यही अगस्ट २९, २०२३ का दिन बेलुका भर्चुअल (जुम) मार्फत नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाको संयुक्त रुपमा आयोजना गरिएको नवनिर्वाचित कार्यसमितिबीच परिचयात्मक एवं संस्थागत सहकार्यका सम्बन्धमा अन्तरक्रियामा उपस्थित हुनुभई दुई संस्थाबीच हुँदै आएको सहकार्यलाई निरन्तरता एवम् यी दुवै संस्थाको समाजसेवाको उद्देश्यलाई पूर्ण बनाउन यो सहकार्यलाई थप मजबुत बनाउने सम्बन्धमा आफ्ना महत्त्वपूर्ण भनाइ व्यक्त गरिदिनुभएकोमा सबैमा नेजाको तर्फबाट हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु ।

हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा उपस्थित भई अमेरिकामा रहनुभएका नेपाली समुदाय र समग्र नेपालको हितमा काम गर्दै अगाडि बढिरहेका दुई संस्था एनआरएनए-अमेरिका र नेजाबीचको संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउने सम्बन्धमा आफ्ना महत्त्वपूर्ण अभिव्यक्ति एवम् धारणा प्रस्तुत गरिदिनुभएकोमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए)-अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, वरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, उपाध्यक्षहरू नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ, प्रेम तामाङ एवम् भानु खरेल, महिला उपाध्यक्ष सुनिता सापकोटा कँडेल, युवा उपाध्यक्ष अनुप खनाललाई नेजाको तर्फबाट हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु । यसैगरी, एनआरएनए-अमेरिकाका महासचिव रामहरि अधिकारी, सचिव दीपक सापकोटा, महिला सचिव शान्ति वाग्ले पौड्याल, कोषाध्यक्ष सरोज सिग्देल, सह-कोषाध्यक्ष दिवाकर पाण्डे, युवा संयोजक तेज (बिनोद) पौडेल, महिला संयोजक सुनिता खत्री नेपाल एवं प्रवक्ता डा. राजन पन्तलाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु । 

यसैगरी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) को तर्फबाट आफ्नो व्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित भई नेजा र एनआरएनए-अमेरिकाबीच विगत, वर्तमान एवम् भविष्यमा गर्नुपर्ने सम्बन्ध र सहाकार्यका बारेमा आफ्ना महत्त्वपूर्ण अभिव्यक्ति राखी कार्यक्रमलाई पूर्ण बनाइदिनुभएकोमा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, पूर्वअध्यक्षहरू आङछिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्यलाई हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछु । यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, सचिव प्रतिमा बाँस्कोटा, कोषाध्यक्ष जानु पङ्गेनी, क्षेत्रीय संयोजकहरू सुपेन्द्र बस्नेत-उत्तर-पूर्व, शंकर थापा-मध्य, रोशन अधिकारी-पश्चिम, सिर्जना काफ्ले-डीसी मेट्रो एवम् कार्यसमिति सदस्य ईश्वरी न्यौपानेलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 

आगामी दिनमा पनि यहाँहरूबाट नेजाप्रति यस्तै सल्लाह, सुझाव, माया र सद्भाव प्राप्त भइरहनेमा नेजा पूर्ण विश्वस्त रहेको जानकारी गराउँदछु । साथै, समाज र राष्ट्रका निम्ति एनआरएनए-अमेरिकाका सकारात्मक कार्यप्रति नेजा सदैब हातेमालो र गलत कार्यप्रति खबरदारी गर्दै अगाडि बढ्ने विश्वास पनि दिलाउँदछु । धन्यवाद ।

 

भवदीय, 

बाबुराम दाहाल

महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।