सूचना !

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ निर्धारण गरेको छ । नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात्  ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।

यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापक/पूर्वअध्यक्ष एवं सल्लाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको हो । 

साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ ।

साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको छ ।

सूचना !

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार” यस पटक दुईजनालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२ सिफारिस समिति”ले गरेको सिफारिसअनुसार नेपालको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्नुहुने दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा प्रदान गरिने भएको हो । सो पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ २२ पैसा रहेको छ ।

पुरस्कार सिफारिस समितिद्वारा २०७९ वैशाख ८ गते सूचना प्रकाशन गरिएको र २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन/प्रसारण भएका तीनओटा सामग्रीसहित समितिलाई प्राप्त २२७ वटा आवेदनमध्येबाट प्रदेशका राजधानीसहित देशका प्रमुख सहरभन्दा बाहिर रहेर ग्रामीण पत्रकारिता गरिरहेका उत्कृष्ट दुईजनाको नाम संयुक्त रूपमा छनोट गरिएको हो ।

“नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२” नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपालमा एक कार्यक्रमका बीच प्रदान गरिने छ । धन्यवाद ।

बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।
०८/०१/२०२३

NEAJA_Official_Notice_2023_NEAJA-Gramin-Patrakarita-Puraskar-2022

सूचना !

उत्तर अमेरिमा रहेका नेपाली पत्रकारको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा आबद्ध हुन इच्छुक पत्रकार, जो उत्तर अमेरिकामा रहनुभएको छ, ले नेपाल अमेरिका पत्रकार संघको विधान-२०२२ को धारा ३ ले गरेको व्यवस्थाअनुसार सदस्यता लिने प्रक्रिया खुला रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । 

सदस्यताका लागि नेजाको वेबसाइट https://www.neajausa.org/associate-and-general-member-form-2/ मा गएर सदस्यता फाराम भरी आवश्यक कागजात संलग्न गरी पेस गर्न सकिनेछ । नेजाको सदस्यतासम्बन्धी थप जानकारीका लागि संस्थाको इमेलः membership@neajausa.org मार्फत पत्रचार गर्नुहुन हार्दिक अनुरोध छ । धन्यवाद ।

 

बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

नेपाल अमेरिका पत्रकार संघको विधान-२०२२

सूचना !! Notice!!

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आधिकारिक इमेल ठेगाना परिवर्तन भएको व्यहोरा सबैमा जानकारी गराइन्छ । नेजाको आधिकारिक इमेल निम्नानुसार रहेको छ –

info@neajausa.org

धन्यवाद ।

बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

==========================================================================

I would like to inform you all that the official email address of Nepal America Journalists Association (NEAJA) has changed.
NEAJA’s official email is as follows:

info@neajausa.org

Thank you.

Babu Ram Dahal
General Secretary
Nepal American Journalists Association (NEAJA)