(आज अन्तिम दिन)
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिवेशनमा भाग लिन योग्य हुने गरी नयाँ सदस्यताका लागि फेब्रुअरी आज (७, २०२३) अन्तिम दिन भएको जानकारी गराउँदै सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन दिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ । सदस्यताका लागि www.neajausa.org मा गएर अनलाइन माध्यममार्फत आवश्यक प्रक्रिया पूरा गर्न सकिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।
संघको विधानले नयाँ सदस्यता प्राप्तिको व्यवस्था यस प्रकार गरेको छः
३.१.३ नयाँ सदस्यता लिनका लागि कम्तिमा एक वर्ष नेपालमा या अमेरिकामा सञ्चालित सञ्चारमाध्यममा काम गरेको प्रमाणसहित विधानको धारा ५ उपधारा ५.४ अनुसार गठित सदस्यता वितरण तथा छानबिन समितिमा रितपूर्वक निवेदन पेस गर्नुपर्ने छ । आवश्यक प्रमाणबिना पेस भएका निवेदनउपर कुनै कारबाही हुने छैन र छानबिन समितिले त्यस्तो निवेदन अस्वीकार गर्नेछ ।
३.१.४ सदस्यता नवीकरण गर्नका लागि नेजाका उद्देश्यविपरीत गतिविधि गरेको वा आमसञ्चार माध्यमका नीतिविपरीत काम गरेको वा प्रचलित कानुनको उल्लङ्घन गरेको हुनु हुन्न ।
३.१.५ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकास नभएको परिप्रेक्ष्यमा नेपाल वा अमेरिकामा रहेका सञ्चारमाध्यामको सिफारिसको आधारमा मात्र सदस्यता प्रदान गरिने छैन । सम्बन्धित व्यक्तिले पत्रकारिता गरेको प्रमाण वा पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि सदस्यता प्रदान गर्न सकिनेछ ।
भवदीय,
सुरज भण्डारी
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)