संस्थापक अध्यक्षज्यू, पूर्वअध्यक्षज्यूहरू, विधान समितिका पूर्वसंयोजक तथा सदस्यहरू, पूर्वसल्लाहकारज्यूहरू, पूर्वमहासचिव, पूर्वसचिवज्यूहरू तथा पूर्वपदाधिकारी र पूर्वकार्यसमितिका उपलब्ध सदस्यहरूलाई डाकेर सामूहिक रुपमा छलफल गर्नुका साथै संघको वर्तमान कार्यसमितिको तर्फबाट अनुरोधसमेत गरिएको थियो । सो सामूहिक छलफलबाट प्राप्त सुझावलाई ग्रहण गर्दै त्यसलाई मार्ग दर्शनको रुपमा लिई दस्तावेजीकरणको कार्य जारी नै रहेको छ, अझ पनि संघसँग सम्बन्धित सामग्री भए उपलब्ध गराउन पुनः अनुरोधसमेत गर्दछौं ।

संघको हालसम्म भएका सदस्यहरूको विवरण, पूर्वकार्यसमितिमा रहनुभएका सदस्यहरूको विवरण, तस्बिरहरू, ऐतिहासिक डकुमेन्टहरूलाई एकत्रित गरी दस्तावेजीकरण गर्ने कार्यमा संघको वर्तमान कार्यसमिति लागि परिरहेको र परिरहने जानकारी गराउन चाहन्छौं ।

ख) संघको दर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्तिको प्रक्रिया

संघ दर्ता भएको सम्बन्धित सरकारी निकायमार्फत दर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्तिको लागि प्रक्रिया अघि बढाइएको छ । हाम्रो कार्यसमिति आएपश्चात् संघ दर्ता भएको प्रमाणपत्रको खोजी गर्दा सो प्राप्त हुन नसकेपछि यो कार्यसमितिले संघका अघिल्ला कार्यसमितिमा रहनुभएका सम्बन्धित पदाधिकारीहरूसँग समेत सो उपलब्ध गराउन आग्रह गरेको थियो । तर, हाम्रो कार्यसमितिलाई त्यो उपलब्ध हुन सकेन । फेब्रुअरी ६, २०२२ मा सामूहिक बैठकमा समेत यो विषय हामीले उठायौं र तत्पश्चात् पनि उपलब्ध नभएपछि त्यसको प्रतिलिपिका लागि प्रक्रिया अघि बढाइएको छ । आशा छ, अब छिट्टै नै त्यो प्राप्त हुनेछ ।

ग) रसिद छपाइ तथा ट्याक्स छुट नम्बर लिने प्रक्रियाको सुरुवात

हुन तः कुनै पनि संघ–संस्थाले सहयोग लिइसकेपछि सहयोग गर्नेलाई सहयोग लिएको प्रमाणस्वरुप रसिद वा अन्य कुनै प्रामाणिक गर्ने सामग्री उपलब्ध गराउनुपर्ने कुरालाई समान्य रुपमा नै लिनुपर्दछ । तर, यही समान्य प्रक्रियासमेत नभएको अवस्था देखिएपछि हामीले रसिद छपाइ गरी आर्थिक सहयोग संकलनलाई व्यवस्थित र पारदर्शी बनाउने कामको सुरुवात गरेका छौं । यो विषय विस्तृत रुपमा कोषाध्यक्ष्ँको प्रतिवेदनमा समेत उल्लेख रहनेछ । सँगसँगै हाम्रो संस्था गैर नाफामुलक सामाजिक सेवा गर्ने संस्थाको रुपमा ९छण्ज्ञऋ० मा दर्ता भएको संस्था हो । पूर्णतः नाफामुखी सामाजिक सेवामुलक संस्थाको सूचीमा सुचीकृत भएर पनि आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा हाम्रो संस्थाले राज्यका सम्बन्धित निकायबाट पाउनुपर्ने सुविधा पनि पाउन सकिरहेको छैन ।

हाम्रो संस्थाले कुनै पनि सामग्री खरिद गर्दा वा कुनै सेवा तथा वस्तुको लागि भुक्तानी गर्नुपर्दा हामीले प्रक्रिया पूरा गर्न सक्दा ट्याक्स तिर्नुपर्दैन, त्यसका लागि आवश्यक प्रक्रिया अघि बढेको छ, यस विषयमा समेत कोषाध्यक्ष्ँको प्रतिवेदनमा विस्तृत उल्लेख हुनेछ । साथै, हाम्रो संस्थालाई सहयोग गर्नेहरूलाई हामीले उहाँहरूले ट्याक्स फाइल गर्दा सहयोग गरिएको रकम तिर्नुपर्ने ट्याक्सबाट छुट गराउन सक्ने गरी व्यवस्था मिलाउनका लागि प्रक्रिया अघि बढाएका छौं ।

घ) विधान संशोधन

कुनै पनि संघ–संस्थाको विधान भनेको आवश्यकता र समय सन्दर्भअनुरुप संशोधन हुँदै जान्छ । यो संस्थाको नियमित प्रक्रियाभित्रको एउटा अभिन्न अंग पनि हो । संघको विधान विभिन्न समयमा संशोधन पनि भएको छ । तर, संघको विधानमा अझ स्पष्टता र कतिपय बुँदाहरूमा आवश्यक संशोधन, कतिपय बुदाहरू थपघट गर्नुपर्ने आवश्यकता महसुस गरी संघको वर्तमान कार्यसमितिले विधान संशोधन गर्ने निर्णय गरी विधान संशोधन प्रक्रिया अघि बढाइएको

छ । कतिपय समयमा भए गरेका संशोधनहरूसमेत दस्तावेजीकरण हुन नसक्दा त्यसले पारेका अप्ठ्यारोलाई समेत सम्बोधन गर्न विधान संशोधनको अपरिहार्यता देखिएको थियो । र, अहिलेसम्म भएको विधान संशोधनको मूल मर्मलाई आत्मसात् गर्दै विधान पुनःलेखन गर्ने गरी प्रक्रिया अघि बढेको छ । जुन विधान यस साधारण सभाले पारित गर्ने विश्वास रहेको छ ।

ङ) पुरस्कार तथा सम्मानसम्बन्धी कार्यविधि

संघले विभिन्न शीर्षकमा उत्तर अमेरिकाभित्र र मातृभूमि नेपालमा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । संघले विगतदेखि नै वितरण गर्दै आएको पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै थप पुरस्कार तथा सम्मानका लागि सहकार्य गर्न चाहने संघ–संस्थाहरू बढेका छन् । आगामी दिनहरूमा पनि यो संख्या थपघट हुन सक्ने कुरामा सचेत रहँदै संघको यसअघि रहेको नेजा पुरस्कारसम्बन्धी कार्यविधि–२०१५ को मूल मर्म र त्यसपश्चात् भएका विभिन्न व्यावहारिक तथा लिपिबद्व सम्झौताहरूको मूल उद्देश्य प्रभावित नहुने गरी संघको पुरस्कार तथा सम्मानसम्बन्धी कायविधि–२०२२ बनाइएको छ । यसले संघको हाल रहेको पुरस्कारहरूलाई व्यवस्थित, प्रक्रियागत, पारदर्शी बनाउन भूमिका खेल्नेछ भने भविष्यमा सुरुवात हुन सक्ने पुरस्कार, सम्मान, लेखनवृत्तिजस्ता विषयलाई समेत एउटा गाइडलाइन दिनेछ ।

च) आचारसंहिताको निर्माण

संघको विधानमा समेत आचारसंहिता बनाएर अघि बढ्न सकिनेछ भन्ने उल्लेख भए पनि त्यसको कार्यान्वयन हुन नसकिरहेको अवस्था रहेको थियो । पत्रकारिताको विश्वव्यापी मान्यता र पत्रकार आचारसंहितासँग जोडिने अन्तर्राष्ट्रिय अभ्यासलाई अंगीकार गर्ने नेजा सदस्यहरू त्यसबाट कहीँ कतै पनि विचलित हुँदैनन् भन्ने मान्यता हाम्रो रहेको छ । र पनि संघको तर्फबाट आफ्ना सदस्यहरूलाई आचारसंहिता निर्माण गरी अघि बढ्दा त्यसले समुदायमा समेत सकारात्मक सन्देश प्रवाह हुने र पत्रकार तथा पत्रकारिताको गरिमा र विश्वसनीयता पनि बढ्नेतर्फ ध्यान दिई संघले आचारसंहिता निर्माण गरेको छ । पत्रकारलाई आचारसंहिता भन्ने कुरा भनेको एक प्रकारको पत्रकारिताको धर्म आफूले निभँएको छु या छैन भनी स्वमापन गर्ने स्वनियम नै हो भन्ने कुरा हामी सबै नेजा सदस्यहरू त्यसमा गम्भीर छौं र रहनेछौं भन्ने हाम्रो विश्वास रहेको छ ।

छ) नेपाल पत्रकार महासंघ (एफएनजे) सँग सम्झौता

संघ स्थापना, संगठनको उद्देश्य र सदस्यता प्राप्तिको  आधारले समेत हामीलाई मातृभूमि नेपालसँग कहीँ न कहीँ जोडेको छ । र, त्यही मातृभूमि नेपालमा पत्रकारिता गरिरहने पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ (एफएनजे) को नेपालमा रहँदा जसका हामीमध्ये धेरैं सदस्य पनि थियौं र कतिपय अहिले पनि छौं । त्यो संस्थासँग नेपाल अमेरिका पत्रकार संघको विगतदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध तथा सहकार्य रहँदै अँएको छ । नेजा ग्रामीण पत्रकारिता पुरस्कार हो वा अन्य विभिन्न कार्यहरूमा नेजा र एफएनजेबीचमा सहकार्य हुँदै आएको अवस्था छ । महासंघमा अध्यक्ष शिव गाउँलेज्यू र नेजामा अध्यक्ष आङछिरिङ शेर्पाज्यू रहँदा दुई संस्थाबीच लिखित सम्झौता गरी सहकार्यलाई संस्थागत गर्ने कामको सुरुवात भएको थियो ।

समय क्रमसँगै नेजा र एफएनजेका बीच स्पष्ट ढंगको सहकार्यको आवश्यकता देखिएको थियो । यसका लागि नेजा र एफएनजेका बीचमा आपसी समझदारी पत्रमा हस्ताक्ष्ँर गरेर अघि बढ्ने सम्बन्धमा यसअघि कार्यसमितिहरूले समेत पहल गर्नुभएको थियो । त्यसलाई समेत ग्रहण गर्दै वर्तमान कार्यसमितिले एफएनजेसँग सम्झौताको प्रक्रियालाई अन्तिम रुप दिएको छ ।

ज) नेजा–एनआरएनए,एनसिसी यूएसए पत्रकारिता सम्मानको सुरुवात

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्,अमेरिका (एनआरएनए,अमेरिका) ले हामी सँग सहकार्य गरी पत्रकारिताको क्षेत्रमा केही गर्ने आशय प्रकट गरेसँगै छलफल आरम्भ भएको थियो । एनआरएनए अमेरिकासँगको छलफलपश्चात् उहाँहरूले संघसँग मिलेर पत्रकारिता सम्मानको व्यवस्था गर्ने सम्बन्धमा चासो देखाउनुभयो । तत्पश्चात् त्यसका लागि आवश्यक कोष निर्माण गर्न बजेटसमेत विनियोजन गरी पहिलो सम्मानका निम्ति आवश्यक पर्ने रकम उपलब्ध गराउनुभयो । त्यस पुरस्कार राशिको कोष बनाई नेजा–एनआरएनए, अमेरिका पत्रकारिता सम्मानको सुरुवात गर्ने भएको छ । यस सहकार्यका लागि एनआरएनए अमेरिकाको हालका अध्यक्ष्ँ बुद्धिसागर सुवेदीसहीतको सिंगो कार्यसमितिलाई आभार व्यक्त गर्दछौं । एनआरएनए अमेरिकासँग यसअघि नेजा एनआरएनए डिबेटलगायत विभिन्न कार्यक्रममा सहकार्य भने हुँदै आएको थियो ।

झ) नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले उत्तर अमेरिकामा रही पत्रकारितामा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आमा फाउन्डेसनसँगको सहकार्यमा स्थापना गरी वितरण गर्दै आएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइएको छ । यस पुरस्कारका लागि रकम उपलब्ध गराउँदैं आएको आमा फाउन्डेसनसँग सम्झौता गरी आगामी दिनमा यसको निरन्तरताका लागि पहल गरिनेछ ।

ञ) वेबसाइट परिमार्जन

संघको वेबसाइटमा परिमार्जन गरिएको छ । त्यस वेबसाइटलाई अझ आकर्षक बनाउने काममा आगामी दिनमा ध्यान केन्द्रित गरिनेछ । अझै पनि वेबसाइटमा पूर्ण विवरण राख्न सकिएको छैन, त्यसलाई आगामी दिनमा पूरा गर्दै लगिनेछ ।

ट) नयाँ फेसबुक पेजको सुरुवात

संघको पुरानो फेसबुक पेज ‘लग इन’ गर्नका लागि आवश्यक पासवर्ड उपलब्ध नभएपछि सबैको सल्लाह र सुझावपश्चात् नयाँ फेसबुक पेज बनाई सञ्चालनमा ल्याइएको छ । पुरानो फेसबुक पेज रिकभर गर्नका लागि प्रयास पनि जारी नै रहेको छ । पुरानो फेसबुक पेजमा पोस्ट गरिएका डाटाहरू सम्भव भएसम्म नयाँ फेसबुक पेजमा सारिनेछ ।

 

२. संघमार्फत भएका गतिविधि तथा कार्यक्रमहरू

संघको यस कार्यसमितिले गएको एक वर्षमा गरेका गतिविधि तथा कार्यक्रमहरू यस प्रकार रहेका छन् ।

(क) महासंघ अध्यक्ष पोखरेलसँग ड्यालसमा अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अगस्ट ७, शनिबार ड्यालसको अर्भिङमा आयोजना गरेको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको सहभागिता रहेको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गौरीराज जोशी, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह, उपाध्यक्षहरू विकास उप्रेती, सुमन थापा, एएनएका अध्यक्ष विजयराज भट्टराई, जनसम्पर्क समितिका पूर्वसंयोजक विष्णु सुवेदी, नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मालगायत ड्यालसमा रहेका नेपाली समुदायका अगुवाहरूको उपस्थिति थियो ।

सो कार्यक्रम नेजा अध्यक्ष विकासराज न्यौपानेको सभापतित्व, महासचिव सुरज भण्डारीको सञ्चालन र कार्यसमिति सदस्य बाबुराम दाहालको स्वागत मन्तव्य रहेको थियो ।

यसैबीच, अध्यक्ष पोखरेलको सहभागितामा नेजा अध्यक्ष विकासराज न्यौपानेको सहभागितामा टेक्ससको ह्युस्टन सहरमा स्थानीय सामाजिक अभियन्ताहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संघका मानार्थ सदस्य तारा बराल, पूर्वकोषाध्यक्ष बिटु केसी, नेप्लिज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष विष्णु नेपाल, एनआरएनए अभियन्ता द्रोण गौतम, नेजा महासचिव सुरज भण्डारी, क्षेत्रीय संयोजक सुजन पण्डित, कार्यसमिति सदस्य बाबुराम दाहाललगायतको उपस्थिति रहेको थियो ।

(ख) न्युयोर्कमा सामुदायिक अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अगस्ट ८ मा न्युयोर्कमा सामुदायिक अन्तरक्रिया सम्पन्न गरेको थियो ।  सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको सहभागिता रहेको थियो ।

नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेजाका उपाध्यक्ष मच्छेदेवी गुरूङ, सचिव कल्पना घिमिरे, क्षेत्रीय संयोजक गोकुल श्रेष्ट, पूर्वमहासचिव किरण मरहठ्ठा, नेपाल पत्रकार महासंघका पूर्वकार्यसमिति सदस्य दिवाकर बागचन्द, समाजसेवी वेद खरेल, सामाजिक अभियन्ता वीरेन्द्रजंग केसीलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

(ग) जीपी फाउन्डेसन अमेरिकाद्वारा अध्यक्षलाई स्वागत

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको कार्यालय उडसाइड न्युयोर्कमा २८ अगस्ट २०२१ मा नेपाल अमेरिका पत्रकार संघका (नेजा)का अध्यक्ष विकासराज न्यौपानेलाई स्वागत एवं समसामयिक विषयहरूमा छलफल भएको थियो । सो अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे, फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा र ने.का.का युवा नेता राजु रौनियार उपस्थित हुनुहुन्थ्यो ।

(घ) अमेरिकाका लागि नेपाली राजदूत तथा मेरिल्यान्ड राज्यका सांसदसँग छलफल

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडासँग भेटघाट तथा छलफल भएको  थियो । नेपाल सरकारका पूर्वअर्थमन्त्रीसँग समेत रहनुभएका डा. खतिवडासँग विभिन्न समसामयिक विषयमा छलफल भएको थियो । सो भेटघाट तथा छलफलमा नेजाका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेजाका सदस्य दिवाकर बागचन्द, कल्याण गौतमलगायतको सहभागिता रहेको थियो ।

यस्तै, मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीसँग भेटघाट तथा छलफल भएको थियो । सो भेटघाट तथा छलफलमा नेजाका अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेजाका सदस्य दिवाकर बागचन्द, कल्याण गौतमलगायतको सहभागिता रहेको थियो ।

(ङ) सम्मान कार्यक्रममा सहभागिता

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले नेपाल अमेरिका पत्रकार संघ (नेजा)का महासचिव सुरज भण्डारीलाई एक कार्यक्रमका बीच सम्मान गरेको थियो । पत्रकारिताको क्षेत्रमा योगदान गरेबापत क्लबद्वारा अक्टोबर २२, २०२१  आयोजित सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जामन्त्री वीरबहादुर रानाले महासचिव भण्डारीलाई सम्मान गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरी, राससका पूर्वकार्यकारी अध्यक्ष बालकृष्ण चापागाईं, क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र क्लबका तेजेन्द्र केसीलगायतले धारणा राख्नुभएको थियो । यसैबीच, नेजा महासचिव भण्डारीलाई स्थानीय राज्य टेलिभिजन, बुद्ध टेलिभिजन, रुपन्देही एफएम, ग्लोबल आवाज अनलाइनलगायत सञ्चारसम्बद्ध संघ–संस्थाहरूले सम्मान गरेका थिए ।

(च) महासंघद्वारा आयोजित नेजा पदाधिकारीलाई स्वागत कार्यक्रम

नेपाल अमेरिका पत्रकार संघ र नेपाल पत्रकार महासंघसँगका बीचमा अक्टोबर २८, २०२१ म काठमाडौंमा स्वागत तथा अन्तरक्रिया सम्पन्न भएको थियो । महासंघको कार्यालयमा नेजाका पदाधिकारीहरूलाई स्वागत गरिएको थियो । महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, कार्यसमिति सदस्य विकास कार्कीलगायतले नेजाका अध्यक्ष विकासराज न्यौपाने, महासचिव सुरज भण्डारी, क्षेत्रीय संयोजक सुजन पण्डितलगायत उपलब्ध नेजाका साथीहरूलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।

सो अवसरमा नेजा र महासंघका बीचमा विगतदेखि हुँदै आएको सहकार्यका बारेमा छलफल हुनुका साथै आगामी दिनमा थप क्षेत्रहरूमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने बारेमा अन्तरसंवाद भएको थियो ।

(छ) अन्तरक्रिया कार्यक्रममा सहभागी

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्षलगायत पदाधिकारीहरूले अक्टोबर ३०, २०२१ मा नेपाल पत्रकार महासंघसँग सम्बन्धित विभिन्न भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए ।

महासंघको चितवनको नारायगढमा आयोजित बाग्मती प्रदेशस्तरीय भेलामा संघका अध्यक्ष विकासराज न्यौपानेको सहभागिता रहेको थियो । यसैगरी, संघका अध्यक्ष न्यौपानेले पोखरामा अक्टोबर २६, २०२१ मा आयोजित गण्डकी प्रदेश स्तरीय अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

(ज) नेजा ग्रामीण पत्रकारिता पुरस्कार आचार्यलाई

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा स्थापना गरिएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट अनु आचार्यलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसासहित एक कार्यक्रमबीच पुरस्कृत गरियो । संघ र महासंघको संयुक्त आयोजनामा नोभेम्बर २, २०२१ म काठमाण्डौंमा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल सरकारका कानुनमन्त्री दिलेन्द्र बडुले पत्रकार आचार्यलाई हस्तान्तण गर्नुभयो । पुरस्कृत आचार्यको पुरस्कार प्राप्त गर्नेगरी नाम भने संघको सातौँ अधिवेशन तथा १४औँ साधारण सभाको उद्घाटन सत्रमा घोषणा गरिएको थियो ।

सो अवसरमा संघका अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीले धारणा राख्नुभएको थियो । कार्यक्रममा नेजाका महासचिव सुरज भण्डारी, क्षेत्रीय संयोजक सुजन पण्डित, सदस्य कल्याण गौतमलगायत महासंघका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

(झ) पत्रकार शर्माको परिवारलाई सहयोग

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । नेजाका अध्यक्ष विकासराज न्यौपानेले बिहीबार शर्माकी आमा खगिसरा जैशीलाई सुर्खेतमा ११ नोभेम्बर, २०२२ मा ६५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सदस्य दिपेन्द्र शर्मा, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष गणेशकञ्चन भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पूर्वउपाध्यक्ष कमल पन्त, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका कोषाध्यक्ष ललित गाहा, नेपाल पत्रकार महासंघ दैलेख अध्यक्ष यज्ञराज थापा लगायतको उपस्थिति रहेको थियो ।

(ञ) सान फ्रान्सिस्कोमा समुदायसग अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को सहरमा अप्रिल ८ मा सामाजिक अभियन्ताहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको थियो । संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव सुरज भण्डारी, संघका क्षेत्रीय संयोजक (पश्चिम क्षेत्र) शिव नेपाल, संघका पूर्वमहासचिव तोया दाहाल, एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई, कोषाध्यक्ष राजीव श्रेष्ठ, बोर्ड अफ डाइरेक्टर राज ढुंगाना, ज्ञानेन्द्र गुरुङ, एनआरएनए आइसीसी सदस्य सुरेन्द्र मल्ल, एनआरएनए, अमेरिकाका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक श्रीराम थापा, एनआरएनए अमेरिकाका पूर्वउपाध्यक्ष डिल्ली भट्टराई,  एनआरएनए अमेरिका, क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेव शर्मा, सामाजिक अभिन्यताहरू नारायण पोखरेल, प्रितेश कार्की, सूर्य बास्ताकोटी, ईश्वरी शिवाकोटी, उत्तम कार्की, सुरेश हमाल, तेज सापकोटा, राजेश थापा, महेन्द्र बस्नेत, नेजाका साधारण सदस्य सुदर्शन नेपाललगायतले धारणा राख्नुभएको थियो ।

यस्तैगरी, सान फ्रान्सिस्को सहरमा रहनुभएका नेजा सदस्यहरूका बीचमा संघका अध्यक्ष विकासराज न्यौपाने र महासचिव सुरज भण्डारीको समेत सहभागितामा छलफल कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संघका क्षेत्रीय संयोजक शिव नेपाल, पूर्वमहासचिव तोया दाहाल, सदस्यहरू अनिल पाण्डे, ईश्वरी न्यौपाने, सन्दीप चौधरी, कृष्ण केसी, यादव दाहालको सहभागिता रहेको थियो ।

(ट) नेपाल डे परेडमा सहभागिता

क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा अप्रिल ९, शनिबार आयोजित नेपाल डे परेडमा नेजाले समेत सहभागिता जनाएको थियो । संघमा आबद्ध पत्रकारहरूको परेडमा सहभागिता रहेको थियो । संघका अध्यक्ष न्यौपाने, महासचिव सुरज भण्डारी, पूर्वमहासचिव तोया दाहाल, पूर्वसचिव अग्नि चौलागाई, क्षेत्रीय संयोजक शिव नेपाल, पूर्वक्षेत्रीय संयोजक ध्रुव कुँवर, पूर्वकार्यसमिति सदस्य सन्दीप चौधरी, आजीवन सदस्यहरू अनिल पाण्डे, ईश्वरी न्यौपाने, रामेश्वर भण्डारी, रोशन अधिकारी, सदस्य सुदर्शन नेपाल, हेमराज बराल, आयोजक समितिका संयोजकसमेत रहनुभएका एनआरएनए अमेरिका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक तथा संघका सदस्य श्रीराम थापालगायतको सहभागिता रहेको थियो ।

(ठ) पत्रकार दाहाललाई स्वागत

नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहालको स्वागतमा अक्टोबर २ मा ड्यालसमा अन्तरक्रिया गरियो । सो कार्यक्रममा अग्रज पत्रकार शैलेश आचार्य, प्रा. प्रभात दीक्षित, नेजाका अध्यक्ष विकासराज न्यौपाने, महासचिव सुरज भण्डारी, कार्यसमिति सदस्य बाबुराम दाहाल, पत्रकार रामचन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो ।

(ड) सामुदायिक अन्तरक्रिया

संघको आयोजनामा टेक्सस राज्यको अर्भिङमा १, मे २०२२ मा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  थियो । त्यस अवसरमा एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रामसी पोखरेल, युलेस सिटी काउन्सिलका काउन्सिल मेन टीका पौडेल, एनआरएनए अमेरिकाका पूर्ववरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती, एनआरएनए टेक्सस च्याप्टरका कार्यबाहक अध्यक्ष गंगा शर्मा, सचिव डा. चण्डी भण्डारी, एएनएका अध्यक्ष बिजयराज भट्टराई, विनोद रिजाल, भुवन अधिकारी, ओजेश उप्रेती, धनञ्जय ढकाल, हरि न्यौपाने, कर्ण बोहोरा, अमेरिका मधेसी समाजका महासचिव मुकेश यादव, मधेसी एसोसिएसन इन अमेरिकाका टेक्सस अध्यक्ष पिंकी यादव, लुम्बिनी सेवा समाजका अध्यक्ष जगदीश न्यौपाने, सुदूरपश्चिम समाज नेपालका अध्यक्ष नवराजनाथ योगी, टंक काफ्लेलगायतले नेजा र समस्त सञ्चारकर्मीबाट समुदायले राख्ने अपेक्षाका बारेमा चर्चा गर्नुभएको थियो ।

सो अवसरमा समुदायका गतिविधिहरू सञ्चारमाध्यममा कसरी ल्याउन सकिन्छ भन्ने सन्दर्भसहित पत्रकार र समुदायबीचको सम्बन्धमा रहेर संघका सल्लाहकार तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सञ्जय घिमिरे, संघका मानार्थ सदस्य तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक तारा बराल तथा संघका मध्य क्षेत्रका पूर्वक्षेत्रीय संयोजक रामचन्द्र भट्टले आफ्ना धारणा राख्नुभएको थियो ।

नेजाका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका साथै समग्र नेजाको गतिविधि एवं भावी योजनाका बारेमा नेजाका महासचिव सुरज भण्डारीले प्रकाश पार्नुभएको थियो । नेजा कार्यसमिति सदस्य बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य नेजाका मध्यक्षेत्रीय संयोजक सुजन पण्डितले राख्नुभएको थियो ।

(ढ) विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर ३ मे, २०२२ मा भर्चुअल रुपमा गरेको अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको थियो । “FJournalism Under Digital Siege” नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेजाले पनि सोही विषयमा केन्द्रित रहेर अन्तरसम्वाद कार्यक्रम गरेको थियो ।

सो अवसरमा अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, मेरिल्याण्ड हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा फ्रिडम फोरम नेपालका महासचिव धर्मेन्द्र झा, सञ्चारअध्येता डा. भानुभक्त आचार्य, वरिष्ठ पत्रकार भागीरथ योगी ,  सञ्चारिका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवा, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, संघका संस्थापक अध्यक्ष गिरीश पोखरेल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रबिना थापा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, एनआरएनए क्यानाडाका अध्यक्ष दिपकदत्त गौतम, प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण लामिछाने, एनएनएका अध्यक्ष बिजयराज भट्टराई, नेजाका सल्लाहकार सञ्जय घिमिरे, राजेश कोइराला, इन्दिरा चोङवाङ, वरिष्ठ पत्रकार विजय घिमिरे, पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्याललगायतले धारणा राख्नुभएको थियो । संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता, महासचिव सुरज भण्डारीको संचालनमा भएको कार्यक्रममा  उपाध्यक्ष मच्छेदेवी गुरुङको स्वागत मन्तव्य रहेको थियो ।

(ण) लसएन्जल्समा सामुदायिक अन्तरक्रिया सम्पन्न

नेजाको आयोजनामा क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा मे ७ शनिबार सामुदायिक अन्तरक्रिया सम्पन्न भएको थियो । संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव सुरज भण्डारी, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, डा. चिन्तामणि योगी, श्री पशुपतिनाथ फाउन्डेसनका कार्यबाहक अध्यक्ष विमल श्रेष्ठ, सिटी अफ आर्टिसियाका कमिस्नर भक्त थापा, एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष एकदेव शर्मा, एनआरएनएकर्मी एवं हामी नेपाली ग्लोबलकी ईन्दिरा त्रिपाठी, एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर ज्ञानेन्द्र गुरुङ, महिला अधिकारकर्मी सपना थपलिया, अनेसास क्यालिफोर्निया लस एन्जलसका अध्यक्ष डन कार्की, सुभाष भण्डारी, एनआरएनएकर्मी रविराज बस्नेत, सुशिला खनाल, रामचन्द्र लामिछाने, हेमबहादुर ठकुल्ला, मणिराम न्यौपाने, सिद्वार्थ सिलवाल, जोसेफ घले, सञ्चारकर्मीहरू सुभाष कार्की, उत्तम धमला, उपेन्द्र सापकोटा, संघका आजीवन सदस्य रामेश्वर भण्डारी, संघका पूर्वसचिव अग्नि चौलागाईं, सदस्यहरू हेमराज बराल, सुदर्शन वली, कार्यसमिति सदस्य गोकुल ढकाल र आजीवन सदस्य रोशन अधिकारीले लगायतले धारणा राख्नुभएको थियो ।

(त) खेल पत्रकारलाई स्वागत

संघले अमेरिका भ्रमणमा रहेका नेपालका खेलकुद पत्रकारहरूको सम्मानमा जुन १८, २०२२ मा स्वागत कार्यक्रम सम्पन्न ग¥यो । खेल पत्रकारहरू कान्तिपुर दैनिकका खेलकुद व्यूरो चिफ विनोद पाण्डे, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य तथा सिनियर खेल पत्रकार प्रकाश तिमल्सिना, हेमन्त श्रेष्ठ, सुवास हुमागाईं लगायतलाई स्वागत गरिएको थियो ।

संघका अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका उपाध्यक्ष सुमन थापा, अग्रज पत्रकार शैलेसराज आचार्य, नेजा महासचिव सुरज भण्डारी, कार्यसमिति सदस्य बाबुराम दाहाल, नेजाका पूर्व क्षेत्रीय संयोजक रामचन्द्र भट्ट, शिव शर्मा, विमल बराललगायतको उपस्थिति रहेको थियो ।

(थ) महावाणिज्य दूतावाससँग अन्तरक्रिया सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले जुन ५ मा न्युयोर्कको ज्याक्सन हाइट्समा बृहत् सामुदायिक अन्तरक्रिया कार्यक्रममा सम्पन्न ग¥यो । न्युयोर्कस्थित महाबाणिज्यदूतावासको कार्यालयका कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाणिज्यदूत गणेशप्रसाद अधिकारीलगायतका अधिकारीहरूले महावाणिज्यदूतावासबाट गरिने सेवा सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

नेजाकी उपाध्यक्ष मच्छेदेवी गुरुङको अध्यक्षता एवं क्षेत्रीय संयोजक गोकुल श्रेष्ठको समन्वय एवं सञ्चालनमा सम्पन्न भएकोे कार्यक्रममा नेजा कार्यसमिति सचिव कल्पना घिमिरेको धन्यवाद, सदस्य लोकमणि राईको स्वागत रहेको थियो भने सदस्य अनिल अधिकारीले सहभागीले उठाएका प्रश्नहरूको समन्वय गर्नुभएको थियो ।

(द) रक्तदान कार्यक्रम सम्पन्न

संघको आयोजनामा मे १५, २०२२ मा  टेक्ससमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भयो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा संघले ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य तथा कार्टर ब्लडकेयरको प्राविधिक सहयोग र समन्वयमा गरेको रक्तदान कार्यक्रममा ४८ पिन रगत संकलन भएको थियो ।

सो अवसरमा विकासराज न्यौपाने, शैलेश आचार्य, प्रशुराम शर्मा, विशाल शर्मा, धर्म घिमिरे, सुरेशचन्द्र पोखरेल, रामचन्द्र भट्ट, भानु खरेल, बाल जोशी, नवीन खड्का, सुरज भण्डारी, होम गौतम, टीका पौडेल, भुवन आलेमगर, बाबुराम दाहाल, दुर्गेश कर्माचार्य, किशोर खड्का, योगेन्द्र हमाल, राजेन्द्र जोशी, चाँदनी गर्ग, दीपक पोखरेल, सूर्य थापा, लक्ष्मी प्याकुरेल, राजु अर्याल, रमेश अर्याल, पर्शुराम दाहाल, प्रमोद रिजाल, सुमन थापा, उत्तम लामिछाने, राम आचार्य, जीवन बञ्जरा, उत्सव लामिछाने, शैलेन्द्र मानन्धर, विवेक भुर्तेल, निशा कुँवर, गुप्त जोशी, दीपक खरेल, शिव शर्मा, पूर्ण बराल, गौरव थापा, शौरभ साह, टंक काफ्ले, कृष्ण न्यौपाने, भुवन आचार्य, विष्णु देवकोटा र सुधांशु जोशीले रगत दान गर्नुभएको थियो ।

(ध) भेटघाट तथा छलफल

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पदाधिकारीहरूले नेपाली पत्रकारितासँग सम्बन्धित व्यक्तित्वहरूसँग अक्टोबर २८, २०२२ मा काठमाडौंमा छलफल तथा भेटघाट गरेका छन् । संघका अध्यक्ष विकासराज न्यौपाने र महासचिव सुरज भण्डारी र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वसदस्य दिपक ज्ञवालीलगायत मिडियासम्बद्ध व्यक्तिहरूसँग भेटघाट तथा छलफल भएको थियो ।

(न) पत्रकारिताका प्रशिक्षक वस्तीसँग भेटघाट

नेपाली पत्रकारिताका प्रशिक्षक तथा नेपालीका भाषाका विज्ञ शरच्चन्द्र वस्तीसँग जुलाई १७, २०२२ मा टेक्ससको ड्यालासमा भेटघाट तथा छलफल भएको थियो । सो अवसरमा संघका अध्यक्ष विकासराज न्यौपाने, सल्लाहकार सञ्जय घिमिरे, अग्रज पत्रकार शैलेश आचार्य, महासचिव सुरज भण्डारी, कार्यसमिति सदस्य बाबुराम दाहाल, सदस्य तथा पत्रकारहरू रामचन्द्र भट्ट, विनय देवकोटा, लेखनाथ गौतम, बिमल बराल, सोफिन थापा, केदार तिमल्सिना, शिव शर्मा, विशाल शर्मा, ओजेश उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

 

३. संघको आगामी योजना तथा कार्यक्रमहरू

हाल सुरुवात भई प्रक्रियामा रहेका सबै योजनाहरूलाई पूरा गराउनुका साथै संघको वर्तमान कार्यसमितिले आगामी वर्षको निम्ति लिएको योजना तथा कार्यक्रमहरू यस प्रकार रहेका छन् ।

क) नेपालमा छात्रवृत्ति कार्यक्रमको सुरुवात

नेपाली पत्रकारिताको क्ष्ँेत्रमा योगदान पुग्ने गरी संघमार्फत छात्रवृत्ति दिनका समाजसेवी यमुना भट्टराईबाट यसअघि नै ३ हजार डलर प्राप्त भइसकेको छ । तर, छात्रवृत्ति वितरणका लागि आवश्यक कार्यविधिको अभाव र सम्बन्धित दातासँग तत्पश्चात् ठोस रुपमा छलफल हुन नसक्दा त्यो कार्यान्वयन हुन सकिरहेको छैन । यसलाई जतिसक्दो छिटो कार्यान्वयन गराउनका लागि कार्यसमितिले पहल गर्नेछ । छात्रवृत्ति वितरणभन्दा अरू कार्य गर्दा उत्तम हुन्छ भन्ने ठम्याइरहे त्यो कार्यको समेत सुरुवात गरिनेछ ।

ख) उत्तर अमेरिकामा लेखनवृत्ति कार्यक्रमको लागि पहल

उत्तर अमेरिकामा रहने पत्रकारहरूलाई कुनै पनि विषयमा खोजमूलक सामग्री तयार पार्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले लेखनवृत्ति कार्यक्रमको सुरुवात गर्नका लागि पहल गरिनेछ । निश्चित कार्यविधि बनाई निश्चित विषय दिएर वा कुनै पनि विषयमा खोजमूलक सामग्री तयार पार्नका लागि सहयोग गर्ने गरी यस कार्यक्रमलाई सुरुवात गर्ने योजना कार्यसमितिको रहेको छ ।

ग) नेपालमा लेखनवृत्ति कार्यक्रमको लागि पहल

नेपालमा रहेर पत्रकारितामा सक्रिय पत्रकारहरूलाई कुनै पनि विषयमा खोजमूलक सामग्री तयार पार्नका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले लेखनवृत्ति कार्यक्रमको सुरुवात गर्नका लागि पहल गरिनेछ । निश्चित कार्यविधि बनाई निश्चित विषय दिएर वा कुनै पनि विषयमा खोजमूलक सामग्री तयार पार्नका लागि सहयोग गर्ने गरी यस कार्यक्रमलाई सुरुवात गर्ने योजना कार्यसमितिको रहेको छ ।

घ) नेजा उत्कृष्ट पत्रकारिता पुरस्कार

हामीले नेपालमा नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेजा ग्रामीण पत्रकारिता पुरस्कार दिँदै अँएका छौं । यसलाई निरन्तरता दिनेछौं । संघको यस पुरस्कारलगायत अन्य पुरस्कारका निम्ति नेपालमा अक्षयकोष निर्माण कार्य अगाडि बढाइनेछ । यससँगै कार्यसमितिमा छलफल गरी नेपालमा वितरण गर्ने गरी अन्य पुरस्कारको समेत व्यवस्थापन गरिनेछ ।

ङ) विभिन्न ठाउँमा सामुदायिक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना

यो एक वर्षमा अमेरिकाको विभिन्न राज्य तथा सहरमा सामुदायिक अन्तरक्रियालगायतका कार्यक्रमहरू सम्पन्न भइसकेको छ । आउँदो एक वर्षको बीचमा अमेरिकाका अन्य राज्य तथा सहरमा यस्ता कार्यक्रमहरू गर्ने योजना रहेको छ । साथै, सम्भव भएसम्म एउटा कार्यक्रम क्यानाडामा समेत आयोजना गर्ने लक्ष्य राखिएको छ ।

च) पत्रकारितासम्बन्धी विभिन्न तालिम तथा सेमिनार आयोजना

संघको आयोजनामा भौतिक उपस्थितिसहित वा भच्र्युअल माध्यमबाट भए पनि विभिन्न तालिम तथा सेमिनारहरू आयोजना गरिनेछ । विभिन्न विषयहरूमा रहेर गोष्ठीको समेत आयोजना गरिनेछ ।

अन्त्यमा, सम्पूर्ण कार्यसमितिमा हार्दिक आभार व्यक्त गर्दछु । वर्तमान कार्यसमितिले एक वर्षको अवधिमा आयोजना गरेका कार्यक्रमहरू सम्पन्न गर्न सहयोग गर्नुहुने सबैप्रति कृतज्ञता प्रकट गर्दछु । आगामी दिनमा पनि यस्तै सहयोगको आशा राख्दछु । संघको वार्षिक प्रतिवेदनको रुपमा रहने यस महासचिवको प्रतिवेदन तयार पार्न सहयोग गर्नुहुने सचिव कल्पना घिमिरे तथा कार्यसमिति सदस्य तथा संघको प्रकाशन उपसमिति संयोजक बाबुराम दाहाललाई हार्दिक धन्यवाद छ ।

 

 

भवदीय,

सुरज भण्डारी

महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)