सदस्यता नवीकरण गर्नेबारे सूचना !

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सदस्यता नवीकरण गरिसक्नुभएका सदस्यज्यूहरुलाई हार्दिक धन्यवाद छ । सदस्यता नवीकरण गर्न बाँकी सदस्यज्यूहरुलाई समेत नवीकरण गर्नुहुनका निम्ति हार्दिक अनुरोध छ । संघको मे २ र ३, २०२० मा न्यूयोर्कमा हुने ७औं अधिवेशन तथा १४औं साधारण सभामा प्रतिनिधिको रुपमा सहभागी हुनका निम्ति नवीकरणबापतको शुल्क ५० डलर यही मार्च ३१, २०२० भित्र बुझाई सदस्यता नवीकरण गर्न संघ सम्बद्व सदस्यहरु सबैमा जानकारी गराइन्छ ।

र, साथैं नयाँ सदस्यताको निम्ति संघको विधानबमोजिम सदस्यता प्राप्तिको प्रक्रियामा जानका लागि आवश्यक प्रक्रिया पुर्‍याएर नयाँ सदस्यता आवेदन शुल्कबापतको ७५ डलरसमेत बुझाउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । नयाँ सदस्यताको निम्ति यही मार्च १५, २०२० लाई अन्तिम आवेदन मिति कायम गरिएको समेत पुन: अवगत गराउँछौं ।

सदस्यता नविकरण गर्नका निम्ति संस्थाको बैंक अफ अमेरिकामा रहेको खाता नम्बर 3251 1980 9602 मा सिधैं रकम जम्मा गर्न सकिने छ भने संस्थाको वेभसाइटमा गई डोनेटमा क्लिक गरी पे पल बाट पनि शुल्क बुझाउन सकिनेछ । साथैं संघको सदस्यता नविरकरणको लिंकhttps://www.neajausa.org/associate-and-general-renewal-member-form/ बाट पनि शुल्क बुझाउन सकिने जानकारी गराइन्छ ।
नयाँ सदस्यताको निम्तिhttps://www.neajausa.org/associate-and-general-member-form/ लिंकमा गई आवश्यक प्रक्रिया पुर्‍याई त्यसै प्रक्रियामार्फत शुल्क समेत बुझाउन सकिनेछ भने संघको बैंक अफ अमेरिकामा रहेको खाता नम्बर 3251 1980 9602 मा सिधैं र पे पल मार्फत पनि शुल्क बुझाउन सकिनेछ ।

नेजाको नयाँ सदस्यता आवेदन तथा नविकरणका लागि आवश्यक प्रक्रियाका निम्ति संस्थाको वेभसाइट www.najausa.org लग इन गर्नुहुन तथा थप जानकारीका लागि वा केही जिज्ञासा रहेमा संस्थाको इमेल najausa@gmail.com मा इमेल गर्नुहुन अनुरोध छ ।
तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट
https://www.neajausa.org/become-member/
मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ ।
नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर ( दुई वर्षका लागि )
नयाँ सदस्य : ७५ डलर ( दुई वर्षका लागि )
आजीवन सदस्यता शुल्क : ३०० डलर
तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल
(najausa@gmail.com) गर्न सक्नुहुनेछ ।
सदस्यता नविकरणको लागि लिंक;

Membership Renewal Form (Associate and General)

नयाँ सदस्यताको लागि

Associate and General Member Form


यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल
एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।
बिधान बमोजिम योग्यता पुगेका व्यक्तिले आजीवन सदस्यताको लागि आवेदन दिने

Lifetime Membership Form


यस लिंकमा फारम भरेर सबमिट गरेपश्चात पेपलको लिंक आउछ, सो मार्फत पेपल
एकाउन्ट वा डेबिट वा क्रेडिट कार्डबाट सिधा पैसा तिर्न सकिने छ ।
नेजाको विधानमा सदस्यता सम्बन्धि रहेको प्राबधान यस प्रकार छ । (www.neajausa.org/by-law-first-revision-2010/
)
४.१.१ साधारण सदस्य:- उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका
पत्रकारहरु जसले नेपाली समुदायको वृहत्तर हितका लागि संघको नीति नियममा
रहेर काम गर्न चाहना राख्नेहरु संस्थाको साधारण सदस्य हुन सक्नेछन् ।
४.१.१.१ सदस्यताको लागि नेजाले तोकेको मापदण्डका आधारमा तोकिएको फर्म
भरेर सदस्यता शुल्क बापत अमेरिकी डलर ७५ तिर्नु पर्नेछ ।
४.१.१.२ साधारण सदस्यता दुई वर्षको लागि मान्य हुनेछ ।
४.१.१.३ नयाँसदस्यता लिनका लागि कम्तीमा एक वर्ष नेपालमा या अमेरिकामा
सञ्चालित सञ्चार माध्यममा काम गरेको प्रमाण पेस गर्नु पर्नेछ ।
४.१.१.४ सदस्यता लिन इच्छुक पत्रकारले आफू पत्रकार भएको प्रमाण निवेदन
साथ पेस गर्नु पर्नेछ, बिना प्रमाण पेस भएका निवेदनलाई सदस्यता प्रदान
गरिने छैन ।
४.१.१.५ सम्बन्धित सदस्यले सदस्यता छानबीन समितिमा आफू पत्रकार भएको
प्रमाण पेस गर्न नसके सदस्यता छानविन समितिले त्यस्तो निवेदन अस्वीकार
गर्नेछ ।
४.१.१.६ सदस्यता नविकरण गर्नका लागि नेजाका उद्देश्य विपरीत गतिविधि
गरेको वा आम सञ्चार माध्यमका नीति विपरीत काम गरेको वा प्रचलित कानुनको
उलंघन गरेको हुनुहुन्न ।
४.१.१.७ नेजाले आफ्ना सदस्यहरूलाई अनुकूल भएसम्म सञ्चार गतिविधिहरूमा
सहभागिता जनाउन प्रोत्साहित गर्ने र सदस्यहरूको सञ्चार गतिविधिसँग
सम्बंधित कार्यहरूको अभिलेख राख्न पहल गर्नेछ ।
४.१.१.८ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकाश नभएको अवस्थामा
नेपालबाट वा अमेरिकामा रहेका संचारमाध्यामको सिफारिसको आधारमा मात्र
सदस्यता प्रदान गरिने छैन तर सम्बंधित व्यक्तिले पत्रकारिता गरेको प्रमाण
प्रस्तुत गर्न सकेको वा पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि
सम्बन्धित सदस्यता प्रदान गर्न सक्नेछ ।
४.१.१.९ साधारण सभाले सदस्यता शुल्क र मापदण्डको प्रक्रियामा भने
परिवर्तन गर्न सक्नेछ ।
४.१.१.१० साधारणसभा वा अधिवेशनमा भाग लिनको लागि सभाको एक महिना अगावै
नवीकरण शुल्क बापतको ५० डलर तिरी गरी ।
४.१.१.११ साधारण सभा हुनुभन्दा एक महिना अगाडि नवीकरण नगरे वा नयाँ
सदस्यता प्राप्त नगरेको तर सभा भन्दा अगावै सदस्यता प्राप्त गरेको
व्यक्तिले पर्यबेक्षकको रूपमा भाग लिन सक्नेछ ।
४.१.२ आजीवन सदस्य:- साधारण सदस्य प्राप्त सदस्यले आजीवन सदस्यता लिन
चाहेमा एक पटक ३०० डलर तिरेर आजीवन सदस्यता लिन सक्नेछन् ।
४.१.२.१ आजीवन सदस्यहरूबाट संकलित कोषको रकम दैनिक कार्यसञ्चालनको लागि
खर्च गरिने छैन तर दीर्घकालीन कोषको लागि उपयोग गर्न सकिनेछ
४.१.२.२ आजीवन सदस्यता प्राप्तिको लागि नेपालमा या अमेरिकामा कम्तीमा
पन्ध्र वर्ष पत्रकारिता गरेको अनुभवको प्रमाण पेस गर्नुपर्नेछ ।
४.१.२.३ पन्ध्र वर्ष पत्रकारिता नगरेका व्यक्तिको आजीवन सदस्यता स्वीकार
गरिने छैंन् ।

धन्यवाद ।

सुरज भण्डारी
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
मार्च ११, २०२०

नेजा-एनआरएन बहस – २०१९ को दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा नेजा-एनआरएन बहस – २०१९ को दोस्रो कार्यक्रम लस एन्जलसमा सम्पन्न भएको छ । क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र ‘अव कस्तो एनआरएनए ?’ भन्ने बिषयमा आयोजित कार्यक्रम सम्पन्न भएको छ । अमेरिकामा सामुदायिक पत्रकारिता गर्ने पत्रकारहरुको संस्था र नेपाल सरकारद्दारा मान्यताप्राप्त प्रवासी संगठन बिच आपसी भाईचारा स्थापित गर्ने उदेश्यले नेजा केन्द्रिय समितिको बैठकले निर्णय गरेको बहस कार्यक्रममा भाग लिन अमेरिकाका बिभिन्न राज्यबाट एनआरएन निर्वाचनका आकांक्षीहरु लस एन्जलस झरेका थिए । कार्यक्रममा भाग लिन एनआरएन अमेरिका निर्वाचन-२०१९ अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापा लस एन्जलस आईपुगेका थिए । साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा. अर्जुन बन्जाडे, ईन्दिरा त्रिपाठी र नारायण कंडेल, महासचिवका उम्मेदवार गोपेन्द्र भट्टराई र पशुपती पाण्डे, उपाध्यक्षका उम्मेदवार कृष्णजिवी पन्थ, बुद्धी सुवेदी, बिआर (बाबुराम) लामा, रामबाबु पाण्डे र सर्वज्ञ वाग्ले नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन लस एन्जलसमा उपस्थित थिए । एनआरएन आईसिसी सदस्य पदका उम्मेदवार स्वराज खाती, रामकुमार सुवेदी र बिन्दु सापकोटा बहस कार्यक्रममा उपस्थित थिए । कोशाध्यक्ष पदका उम्मेदवार बन्धु पोखरेल, महिला संयोजक पदकी उम्मेद्वार दिक्षा बस्नेत कार्यक्रममा आफ्न बिचार प्रस्तुत गर्न उपस्थित थिए ।

यसैगरी सदसय पदका उम्मेदवारहरु राजिवप्रसाद श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ, शशीचन्द्र अधिकारी, पूर्ण बानिया, रोशन अधिकारी, निपेन्द्र धिताल, केन्टकी च्याप्टरका अध्यक्ष डिलु पराजुली, एनआरएन क्यालिफोर्निया च्याप्टर महिला संयोजक पदकी उम्मेदवार अमृता गैर्हे सापकोटा, कोशाध्यक्ष पदका उम्मेदवार शमशेर भन्डारी र सदस्य पदका उम्मेदवार मदन कठायत पनि कार्यक्रममा उपस्थित थिए ।

नेजाका अध्यक्ष सुदिप पन्तको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महावाणिज्यदुत ॠषि ढकालले शुभकामना मन्तब्य दिनुभएको थियो भने एनआरएन अमेरिका, निर्वाचन आयोगका सदस्य हेमराज भट्टले एनआरएन, निर्वाचन र विश्वासनियताबारे आफ्नो बिचार राख्नु भएको थियो । नेजाका महासचिव किरण मरहट्ठाले संचालन गर्नुभएको बहस कार्यक्रमको पहिलो चरणमा अध्यक्ष पदका प्रत्यासीहरु सुनील साह, सुर्य लम्साल र संजय थापाबिचको बहसबाट शुरु गरिएको थियो ।

अध्यक्ष पदका प्रत्यासीहरुले निर्वाचनमा आफु जित्नुपर्ने कारणहरु प्रस्तुत गरेलगत्तै उपस्थित जनमानसबाट सोधिएका सदस्यता अभियानताक रोकिएको सर्भर समस्या, दोहोरो नागरिकताको बिषय, स्वच्छ र तन्दुरुस्त एनआरएन, एनआरएनमा हावी भएको भनिएको राजनिती, हार्ने ब्यक्ती संस्थाको नाममा अदालतमा मुद्धा दाँयार गर्न जाने नजिर लगायत बिभिन्न बिषयमा उठेका प्रश्नहरुका जवाफ दिनुभएको थियो । कार्यक्रमको समाचार प्रत्यक्ष प्रसारणका लागि हिमालयखवर, दुरबिन नेपाल, खुल्लामन्च र हिमालीपोस्टले सहयोग गरेका थिए । नेजा सदस्य अग्नी चौलागाईंले उम्मेदवारहरु बोलेको समयको अवधी जानकार गराउनुभएको थियो ।

श्रीपशुपतीनाथ फाउन्डेशनको सभा हलमा आयोजित कार्यक्रमको अन्तमा नेजा पश्चिम क्षेत्रीय संयोजक तथा ‘ नेजा – एनआरएन बहस – २०१९’ का संयोजक गोकुल ढकालले धन्यवाद मन्तब्य दिएका थिए ।

नेजा – एनआरएन अमेरिका बहस, दोस्रो संस्करण आईतवार लस एन्जलसमा

लस एन्जलस – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को दोस्रो कार्यक्रम संस्करण लस एन्जलसमा हुंदैछ । यही अप्रिल महिनाको २१ तारिख, आईतवार क्यालिफोर्निया राज्यको मायावी शहर लस एन्जलसमा आयोजना हुने नेजा-एनआरएन बहस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

उत्तर अमेरिकामा सकृय नेपाली पत्रकारहरुको साझा संगठन अमेरिका पत्रकार संघको समुदायसंग जोडीने एउटा प्रयासस्वरुप प्रवासी नेपालीहरुको छाता संगठन एनआरएन, यसको बहुप्रतिक्षित निर्वाचन, उम्मेद्वारहरुको योजना, नेजा र एनआरएन अमेरिकासंगको सम्बन्ध र अव कस्तो एनआरएनए भन्ने बिषयमा यी कार्यक्रमहरुमा बहस हुने क्रममा लस एन्जलसको कार्यक्रमले बिशेष महत्व राख्नेछ ।

एनआरएन अमेरिको निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी डा. अर्जुन बन्जाडेले आफ्नो समर्थन अध्यक्ष पदका अर्का प्रत्यासी सुनील साहलाई समर्थन गर्दै संगै मिलेर जाने सहमती सहित वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षी भएको समाचार बाहिर आएपछी अब अध्यक्ष पदका तीन उम्मेद्वारहरु क्रमश: सुनील साह, सुर्य लम्साल र संजय थापाविच नेजाको बहस हुनेछ ।

नेजाका सभापति सुदिप पन्तको बसोवास क्षेत्र लस  एन्जलसमा श्रीपशुपतिनाथ बुद्ध मन्दिर, नर्वाकको सभा सामुदायिक हलमा नेजा-एनआरएनए बहस कार्यक्रम आयोजना हुनेछ । कार्यक्रम बेलुकी ठीक ६:३० देखी ९:३० बजेसम्म आयोजना हुनेछ ।

‘नेजा – एनआरएन बहस – २०१९’ लस एन्जलस लगायतका बांकी कार्यक्रमहरुको पनि संचालन नेजाका महासचिव किरण मरहठ्ठाले गर्नुहुनेछ । बहस कार्यक्रमका लागि महासचिव मरहट्ठा लस एन्जलस आउंदै हुनुहुन्छ ।

नेजा – एनआरएन बहस कार्यक्रम – २०१९ का अन्य स्थानहरु :

नेजा केन्द्रिय समितिको बैठकद्दारा निर्णित बहस कार्यक्रमको पहिलो संस्करण आगामी सप्ताहन्त अथवा अप्रिल १४ तारिख भर्जिनियामा भब्यताका साथ सम्पन्न भएको छ भने दोस्रो कार्यक्रम लस एन्जलसमा यसै हप्ताको आगामी आईतवार अप्रिल २१ तारिख सम्पन्न हुन गैरहेको छ । नेजाको आगामी साधारण सभास्थल डालसमा बहसको तेस्रो कार्यक्रम हुनेछ भने मे ११ मा बहसको अन्तिम कार्यक्रम न्यूयोर्कमा आयोजना हुनेछ ।

उम्मेद्वारहरु बहस कार्यक्रममा बोल्न पाउने कि नपाउने ?

कार्यक्रममा अध्यक्षका उम्मेद्वारहरुसंग मात्र बहस कार्यक्रम हुने भनिने समाचार गलत हो । अमेरिकाका बिभिन्न राज्यबाट नेजा-एनआरएन बहस कार्यक्रममा भाग लिन आउनेहुने-जानुहुने सम्पूर्ण उम्मेद्वारहरु साथै स्थानिय उम्मेद्वारहरुलाई पनि बकाईदा मन्च र माईक प्रदान गराईनेछ । तर समयको निश्चितता भने कडा रुपले लागु हुनेछ अथवा कार्यक्रममा उम्मेद्वारहरुलाई निश्चित समय प्रदान गरिनेछ तर बोल्न सबैले आफ्ना बिचार राख्नका लागि समय पाउनुहुनेछ । 

लस एन्जलस बहस कार्यक्रम जानकारी :
मिती : अप्रिल २१,  २०१९, आईतवार
स्थान :  10843 Kenney St, Norwalk, CA 90650
समय : 6:30PM – 9:30 PM
संपर्क :
सुदिप पन्त : 562 – 595 – 2768
गोकुल ढकाल : 626 – 927 – 7414
अग्नी चौलागाई : 702 – 978 – 1123
प्रतिमा बांस्कोटा : 646 – 250 – 3702

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौं अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा मे २ र ३ तारिख २०२० मा न्यूयोर्क शहरमा हुन लागेको सम्पूर्णमा जानकारी रहेकैं छ । त्यस साधारण सभा तथा अधिवेशनमा सहभागि हुन पनि सबैंमा नेजा कार्यसमिति हार्दिक आग्रह गर्दछ । नेजाको विधानले साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिनका लागि साधारणसभा हुनुभन्दा १ महिना अघिनैं सदस्य भैसक्नुपर्ने व्यवस्था गरेकाले आउँदो अप्रिल १, २०२० अघि नैं सदस्यता नविकरण गर्नुहुन अनुरोध गरिन्छ । साथैं नयाँ सदस्यताका लागि समेत तपाईको सम्पर्कमा रहनुभएका पत्रकारहरुलाई नेजा विधानले तोकेको आवश्यक प्रक्रिया पुर्‍याई सदस्यता आवेदन फाराम भर्नका लागि जानकारी गराउनुहुन समेत निवेदन गरिन्छ ।