नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १७औं साधारण सभा यही मे २५ र २६, २०२४ मा म्यासाचुसेट्स राज्यको बोस्टन सहरमा हुन लागेको यहाँमा विदितै छ । सो साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण सदस्यज्यूलाई सो कार्यक्रममा स्वागत गर्न हामी आतुर छौं । साधारण सभामा सहभागी हुन यहाँहरूले आवश्यक प्रबन्ध गरिसक्नुभएको छ भन्ने हाम्रो विश्वास रहेको छ । यदि, गरिसक्नुभएको छैन भने पनि यथाशक्य चाँडो गर्नुहुनका लागि पनि हार्दिक अनुरोध गर्दछौं । साधारण सभामा सहभागी हुने सदस्यहरूका निम्ति व्यवस्थापनको कार्य सजिलो होस् भन्ने उद्देश्यले साधारण सभा हुनुभन्दा एक हप्ता अगाडि रजिस्ट्रेसनको प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थाअनुरुप यही मे १८, २०२४ भित्र रजिस्ट्रेसन गर्नुहुन पनि सबै सदस्यहरूमा हार्दिक अपिल गर्दछौं ।
रजिस्ट्रेसन नेजाको वेबसाइट www.neajausa.org मा गएर अथवा Registration for 17th General Meeting – NEAJA USA लिंकमार्फत गर्न सक्नुहुनेछ भने जेली एकाउन्ट najausa@gmail.com बाट पनि आवश्यक शुल्क भुक्तान गरी रजिस्ट्रेसन गर्न सकिनेछ ।

१‍. साधारण सभा स्थलः Pashupatinath Buddha Temple and Nepali Community Center (PABFONE).
594 Washington St, Braintree, MA 02184
२. आवास स्थलः Comfort Inn Randolph – Boston
1374 N Main St, Randolph, MA 02368
(Check In: May 25th after 3:00PM, Check out: May 27th before 11:00AM)
३. नजिकको विमानस्थलः Boston Logan International Airport
1374 N Main St, Randolph, MA 02368

थप जानकारीका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ:
१. 617-792-4081 (सुपेन्द्र बस्नेत, उत्तर-पूर्व क्षेत्रीय संयोजक एवं कन्भेनर)
२. 817-371-8522 (बाबुराम दाहाल, महासचिव)
३. 512-596-7940 (सुरज भण्डारी, अध्यक्ष)

भवदीय,

बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा)

मितिः ०५/०४/२०२४