About NEAJA
Nepal America Journalists Association (NEAJA) is a US-based not-for-profit organization, under section 501(C)(3) of the internal revenue code, or corresponding section of any future federal tax code, formed by Journalists of Nepali origin in 2007. NEAJA works exclusively to build and develop communication networks amongst journalists and communities in the United States and Canada. It’s a joint forum of Nepali-American Journalists who have been working hard to bridge the Nepali communities with the American mainstream since its establishment.
When the number of journalists and media persons of Nepali origin increased in the United States and Canada, the need for an organization of such people with similar professional backgrounds back in Nepal was felt. As a result, a group of professional Nepali journalists started some informal gatherings to form an organization of Nepali-American Journalists in 2001.
अध्यक्षको सन्देश
मातृभूमि नेपालभन्दा सात समुद्र पारि उत्तर अमेरिकामा पत्रकारितासँग साइनो जोडिएका नेपाली मूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) सन् २००७ सालमा स्थापना भएको हो । नेजा उत्तर अमेरिकाको नेपाली डायस्पोरामा परिचित मात्र छैन, यसको भूमिका पनि विशिष्टीकृत रहेको छ । उत्तर अमेरिकी नेपाली समुदायका लागि मात्र नभई मातृभूमि नेपालका लागि पनि नेजाले महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।
नेजामा नेपाली पत्रकारिताको इतिहासदेखि २१औं शताब्दीको प्रविधियुक्त पत्रकारितामा अभ्यस्त पत्रकारहरूको संलग्नता रहेको छ । नेपालमा रहँदा पत्रकारितामा रम्नुभएकाहरूलाई संगठित गर्दै स्थापना भएको नेजा सो उद्देश्यमा अविचलित भई अघि बढिरहेको छ । सँगसँगै उत्तर अमेरिकामा जम्दै गएको नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूमा आबद्व पत्रकारहरूलाई पनि संस्थाभित्र गोलबन्द गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ ।
अग्रजलाई सम्मान गर्दै उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूले सञ्चालन गरिरहेको सञ्चारमाध्यमहरूको व्यावसायिकताका लागि पनि नेजाले पहल गर्दै आएको छ । पत्रकारितासँग कहीँ न कहीँ नाता गाँसिएका हामी सबैको साझा चौतारी नेजा सबै अट्ने घर हो । घरभित्र सबैको भावना समेटिन्छ, सबैको भावना समेटेर नै घर सञ्चालन हुन सक्दछ, यसमा हामी सबै नेजा सदस्यहरूको उत्तिकै दायित्व रहेको हुन्छ ।
संघको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट बनेको यो कार्यसमिति उत्तर अमेरिकामा रहनुभएका पत्रकारहरू, जो नेपालमा रहँदा वा यहाँ आइसकेपछि पनि कहीँ न कहीँ पत्रकारितामा जोडिनुभएको छ तर नेजामा समेटिन सक्नुभएको छैन, उहाँहरू सबैलाई नेजामा आउनका लागि हार्दिक अपिल गर्दछ । त्यसका लागि यस कार्यसमितिको तर्फबाट गर्नुपर्ने पहल र व्यवस्थाका लागि कार्यसमिति सधैं तयार रहेको छ ।
संघको स्थापनादेखि हालसम्म कुनै पनि अवधिमा सदस्य हुनुभएका तर जुनसुकै अवस्थाका कारण सदस्यतालाई अद्यावधिक नगर्नुभएका तपाईं सबैलाई नेजामा सदैब स्वागत छ । आग्रह वा पूर्वाग्रहविना सबै समेटिने नेजा बनाउनका लागि यो कार्यसमिति तत्परताका साथ सक्रिय रहने पनि सम्बन्धित सबैमा अनुरोध गर्दछु ।
संस्थापक अध्यक्षसहित संस्थापकहरूको ऐतिहासिक योगदान, पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारी एवम् पूर्व कार्यसमितिको भूमिकाको उच्च सम्मान व्यक्त गर्दछौं । उत्तर अमेरिकाको भूमिमा बढ्दै र समृद्ध बन्दै गएको नेपाली डायस्पोरा र नेपाली भाषा, संस्कृतिसँगै विस्तार हुँदै गएको पत्रकारिताको व्यावसायिकताका निम्ति पनि नेजाको संस्थागत पहल अपरिहार्यता रहेको छ । सामुदायिक पत्रकारितालाई अब बिस्तारै व्यावसायिकताको चरणमा लैजानका लागि सम्बद्व तपाईं सबैको सहकार्यमा नेजाले विशेष भूमिका खेल्ने पनि म अनुरोध गर्न चाहन्छु ।
नेपाली डायस्पोराका दोस्रो पुस्ताले उत्तर अमेरिकामा बिस्तारै देखिने गरी पाइला टेक्न थालेको छ । यहाँको हरेक क्षेत्रको मूलधारमा नेपाली डायस्पोराको उपस्थिति क्रमशः बढ्दै गएको छ । संघर्षको चरणबाट आफ्नो यात्रा अघि बढाएको पहिलो पुस्ता क्रमशः समृद्ध र सन्तुष्टताको बिन्दुमा पुग्न खोजिरहेको छ । यसले के संकेत गरिरहेको छ भने नेपाली डायस्पोराभित्रबाट पनि अब उत्तर अमेरिकाभित्रको मूलधारको पत्रकारितामा पनि उपस्थिति बढेर जानेछ । कतिपय हकमा त्यसको सुरुवात पनि भएको छ । अब बिस्तारै नेपाली डायस्पोरा भित्रबाट नै सहभागिता बढाउनका लागि हामीले पहल गर्नुपर्ने आवश्यकता खड्किएको छ, यसका लागि नेजाले हरसम्भव प्रयास गर्नेछ । नेजालाई उत्तर अमेरिकाभित्रका मूलधारका पत्रकारितासँग सम्बन्धित संघ-संस्थाहरूसँग जोड्नेदेखि ती संस्थाहरूमा हाम्रो उपस्थिति बढाउनका लागि संस्थागत पहल रहनेछ ।
नेपाली डायस्पोराका मुद्दालाई नेपालसँग जोड्न, उत्तर अमेरिकामा रहेको नेपाली समुदायको गतिविधिलाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन, एकताबद्व नेपाली डायस्पोरा निर्माण तथा बलियो र समृद्ध नेपाली डायस्पोराको सहभागिता नेपालको विकास र समृद्धिका लागि लगाउनका लागि नेजाको तर्फबाट गर्न सकिने प्रयास गर्नुपर्नेछ । नेपालको पत्रकारिताको विकासका लागि नेजाले स्थापनाका समय र तत्पश्चातका समयदेखि नै गर्दै आएको योगदानको निरन्तरतासँगै थप कार्यहरू गर्नेतर्फ हाम्रो प्रयास रहनेछ । उत्तर अमेरिकामा क्रियाशील नेजामा संलग्न पत्रकारहरूको निम्ति पनि देखिने गरी केही गर्नुपर्नेछ र त्यसका लागि सबैको साथ र सहयोगको खाँचो अपरिहार्य छ ।
अन्त्यमा, यस कार्यसमिति निर्वाचित गराउने तपाईं सबै नेजा सदस्यहरूलाई हृदयदेखि नै धन्यवाद छ । दुई वर्षको कार्यकालमा तपाईं सबैबाट साथ, सहयोग, सुझाव र रचनात्मक अनि सकारात्मक आलोचनाको अपेक्षा कार्यसमितिको तर्फबाट राखेको छु । धन्यवाद ।
नवौँ अधिवेशन तथा १८औँ साधारण सभामा पेश गरिएको
महासचिवको प्रतिवेदन – २०२५
सम्बोधन
आदरणीय नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षज्यू,
कार्यसमिति, संस्थापक तथा पूर्व अध्यक्षज्यूहरू,
सलाहकारज्यूहरू,
एवं नेजाका सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक नमस्कार।
भूमिका
सर्वप्रथम, यो संस्था स्थापना गर्ने अवधारणा अघि बढाउनु हुने संस्थापकज्यूहरू, संस्थालाई यहाँसम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याउनु हुने आजीवन व्यक्तित्वहरू, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, पूर्व कार्यसमिति सदस्य, मानार्थ सदस्य, आजीवन सदस्य, साधारण सदस्य तथा संस्थाबाहिर रहेर पनि संस्थाको हितमा निरन्तर भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूप्रति हार्दिक नमन तथा आभार व्यक्त गर्दछु।
कार्यसमितिको पृष्ठभूमि
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे २१–२२, २०२३ मा टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न आठौँ अधिवेशन तथा १६औँ साधारण सभाबाट श्री सुरज भण्डारीको नेतृत्वमा गठन भएको वर्तमान कार्यसमितिले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छ।
यस अवधिमा कार्यसमितिका २७ वटा बैठक बसेका छन्। संस्थाका अग्रजहरूको अनुभव, मार्गदर्शन, सल्लाह र सुझावको आधारमा दीर्घकालीन तथा समयसापेक्ष कार्यहरू अघि बढाइएका छन्।
संस्थागत दृष्टिकोण
संस्थाको गरिमा उच्च राख्न, संस्थापक भावना जोगाउँदै, अनुशासन, उत्तरदायित्व र सम्मानलाई केन्द्रमा राखेर कार्यसमिति अघि बढेको छ।
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकार र नेपाली समुदायलाई जोड्दै संस्थाको साख अभिवृद्धि गर्ने उद्देश्यले कार्यहरू केन्द्रित गरिएका छन्।
साथै, मातृभूमि नेपालमा पत्रकारिताको विकास तथा पत्रकार हितका लागि नेजा सहयोगी संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
प्रतिवेदनको संरचना
यो महासचिवको प्रतिवेदन मुख्य रूपमा चार भागमा विभाजन गरिएको छ:
नेजाका उद्देश्य, संगठनात्मक तथा पत्रकार लक्षित कार्यक्रम
नेजामार्फत गरिएका गतिविधिहरू
नेजाका आगामी योजना
नेजाका चुनौती र अवसर
१. नेजाका उद्देश्य, संगठनात्मक तथा पत्रकार लक्षित कार्यक्रम
(क) सदस्यता अवस्था
कार्यसमिति चयन हुँदा:
कुल सदस्य: १६७
आजीवन सदस्य: ४८
साधारण सदस्य: ११९
२०२३–२०२५ कार्यकालमा:
आजीवन सदस्य: ६३
साधारण सदस्य: १२४
पूर्व सदस्यहरूलाई पुनः जोड्ने पहल तथा सदस्यता आवेदन प्रक्रिया निरन्तर खुला राखिएको छ।
(ख) नेजा स्थापना दिवस
२००७ अप्रिल २१–२२ मा भर्जिनियाको आर्लिङ्टनमा सम्पन्न प्रथम अधिवेशनको मितिलाई आधार मानी अप्रिल २१ लाई “नेजा स्थापना दिवस” घोषणा गरिएको छ।
संस्थापक, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी र सदस्यहरूसँग परामर्शपछि यो निर्णय गरिएको हो। स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ।
(ग) पत्रकार संघ–संस्थासँग सहकार्य
नेजाले नेपाल पत्रकार महासंघसँगको सहकार्यलाई थप मजबुत बनाउँदै आएको छ। साथै, उत्तर अमेरिकामा सक्रिय अन्य पत्रकार संघ–संस्थासँग समन्वय र सम्बन्ध विस्तार गरिएको छ।
सहकार्य भएका प्रमुख संस्थाहरू:
Society of Professional Journalists (SPJ)
Asian American Journalists Association (AAJA)
Association of Black Journalists
South Asian Journalists Association
(घ) पत्रकारिता विकास र फेलोसिप
नेपाल तथा उत्तर अमेरिकामा नेपाली पत्रकारिताको विकासका लागि:
तालिम
गोष्ठी
अन्तरक्रिया
कार्यशाला
लेखनवृत्ति (फेलोसिप)
जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
(ङ) नेपाल पत्रकार महासंघसँग सहकार्य
नेजा र नेपाल पत्रकार महासंघबीच द्विपक्षीय सम्झौताअनुसार सहकार्य जारी छ।
पत्रकार हितका लागि आर्थिक तथा संस्थागत सहयोग समेत प्रदान गरिएको छ।
(च) समाचार संकलन र वितरण
नेजाले आधिकारिक इमेल news@neajausa.org मार्फत समाचार संकलन, प्रमाणीकरण र वितरणको व्यवस्था सुरु गरेको छ।
(छ) नेजा इन्फो-टक
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकार र समुदायलाई जानकारीमूलक बनाउने उद्देश्यले नियमित “नेजा इन्फो-टक” सञ्चालन गरिएको छ।
(ज) सम्मान तथा पुरस्कार
नेजा–एनआरएनए पत्रकारिता सम्मान
नेजा सामुदायिक पत्रकारिता पुरस्कार
यी कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ।
२. नेजामार्फत गरिएका गतिविधिहरू
(यो भागमा अधिवेशन, अन्तरक्रिया, बहस, पत्रकार सम्मेलन, समुदाय संवाद, एनआरएनए सम्बन्धित कार्यक्रम, सम्मान कार्यक्रम लगायत विस्तृत गतिविधिहरू यथावत क्रमबद्ध रूपमा प्रस्तुत गर्न सकिन्छ।)
३. नेजाका आगामी योजना
(मूल दस्तावेजअनुसार कुनै शब्द नफेरिकन उपशीर्षकसहित प्रस्तुत गर्न मिल्ने संरचना)
४. नेजाका चुनौती र अवसर
(मूल सामग्री जस्ताको तस्तै राखी वेब–फ्रेन्डली अनुच्छेदमा)
निष्कर्ष
यो महासचिवको प्रतिवेदन वार्षिक प्रतिवेदनको रूपमा समेत तयार पारिएको हो।
सदस्यज्यूहरूबाट प्राप्त सुझाव र मार्गदर्शनलाई आत्मसात गर्दै संस्थालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु।
सहयोगप्रति हार्दिक धन्यवाद।
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको महत्त्व र आवश्यकताका सन्दर्भमा विश्वलाई जागृत गराउन यस दिवसको विशेष महत्त्व रहेको छ । मानव अधिकार र नागरिकको नैसर्गिक अधिकारसँग प्रेस स्वतन्त्रता जोडिएको हुन्छ । संयुक्त राष्ट्र संघको निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक सहरमा सन् १९९१ को डिसेम्बरमा भएको पत्रकार, प्राध्यापक र स्वतन्त्रता पक्षधरहरूको भेलाले स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा-पत्र जारी गरेको थियो । तत्पश्चात् युनेस्कोको सिफारिसमा सन् १९९३ मा भएको संयुक्त राष्ट्र संघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने भनी घोषणा गरेको थियो । सोही घोषणासँगै विश्वभर मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो ।
प्रेस स्वतन्त्रताका आधारभूत सिद्धान्तहरूको जगेर्ना गर्ने, विश्वभर प्रेस स्वतन्त्रताको अवस्थाको मूल्याङ्कन गर्ने, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट बचाउने, निर्भीक पत्रकारिताका अवरोधको पहिचान गर्ने सन्दर्भमा यो दिवसको विशेष अर्थ रहेको छ । विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन सुरु गरेको वर्षदेखि अहिलेसम्म आइपुग्दा कुनै न कुनै रूपबाट पत्रकारिता र प्रेस स्वतन्त्रताको मुद्दालाई कमजोर पार्ने कार्य भइरहेको देखिन्छ । प्रेस स्वतन्त्रतालाई पूर्णत: उपयोग गर्न नदिने विभिन्न तरिकाबाट प्रयास भइरहेको पाइन्छ । पछिल्लो समय नयाँ-नयाँ प्रविधि निर्माण र माध्यमको सुरुवातले पत्रकारितालाई सरल, सहज र सबैको पहुँचमा पुर्याउन विशेष सहयोग पुगे पनि यससँगै स्वतन्त्रतामा कुण्ठित हुन सक्ने चिन्तासमेत बढेर गएका छन् । यसतर्फ पनि चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
News
नेजाद्वारा बाल्टिमोरमा अन्तरक्रिया
बाल्टिमोर जुलाई १३, २०२४ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सामुदायिक अन्तरक्रिया गरेको छ । जुलाई...
विस्तृतमा>>>NEAJA Notice
सदस्यतासम्बन्धी सूचना !
उत्तर अमेरिमा रहेका नेपाली पत्रकारको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा आबद्ध हुन इच्छुक पत्रकार, जो उत्तर...
विस्तृतमा>>>Upcoming Events
NEAJA-17th General Meeting Notice!
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभा यही मे २५ र २६, २०२४ मा म्यासाचुसेट्स राज्यको बोस्टन...
विस्तृतमा>>>
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को यही मे २५, २०२४ शनिबार १७औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम, जुन अमेरिकाको म्यासाच्युसेट्स राज्यको सुन्दर नगरी बोस्टन सहरमा अवस्थित नेपालीहरूको सामुदायिक भवन पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड (PABFONE) मा सम्पन्न भएको नेजाको यस विशेष दिनमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी आफ्नो व्यस्त समयका बाबजुद उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूमा नेजाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं वार्षिक साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा सम्पन्न साधारण सभाले संघको विधानमा आवश्यक संशोधन गर्नुका साथै महासचिव बाबुराम दाहालद्वारा प्रस्तुत महासचिवको (सांगठनिक) प्रतिवेदन र कोषाध्यक्ष जानु पंगेनीद्वारा प्रस्तुत कोषाध्यक्षको (आर्थिक) प्रतिवेदन छलफलसहित पारित गरेको छ ।
जुन १८, अमेरिका ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका बारेमा जुम अन्तरक्रिया गरेको छ ।
जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको जवाफ दिनुभएको थियो ।
