President’s Message

विकासराज न्यौपाने
कार्यवाहक अध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

उत्तर अमेरिकामा बसोबास गर्नुहुने नेपाली पत्रकारहरुको साझा एवम छाता संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिकारिक वेबसाईटमा यहाँंहरुलाई हार्दिक स्वागत गर्दछु ।

आफ्नो स्थापनाकालदेखी नै अमेरिकामा रहनुभएका नेपाली पत्रकारहरुका हितमा साथै दु:ख सुखमा हामी नेपाल पत्रकार महासंघ (एफएनजे) संग नेजाले सहकार्य गर्दै आएको छ । जन्मभुमी नेपालमा रहंदा पत्रकारितासंग आबद्ध रहेर अमेरिका वा क्यानाडामा आउनुभएका अग्रज तथा साथीहरुको पारिवारिक चौतारीको रुपमा नेजा रहने हाम्रो अभिप्राय हो ।

संस्थापक अध्यक्ष गिरिश पोखरेलज्यू, संस्थापक सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, अग्रज, शुभेच्छुक पत्रकार मित्रहरुको उदेश्य, आड र भरोशालाई मियो मान्दै नेजा निरन्तर आफ्नो बाटोमा अघी बढीरहेको छ । अमेरिका र क्यानाडामा सकृय नेपाली सामुदायिक संस्थाहरु, नेपाली दुतावास तथा जनजीवनका सरोकारका मुलभुत संस्थाहरुसंग नेजाले निरन्तर हातोमालो गर्दै आईरहेको छ ।

नेपाली पत्रकारिताका बिकास र सहयोगका खातिर नेपाल पत्रकार महासंघका आग्रह, सल्लाह र सहयोगको महासंघको समन्वयमा हाम्रो संस्था नेजाले निरन्तर काम गर्दै आएको छ । उत्तर अमेरिकामा सकृय पत्रकारहरुको सुख दु:खमा साथ रहनु नै हाम्रो कर्तब्य हो ।

सामुदायिक पत्रकारिताको सत्य सुचना प्रवाह गराउने पवित्र कार्यमा हामी कटिबद्धताका साथ अघि बढ्न नेजा सदा प्रतिबद्ध छ ।

यहाँंहरुलाई सबैलाई नव वर्ष २०२१ को हार्दिक मंगलमय शुभकामना ।

धन्यवाद ।