विज्ञप्ति:

नेजाको महाधिबेशन भर्जीनियामाः

 नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौँ महाधिबेशन तथा १४औँ साधारणसभा भर्जीनियामा जुलाइ २४ र २५, २०२१ मा हुने भएको छ । काबा अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षतामा सल्लाहकार सहित अप्रिल ४ आइतबार बसेको नेजा कार्यसमितिको वैठकले मिति तय गर्दै अधिबेशन तथा साधारणसभा सम्पन्न गर्न डिसि मेट्रो क्षेत्रको नेजा क्षत्रिय संयोजक लिला ओझालाइ संयोजक तोकेको छ । संयोजन समितिका अन्य सदस्यहरु अगामी बैठकले विस्तार गर्नेछ । नेजाको गतबर्ष मे मा हुने तय भएको अधिबेशन कोरोना महामारिको कारण स्थगित भएको थियो । महामारि पुर्णतः साम्य नभैसकेको भएता पनि खोप लगाउने कार्य तिव्ररुपमा भैरहेको र कयौँः राज्यहरुमा भेला गर्न तथा स्वतन्त्र आवतजावत गर्न फुकुवा गरिसकेको परिस्थितिलाइ मध्यनजर गर्दै जुलाइ महिनासम्म अमेरिकाभर अवस्था सामन्य बन्ने अपेक्षाका साथ संस्थाको गतिशिलतालाइ जिवन्त राख्न अधिबेशनको मिति तोकिएको हो ।

यस सन्दर्भमा, अमेरिकाभर रहनुभएका नेजा सदस्यलाइ महाधिबेशनमा सहभागिताको लागी अनुकुलता मिलाइ राख्नुहुन समेत यसै विज्ञप्ति मार्फत

 हार्दिक अनुरोध गरिएको छ ।

   किरण मरहठ्ठा

   महासचिव

   अप्रिल ५, २०२१

नेजाद्वारा पत्रकार घिमिरेलाई शिघ्र स्वास्थ्य लाभको कामना

नेपाल अमेरिका पत्रकार संघका नेजाका पूर्व क्षेत्रीय संयोजक (उत्तर पूर्व क्षेत्र) विष्णुहरी घिमिरे केही समयदेखि उपचारका लागि अस्पतालमा हुनुहुन्छ । उहा बिरामी हुनु भएको खबरले नेजा परिवारलाई दुःखी बनाएको छ । हामी उहाको शिघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं । गत १७ जनवरी, २०२१ आइतवार पेन्सेलभेनिया ल्यानकाष्टरमा रहेको पूर्व क्षेत्रीय संयोजक विष्णुहरी घिमिरेको निवासमा पुगी संघका कार्यवाहक अध्यक्ष विकास राज न्यौपानको नेतृत्वमा नेजाको एक टोलीले उहा (विष्णुहरी घिमिरे) को परिवारसग भेटघाट गर्नुका साथैं पत्रकार घिमिरेसग फोन मार्फत संवाद गरी सामुहिक रुपमा उहाको स्वास्थ्य लाभको कामना गरेको छ ।

भेटघाटका क्रममा संघका संस्थापक अध्यक्ष गिरिश पोखरेल, पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा, पूर्व अध्यक्ष गौतम दाहाल, सचिव सुरज भण्डारी, कोषाध्यक्ष मच्छेदेवी गुरुङ, नेजाले संचालन गरेको सहयोग संकलन अभियानको संयोजन समेत गरिरहनुभएकी क्षेत्रीय संयोजक (उत्तर पूर्व क्षेत्र) कल्पना घिमिरे, कार्यसमिति सदस्य बाबु खरेल, पूर्व उपाध्यक्ष गुणराज लुईटेल, नेजा साधारणसदस्य राजु आचार्य, संचारकर्मी पारस भारद्वाज, भिषण न्यौपानेको सहभागिता रहेको थियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा मे २ र ३ तारिख २०२० मा न्यूयोर्क शहरमा हुन लागेको सम्पूर्णमा जानकारी रहेकैं छ । त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन पनि सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ । नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनुभन्दा १ महिना अघिनैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेकाले आउँदो अप्रिल १, २०२० अघि नैं सदस्यता नविकरण गर्नुहुन अनुरोध गरिन्छ । साथैं नयाँ सदस्यताका लागि समेत तपाईको सम्पर्कमा रहनुभएका पत्रकारहरुलाई नेजा विधानले तोकेको आवश्यक प्रक्रिया पुर्‍याई सदस्यता आवेदन फाराम भर्नका लागि जानकारी गराउनुहुन समेत निवेदन गरिन्छ ।