नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशनबाट पारित कोषाध्यक्षको प्रतिवेदन

आदरणीय नेजाका अध्यक्षज्यू, कार्यसमिति, संस्थापक एवं पूर्वअध्यक्षज्यू, सल्लाहकारज्यू एवं नेजाका सम्पूर्ण सदस्यज्यूहरूमा म कोषाध्यक्ष जानु पङ्गेनीको  तर्फबाट हार्दिक नमस्कार !

मे २१ र २२, सन् २०२३ मा टेक्सास राज्यको ह्युस्टनमा भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौं अधिवेशनबाट श्री सुरज भण्डारीको नेतृत्वले आफ्नो दुईबर्से कार्यकाल पूरा गर्न लागेको छ । यो दुई वर्षको अवधिमा यहाँहरुबाट पाएको माया र सहयोगका लागि धेरै-धेरै धन्यवाद दिन चाहन्छु।

हुन त गत वर्ष मे महिनामा बोस्टनमा भएको १७औं साधारण सभामा आफ्नो पहिलो वर्षको आय-व्यय प्रस्तुत गरेकी थिएँ । तैपनि एक पटक पुनः स्मरण गराउन  चाहन्छु । २०२३ जुन महिनामा पूर्ण रूपले हाम्रो कार्यसमितिलाई कोष हस्तान्तरण गर्दा नेजाको चल्ती खातामा २० हजार ५ सय ९९ दशमलव ५९ र बचत खातामा ३२ हजार ४ सय दशमलव ६६ अमेरिकी डलर रहेको थियो। अहिले हाम्रो चल्ती खातामा २५ हजार ३ सय २७ दशमलव ५८ अमेरिकी डलर रहेको छ भने बचत खातामा २९ हजार ३ सय १२ दशमलव ३९ अमेरिकी डलर रहेको रहेको छ। बचत खाताबाट ग्रामीण पत्रकारिता पुरस्कारबापतको रकम २ हजार ९१ दशमलव ५ अमेरिकी डलर चल्ती खातामा रकमान्तरण गरेको जानकारी गराउन चाहन्छु।            

हाम्रो कार्यकालको पहिलो वर्षको आय-व्यय गत वर्ष मे महिनामा बोस्टनमा भएको १७औं साधारण सभामा प्रस्तुत गरेको जानकारी गराउन चाहन्छु। जसमा हाम्रो चल्ती खातामा १५ हजार १ सय १४ दशमलव ५७ अमेरिकी डलर रहेको थियो भने बचत खातामा ३२ हजार ४ सय ३ दशमलव ६२ अमेरिकी डलर रहेको थियो। 

यसैगरी गत वर्ष बोस्टनमा भएको १७औ साधारण सभामा १५ हजार ४ सय १४ दशमलव ५२अमेरिकी डलर रहेको खर्च तथा १४ हजार ४ सय ६१ दशमलब १९ अमेरिकी डलर रहेको आम्दानी रहेको जानकारी गराउन चाहन्छु। १७औं साधारण सभामा भएको आम्दानी र खर्चसमेत यही प्रतिवेदनसँगै उपलब्ध गराएकी छु। उक्त साधारण सभामा हामीलाई महत्वपूर्ण सहयोग गर्नु भएकोमा त्यहाँस्थित नेपाली समुदाय र एनआरनए म्यासाच्युसेट्सप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु। साथै, १७औं साधारण सभाका कन्भनेर सुपेन्द्र बस्नेतज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।        

हाम्रो कार्यकालमा प्रमुख आम्दानी रुपमा हाम्रो सदस्यताबापत प्राप्त गरेको रकम रह्यो । कार्यकालको दोस्रो वर्ष मात्र सदस्यता नवीकरण, आजीवन सदस्य र नयाँ सदस्यता बापत ११ हजार ५० अमेरिकी डलर प्राप्त भएको थियो। कार्यकालको दोस्रो वर्ष पनि हामीले पहिलो वर्ष जस्तै संस्थालाई आर्थिक भार कम परोस् भन्ने उद्देश्यले संस्थाको  मर्यादामा आँच नआउने गरी विभिन्न संघ-संस्थाको सहयोगमा हामीले विभिन्न क्षेत्रमा विविध कार्यक्रम सम्पन्न गर्न सफल भयौं। यसमा दौरानमा हामीलाई आर्थिक सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यसै वर्ष प्रदान गर्न लागेको नेजा सामुदायिक पत्रकारिता पुरस्कारबापतको रकम सहयोग गर्नुभएकोमा नेजाका वर्तमान कार्यसमितिका  अध्यक्ष सुरज भण्डारी र नेजाका पूर्वअध्यक्ष्य भोला आचार्यप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु।पुरस्कारको राशी १ हजार १ सय १ मेरिकी डलर रहेको छ । साथै   NEAJA – NRNA USA पत्रकारिता सम्मानका लागि आर्थिक सहयोग उपलब्ध गरायकोमा  NRNA अमेरिकाप्रति हार्दिक आभार  व्यक्त गर्न चाहन्छु। हाम्रो कार्यसमितिले नेजाका साधारण सदस्य स्वर्गीय पत्रकार Raw KC को उपचारका लागि gofund me सञ्चालन गरेका  थियो ।  जसका लागि नेजाका तर्फबाट १ हजार अमेरिकी डलरसमेत सहयोग गरेको थियो। gofundme मा विभिन्न दाताहरुबाट कुल २२ हजार १ सय १७ अमेरिकी डलर जम्मा भएको थियो। gofundme सहयोग गर्नुहुने सबै दाताहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।    

उत्तर अमेरिकाका विभिन्न राज्य र सहरमा नेजाको तर्फबाट धेरै कार्यक्रम सम्पन भएका छन्  । सो कार्यक्रममा भएको आर्थिक एवं व्यवस्थापकीय सहयोग उपलब्ध गराउनुभएकोमा क्षेत्रीय संयोजकहरू सुपेन्द्र बस्नेत, शंकर थापा, रोशन अधिकारी, सृजना काफ्ले र कार्यसमिति सदस्यहरूबाट तथा संघका सदस्यहरूबाट सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । 

 

9th Convention – Financial Report (2025)


Balance Sheet – 2025

Checking Account

Current Balance: $25,327.58

Income

  • Balance as of May 2024: $15,114.57

  • 17th Annual General Meeting (Boston): $14,461.19

  • Membership (New, Renewal, Life): $11,050.00

  • NEAJA Community Journalism Award
    (Suraj Bhandari & Bhola Acharya): $1,111.00

  • Transfer from Investment Account
    (Gramin Patrakarita Puraskar – Nepal): $2,091.50

Total Income: $43,828.26


Expenses

  • 17th Annual General Meeting (Boston): $15,414.52

  • Support for Raw KC’s Treatment: $1,000.00

  • NEAJA Community Journalism Award: $1,111.00

  • Tax Filing: $350.00

  • Website / Zoom: $435.38

  • PayPal Fee: $189.78

Total Expenses: $18,500.68


Summary (Checking Account)

  • Total Savings: $25,327.58

  • Total (Income & Expenses): $43,828.26


Balance Sheet – 2025

Savings Account

Current Balance: $30,312.39

Income

  • Balance as of May 2024: $32,403.89

  • For NRNA–NEAJA Journalism Award
    (from NRNA America): $2,000.00

Total Income: $34,403.89


Expenses

  • Transfer from Investment Account
    (Gramin Patrakarita Puraskar – Nepal): $2,091.50

  • NRNA–NEAJA Journalism Award: $2,000.00

  • NRNA–NEAJA Journalism Award
    (Bijaya Ghimire): $1,000.00


Summary (Savings Account)

  • Total Savings: $29,312.39

  • Total (Income & Expenses): $34,403.89


Income and Expenditure Report

17th Annual General Meeting (AGM)

Checking Account

Income

  • Registration: $4,600.00

  • Advertisement and Donations: $8,876.15

  • Hotel Room: $984.04

  • Publications (Prayas): $600.00

Total Income: $15,414.52


Expenses

  • Hotel: $11,007.90

  • Food: $770.41

  • Transportation: $300.00

  • Banners / Print Materials / Guest Welcome: $2,383.82

  • Cleaning Cost (PABFONE – Community Hall): $300.00

  • Miscellaneous: $52.39

Total Expenses: $16,368.85


AGM Result

  • Total Loss: ($954.33)

 

भवदीय,


जानु पङ्गेनी
कोषाध्यक्ष
नेपाल अमेरिका पत्रकार संघ (नेजा)
मे ११, २०२५
लस भेगस, नेभाडा, अमेरिका ।