नेपाल अमेरिका पत्रकार संघका नेजाका पूर्व क्षेत्रीय संयोजक (उत्तर पूर्व क्षेत्र) विष्णुहरी घिमिरे केही समयदेखि उपचारका लागि अस्पतालमा हुनुहुन्छ । उहा बिरामी हुनु भएको खबरले नेजा परिवारलाई दुःखी बनाएको छ । हामी उहाको शिघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । गत १७ जनवरी, २०२१ आइतवार पेन्सेलभेनिया ल्यानकाष्टरमा रहेको पूर्व क्षेत्रीय संयोजक विष्णुहरी घिमिरेको निवासमा पुगी संघका कार्यवाहक अध्यक्ष विकास राज न्यौपानको नेतृत्वमा नेजाको एक टोलीले उहा (विष्णुहरी घिमिरे) को परिवारसग भेटघाट गर्नुका साथैं पत्रकार घिमिरेसग फोन मार्फत संवाद गरी सामुहिक रुपमा उहाको स्वास्थ्य लाभको कामना गरेको छ ।

भेटघाटका क्रममा संघका संस्थापक अध्यक्ष गिरिश पोखरेल, पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, पूर्व अध्यक्ष गौतम दाहाल, सचिव सुरज भण्डारी, कोषाध्यक्ष मच्छेदेवी गुरुङ, नेजाले संचालन गरेको सहयोग संकलन अभियानको संयोजन समेत गरिरहनुभएकी क्षेत्रीय संयोजक (उत्तर पूर्व क्षेत्र) कल्पना घिमिरे, कार्यसमिति सदस्य बाबु खरेल, पूर्व उपाध्यक्ष गुणराज लुईटेल, नेजा साधारणसदस्य राजु आचार्य, संचारकर्मी पारस भारद्वाज, भिषण न्यौपानेको सहभागिता रहेको थियो ।