नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं अधिवेशन एवम् १८औं साधारण सभाबाट पारित महासचिवको प्रतिवेदन
 

आदरणीय नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षज्यू, कार्यसमिति, संस्थापक एवं पूर्वअध्यक्षज्यू, सल्लाहकारज्यू एवं नेजाका सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक नमस्कार !

सर्वप्रथम, यो संस्था स्थापनाको अवधारणा बनाउनुहुने संस्थापकज्यूहरू अनि यो संस्थालाई यहाँसम्म ल्याउनका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुहुने अग्रज व्यक्तित्व, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्वकार्यसमितिका सदस्य, नेजाका मानार्थ सदस्य, आजीवन सदस्य, साधारण सदस्य एवं संस्थाबाहिरै रहेर पनि संस्थाको हितमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रज व्यक्तित्वप्रति हार्दिक नमन एवं आभार व्यक्त गर्दछु । 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे २१ र २२, २०२३ मा टेक्सास राज्यको ह्युस्टन सहरमा भएको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट श्री सुरज भण्डारीको नेतृत्वमा गठन भएको —जुन कार्यसमिति निम्नानुसार उल्लेख गरिएको छ— वर्तमान कार्यसमितिले आफ्नो दुई वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस बीचमा कार्यसमितिका २७ ओटा बैठक बसेको छ । संस्थाका अग्रजहरूको अनुभव, मार्गनिर्देश, सल्लाह एवम् सुझावको जगमा वर्तमान कार्यसमितिले विगतका दूरगामी कार्यहरूलाई अगाडि बढाउँदै समयसापेक्ष कार्यक्रमहरूलाई समेत यस बीचमा सम्पन्न गरेको छ । संस्थालाई सम्मानित र यसको गरिमालाई उच्च राख्नका लागि यसका संस्थापक, संस्थाको नेतृत्व सह्माल्नुभएका अग्रज व्यक्तित्व, आफ्नो पेसा र संस्थालाई सदैव माया गर्ने अनि माया गरेर संस्थामा जोडिनुभएका सम्पूर्ण व्यक्तित्व एवम् शुभचिन्तकको साथ, सहयोग, सल्लाह, सुझावविना संस्थालाई अगाडि बढाउन कठिनाइ हुनेमा वर्तमान कार्यसमिति सचेत रहँदै संस्थाप्रतिको दायित्व, अनुशासन र सम्मानलाई सदैव अग्रस्थानमा राखेर अगाडि बढेको छ । साथै, स्थापनाको मूल उद्देश्यप्रति अविचलित रही उत्तर अमेरिकामा रहेका पत्रकार र यहाँको नेपाली समुदायलाई जोड्ने र संस्थाको साखलाई उच्च बनाउनका लागि नेजाले यस बीचमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्यो । यसैगरी, मातृभूमि नेपालको पत्रकारिताको विकास तथा पत्रकारहरूका निम्ति नेजा सहयोगी छ भन्ने मान्यतालाई समेत स्थापित गर्दै यो कार्यसमिति अगाडि बढिरहेको छ । 

नेजाको यो कार्यसमितिले आफ्ना नियमित गतिविधिका साथै संघका निम्ति दूरगामी सकारात्मक महत्त्व राख्ने केही कार्यको समेत सुरुवात गरेको छ भने केही कार्यक्रमहरू प्रक्रियामै रहेका छन् । आशा छ, आगामी नेतृत्वले त्यसलाई निरन्तरताका साथ अगाडि बढाउने छ । यो महासचिवको प्रतिवेदन नेजा कार्यसमितिको वार्षिक प्रतिवेदनको स्वरूपमा समेत तयार पारिएकाले मूलभूत रुपमा नेजा कार्यसमितिले गरेका, गर्न खोजेका र आगामी दिनमा गर्न सकिने पक्षलाई समेत समेटेर विभिन्न भागमा यहाँहरूमाझ प्रस्तुत गरेको छु । र, यो महासचिवको प्रतिवेदन तपाईं सबैको सल्लाह र सुझावलाई समेटेर अझ प्रभावकारी बनाउने पक्षमा म सदैव सकारात्मक छु । र, तपाईंहरूबाट समुचित सल्लाह-सुझावको अपेक्षा राख्दछु । नेजा कार्यसमितिका कार्यक्रम एवं गतिविधिहरूमा सदस्यज्यूहरूबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, यस्तै आगामी दिनमा पनि सहयोग रहिरहने छ भन्ने पूर्ण विश्वास राखेको छु ।

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे २१ र २२, २०२३ मा टेक्सास राज्यको ह्युस्टन सहरमा सम्पन्न आठौं अधिवेशनमार्फत सुरज भण्डारीको नेतृत्वमा गठन भएको कार्यसमिति –

कार्यसमितिः

१. सुरज भण्डारी – अध्यक्ष

२. विकासराज न्यौपाने – निवर्तमान अध्यक्ष

३. सुजन पण्डित – उपाध्यक्ष

४. बाबुराम दाहाल – महासचिव

५. प्रतिमा बाँस्कोटा – सचिव

६. जानु पङ्गेनी – कोषाध्यक्ष

७. सुपेन्द्र बस्नेत – क्षेत्रीय संयोजक (उत्तर-पूर्व)

८. शंकर थापा – क्षेत्रीय संयोजक (मध्य)

९. रोशन अधिकारी – क्षेत्रीय संयोजक (पश्चिम)

१०. हरिमाया काफ्ले – क्षेत्रीय संयोजक (डीसी मेट्रो)

११. गोकर्ण लामिछाने – क्षेत्रीय संयोजक (क्यानाडा)

१२. हेमराज बराल – कार्यसमिति सदस्य

१३. ईश्वरी न्यौपाने – कार्यसमिति सदस्य

१४. झरना अधिकारी – कार्यसमिति सदस्य

१५. कल्पना घिमिरे – कार्यसमिति सदस्य

१६. केशव रेग्मी – कार्यसमिति सदस्य

१७. मधुकर अधिकारी – कार्यसमिति सदस्य

 

सल्लाहकार समितिः

१. गिरीश पोख्रेल – संस्थापक अध्यक्ष/सल्लाहकार

२. आङछिरिङ शेर्पा – पूर्वअध्यक्ष/सल्लाहकार

३. गौतम दाहाल – पूर्वअध्यक्ष/सल्लाहकार

४. भोला आचार्य – पूर्वअध्यक्ष/सल्लाहकार

५. मच्छेदेवी गुरुङ – सल्लाहकार

६. सञ्जय घिमिरे – सल्लाहकार

७. सरोज काफ्ले – सल्लाहकार 

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गठन गरेका विषयगत समितिहरू –

क. आचार-संहिता अनुगमन तथा अनुशासन समितिः

(क) सतीश चापागाईं – संयोजक (आजीवन सदस्य, नेजा)

(ख) शंकर थापा – सदस्य (क्षेत्रीय संयोजक – मध्य, नेजा)

(ग) दीपेन्द्र खड्का – सदस्य (साधारण सदस्य, नेजा)

 

ख. विधान समितिः

(क) अग्नि चौलागाईं – संयोजक (पूर्वसचिव, नेजा)

(ख) प्रतिमा बाँस्कोटा – सदस्य (सचिव, नेजा)

(ग) सुपेन्द्र बस्नेत – सदस्य (क्षेत्रीय संयोजक – उत्तर-पूर्व, नेजा)

(घ) गोकर्ण लामिछाने – सदस्य (क्षेत्रीय संयोजक -क्यानाडा, नेजा)

(ङ) हेमराज बराल – सदस्य  (कार्यसमिति सदस्य, नेजा)

 

ग. नीति तथा समन्वय समितिः

(क) सुजन पण्डित – संयोजक (उपाध्यक्ष, नेजा)

(ख) सुपेन्द्र बस्नेत – सदस्य (क्षेत्रीय संयोजक – उत्तर-पूर्व, नेजा)

(ग) शंकर थापा – सदस्य (क्षेत्रीय संयोजक – मध्य, नेजा)

(घ) रोशन अधिकारी – सदस्य (क्षेत्रीय संयोजक – पश्चिम, नेजा)

(ङ) हरिमाया काफ्ले – सदस्य (क्षेत्रीय संयोजक – डीसी मेट्रो, नेजा)

(च) गोकर्ण लामिछाने – सदस्य (क्षेत्रीय संयोजक -क्यानाडा, नेजा)

(छ) ईश्वरी न्यौपाने – सदस्य (कार्यसमिति सदस्य, नेजा)

 

घ. प्रकाशन समितिः

(क) बाबुराम दाहाल – संयोजक (महासचिव, नेजा)

(ख) सुपेन्द्र बस्नेत – सदस्य (क्षेत्रीय संयोजक – उत्तर-पूर्व, नेजा)

(ग) सृजना काफ्ले – सदस्य (क्षेत्रीय संयोजक – डीसी मेट्रो, नेजा)

(घ) लेखनाथ भण्डारी – सदस्य (आजीवन सदस्य, नेजा)

(ङ) रामचन्द्र भट्ट – सदस्य (पूर्वक्षेत्रीय संयोजक, नेजा)

(च) योगेश आदी – सदस्य (साधारण सदस्य, नेजा)

(छ) प्रकाश श्रेष्ठ – सदस्य (साधारण सदस्य, नेजा)

 

ङ. सदस्यता छानबिन तथा सिफारिस समितिः

(क) बाबुराम दाहाल – संयोजक (महासचिव, नेजा)

(ख) जानु पङ्गेनी – सदस्य (कोषाध्यक्ष, नेजा)

(ग) सुपेन्द्र बस्नेत – सदस्य (क्षेत्रीय संयोजक – उत्तर-पूर्व, नेजा)

(घ) शंकर थापा – सदस्य (क्षेत्रीय संयोजक – मध्य, नेजा)

(ङ) रोशन अधिकारी – सदस्य (क्षेत्रीय संयोजक – पश्चिम, नेजा)

(च) हरिमाया काफ्ले – सदस्य (क्षेत्रीय संयोजक – डीसी मेट्रो, नेजा)

(छ) गोकर्ण लामिछाने – सदस्य (क्षेत्रीय संयोजक -क्यानाडा, नेजा)

(ज) निदेश अधिकारी – सदस्य (आजीवन सदस्य, नेजा)

(झ) सुदीप सिवाकोटी – सदस्य (साधारण सदस्य, नेजा)

 

च. नेजा सामुदायिक पत्रकारिता पुरस्कार सिफारिस समितिः

(क) सञ्जय घिमिरे – संयोजक (सल्लाहकार, नेजा)

(ख) सुजन पण्डित – सदस्य (उपाध्यक्ष, नेजा)

(ग) बाबुराम दाहाल – सदस्य (महासचिव, नेजा)

 

छ. नेजा – एनआरएनए अमेरिका पत्रकारिता सम्मान सिफारिस समितिः

(क) नारायण पुरी – संयोजक (आजीवन सदस्य, नेजा)

(ख) मच्छेदेवी गुरुङ – सदस्य (पूर्वउपाध्यक्ष, नेजा)

(ग) जानु पङ्गेनी – सदस्य (कोषाध्यक्ष, नेजा)

(घ) रितादेवी प्रधान – सदस्य (एनआरएनए अमेरिका)

(ङ) सरु शर्मा – सदस्य (एनआरएनए अमेरिका)

 

यस प्रतिवेदनलाई मुख्यतः ४ भागमा विभाजन गरेको छु, जुन निम्नानुसार उल्लेख गरिएको छ-

१) नेजाका उद्देश्य, संगठनात्मक एवं पत्रकारलक्षित कार्यक्रम

२) नेजामार्फत गरिएका गतिविधि

३) नेजाका आगामी योजना

४) नेजाका चुनौती र अवसर 

 

(१) नेजाका उद्देश्य, संगठनात्मक एवं पत्रकार लक्षित कार्यक्रमः

(क) नेपाल अमेरिका पत्रकार संघ (नेजा) को वर्तमान कार्यसमिति निर्वाचित हुँदाको समयमा १६७ जना सदस्य रहनुभएको थियो । जसमा ४८ आजीवन र ११९ साधारण सदस्य रहनुभएको थियो । नेजा कार्यसमितिको २०२३ – २०२५ कार्यकाल अवधिमा ६३ आजीवन र १२४ साधारण सदस्य रहनुभएको छ । यसबीचमा नेजाको तर्फबाट विगतमा सदस्य रहनुभएको तर विभिन्न कारणले नवीकरण नगर्नुभएका पूर्वसदस्यज्यूहरूलाई नेजामा पुनः जोडिन आग्रह गरिएको छ भने नेजाको सदस्यता आवेदन सदैव खुला रहेकाले सदस्यताका लागि आवेदन प्राप्त भइरहेको छ ।

(ख) नेपाल अमेरिका पत्रकार संघ (नेजा) को २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङटनमा भएको प्रथम अधिवेशनको मितिलाई आधार मानी  जनवरी २०, २०२४ को पूर्वअध्यक्ष एवं सल्लाहकारसहितको कार्यसमितिको बैठकबाट अप्रिल २१ लाई ‘नेजा स्थापना दिवस’को रुपमा मनाउने निर्णय गरियो । नेजाको प्रथम अधिवेशन हुनुअगाडि पनि औपचारिक वा अनौपचारिक ढंगबाट उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूको सक्रियतालाई समेत सम्मान गर्दै नेजा स्थापना दिवस घोषणा गरिएको हो । नेजा स्थापना दिवस घोषणा गर्नुअघि नेजाका संस्थापक अध्यक्ष तथा संस्थापकज्यूहरू, पूर्वअध्यक्ष एवं पूर्वपदाधिकारी तथा सदस्यज्यूहरू एवं नेजाका अग्रजहरूसँग औपचारिक/अनौपचारिक परामर्श तथा बैठक गरिएको थियो । यसरी वर्तमान कार्समितिले संस्थाको महत्त्वपूर्ण दिन ‘नेजा स्थापना दिवस’ घोषणा गरी सो अवसरमा विभिन्न कार्यक्रमका साथ सो प्रथप पटक संस्थाको स्थापना दिवस मनाइयो ।

(ग) नेजाले पत्रकारसँग सम्बन्धित विभिन्न संघ-संस्थासँग सम्बन्ध विस्तारको पहल गरेको छ । नेजाले विगतदेखि नै नेपाल पत्रकार महासंघसँग गर्दै आएको सहकार्यलाई वर्तमान कार्यसमितिले अझ प्रगाढ, विस्तार एवं सुदृढ बनाउने सन्दर्भमा विभिन्न ढंगबाट छलफल तथा अन्तरक्रियालाई निरन्तरता दिइरहेको छ । उत्तर अमेरिकामा सक्रिय रहने गरी अमेरिकामा दर्ता रहेको नेजाले उत्तर अमेरिकामा सक्रिय विभिन्न देश र विभिन्न भाषासँग सम्बन्धित पत्रकारहरूका संघ-संस्थाहरूसँग समन्वय गर्ने एवं सम्बन्धको सुरुवात अगाडि बढाएको छ । नेजाले यस बीचमा सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट (एसपीजे), एसियन अमेरिकन जर्नालिस्ट एसोसिएसन (आजा), एसोसिएसन अफ ब्लाक जर्नालिस्ट, साउथ एसियन जर्नालिस्ट एसोसिएसनसँग नेजाले सम्बन्ध विस्तारको सुरुवात गरेको छ । नेजाले एसपीजे, आजा र ब्लाक जर्नालिस्ट एसोसिएसनसँग मिलेर कार्यक्रमसमेत गरिसकेको छ । आगामी दिनमा यस्ता पेसागत संस्थाका साथै सम्बन्धित संस्थासँगको सहकार्यलाई अझ विस्तार गरिँदै लगिने छ ।

(घ) नेपाल तथा उत्तर अमेरिकामा नेपाली पत्रकारिताको विकास तथा पत्रकारहरूलाई लेखनवृत्ति (फेलोसिप) प्रदान गर्ने कार्यको घोषणा गरिएको छ । जसको कार्यान्वयनतर्फ नेजा कार्यसमिति आफ्ना गतिविधिलाई अगाडि बढाउने योजनाअनुरुप अगाडि बढेको छ । साथै, अमेरिकामा रहनुभएका नेपाली पत्रकारहरूलाई  प्रोत्साहन एवम् स्तरवृद्धिका लागि पत्रकारितासँग सम्बन्धित विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया, कार्यशालाजस्ता गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाइने छ । यसका साथै उत्तर अमेरिकामा रहेका पत्रकारहरूका लागि विगतमा प्रदान गरिँदै आइएको पत्रकारिता पुरस्कारका साथै नेपालमा वितरण हुँदै आएको पत्रकारिता पुरस्कारसँगै लेखनवृत्ति (फेलोसिप)को सुरुवातले पत्रकारिताको गुणात्मक विकासमा सहयोग पुर्याउने विश्वास रहेको छ ।

(ङ) नेजा र नेपाल पत्रकार महासंघबीच दुईपक्षीय सम्झौतासहित सहकार्य हुँदै आएको छ । नेजा र पत्रकार महासंघका बीचमा विगतमा गरिएको सम्झौताअनुरुप सहकार्यलाई नेजाले प्राथमिकता दिँदै आएको छ । नेजा र महासंघबीचको सम्बन्धलाई अझ प्रगाढ, विश्वसनीय र दिगो बनाउनका लागि नेजा सदैव सकारात्मक रहेको र दुवै संस्थाको हितमा रही आपसी सहमतिमार्फत अगाडि बढ्न खुला रहेको छ । साथै, अमेरिका र नेपालमा गरिने कार्यक्रमहरूमा नेजा-महासंघबीच सहकार्यका साथै महासंघले सहयोगका लागि अनुरोध गरी पत्र पठाएको अवस्थामा नेजाले सहयोगी हात बढाउँदै आएको छ । जसअनुसार यो कार्यकालमा नेजाको तर्फबाट संस्थागत सहयोगको रुपमा पत्रकार फणि महत र पत्रकार कर्णराज पाण्डेलाई सहयोग गर्न सकिएको छ । सो सहयोग नेजाको खाताबाट पठाइएको भए पनि सो रकम नेजा सदस्यहरूबाट संकलन गरी नेजाको कोषमा राखिएको थियो । सहयोग गर्नेहरू नेजा अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, सचिव प्रतिमा बाँस्कोटा, क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेत, पूर्वक्षेत्रीय संयोजक गोकुल श्रेष्ठ, आजीवन सदस्य निदेश अधिकारी, साधारण सदस्य विष्णु सापकोटालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । संस्थागतबाहेक नेजाका सदस्यज्यूहरूले नेपालमा रहनुभएका पत्रकारहरू जो अप्ठ्यारोमा पर्नुभएको छ उहाँहरूलाई व्यक्तिगत रुपमा पनि सहयोग गर्दै आउनुभएको छ, उहाँहरूलाई पनि नेजा हार्दिक धन्यवाद व्यक्त गर्दछ । 

(च) उत्तर अमेरिकामा रहेका विशेषगरी नेपाली समुदायको बृहत्तर हितका लागि र उत्तर अमेरिकामा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकारहरूलाई मध्यनजर गरी नेजाले समाचार संकलन गर्ने र सो समाचारलाई सम्बन्धित पक्षमार्फत प्रमाणित गरी विभिन्न सञ्चारमाध्यमलाई प्रवाह गर्ने लक्षका साथ कार्यलाई अगाडि बढाएको छ । यसरी नेजालाई प्राप्त भएको समाचार एवं सूचनालाई सम्बन्धित पक्ष र सरोकारवालासमक्ष पुर्याउने मुख्य योजनाका साथ नेजाले आफ्नो आधिकारिक इ-मेल news@neajausa.org सिर्जना गरी सोही इमेलमार्फत समाचार संकलन एवं विभिन्न सञ्चारमाध्यमलाई प्रवाह गरी समुदाय एवं सम्बन्धित पक्षलाई सु-सूचित गराउने कार्यको सुरुवात गरिएको छ ।  

(छ) उत्तर अमेरिकामा रहेका विशेषगरी नेपाली पत्रकार एवम् नेपाली समुदायको बृहत्तर हितका लागि मध्यनजर गरी नेजाले नियमित स्तम्भ ‘नेजा इन्फो-टक’ को सुरुवात गरेको छ । यसमार्फत पत्रकार एवम् समुदायलाई आवश्यक विविध विषयवस्तुलाई समेटेर सो विषयविज्ञमार्फत सम्बन्धित पक्षसमक्षलाई सुसूचित गराउने मुख्य उद्देश्य रहेको छ । जसले पत्रकार र समुदायको सुसूचित हुने आवश्यकतालाई पूरा गराउने र पत्रकार एवम् समुदायको आवश्यकताअनुसार विषयवस्तु पहिचान गरी विषयविज्ञमार्फत सूचना प्रवाह गरिने गरिएको छ ।

(ज) नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले उत्तर अमेरिकामा रही पत्रकारितामार्फत लामो समयदेखि गैरआवासीय नेपालीका मुद्दालाई उठाउँदै आउनुभएका अग्रज पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यले नेजा-एनआरएनए, एनसीसी यूएसए पत्रकारिता सम्मान एवं सामुदायिक पत्रकारितामार्फत नेपाली समुदायको वृत्तिविकासमा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विगतदेखि नै प्रदान गरिँदै आइएको नेजा सामुदायिक पत्रकारिता पुरस्कारलाई यसै वर्षदेखि निरन्तरता दिइएको छ ।

 २. नेजामार्फत गरिएका गतिविधिः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे २१ र २२, २०२३ मा टेक्सास राज्यको ह्युस्टनमा भएको आठौं अधिवेशन तथा १६औं साधारण सभा सम्पन्न भएको थियो । अध्यक्ष विकासराज न्यौपानेको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संयोजक (कन्भेनर) नेजाका पूर्वक्षेत्रीय संयोजक (मध्य क्षेत्र) श्री सुजन पण्डित रहनुभएको थियो । सो अधिवेशन तथा साधारण सभाबाट श्री सुरज भण्डारीको नेतृत्वमा वर्तमान कार्यसमितिले दुई वर्षमा गरेका गतिविधि निम्नानुसार उल्लेख गरिएको छ- 

 

(क) टेक्सासको डालसमा समुदाय-नेजाबीच अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा जुन ४, २०२३ मा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको उपस्थितिमा टेक्सासको डालसमा समुदाय-नेजाबीच अन्तरक्रिया गरियो । अन्तरक्रियामा बिष्टले पछिल्लो समयमा सामुदायिक पत्रकारिताको महत्व झन बढेको बताउदै नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) बीचको सम्बन्ध थप बलियो बनेर जाने आफू विश्वस्त रहेको बताउनुभयो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिव बाबुराम दाहालको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा युलेस सिटी काउन्सिलका सदस्य टीका पौडेल, नेपाली समाज टेक्ससका कावा अध्यक्ष जनक भण्डारी, बीडीए टेक्सासका अध्यक्ष अजय बगाले, नेजाका उपाध्यक्ष सुजन पण्डित, क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू गोपाल गर्तौला, किसन रेग्मी, ओम आचार्य, सन्देश उप्रेती, प्रकाश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

(ख) टीपीएस र आप्रवास कानुनबारे अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले जुन १८, २०२३ मा टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका बारेमा जुम अन्तरक्रिया गरिएको थियो । अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्नुभएको थियो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा उपाध्यक्ष सुजन पण्डितले स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला, आचार्यलगायतले धारणा राख्नुभएको थियो । अन्तरक्रियामा नेजाका पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा सदस्य एवं विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

(ग) नेजाद्वारा सम्पादकसँग अन्तरक्रिया

नेजाले जुलाई ९, २०२३ मा उत्तर अमेरिकाबाट सञ्चालित सञ्चारमाध्यमका सम्पादकहरूसँग  “उत्तर अमेरिकामा सञ्चालित सञ्चारमाध्यमको अवस्था, सम्भावना र चुनौति” विषयक भर्चुअल अन्तरक्रिया गर्यो । नेजाका संस्थापक अध्यक्ष एवं नेपाली पोस्ट डट कमका प्रधान सम्पादक गिरीश पोख्रेल, नेजाका पूर्वअध्यक्ष एवं एभरेस्ट टाइम्स न्यूज डट कमका प्रधान सम्पादक आङछिरिङ शेर्पा, नेजाका पूर्वअध्यक्ष एवं ग्लोब नेपाल डट कमका प्रधान सम्पादक गौतम दाहाल, नेजाका पूर्वअध्यक्ष एवं रियल खबर डट कमका प्रधान सम्पादक भोला आचार्य, बीआरटी नेपाल डट कमका प्रधान सम्पादक लोकमणि राई, क्यानाडा खबर डट कमका सम्पादकद्वय बद्री तिमल्सिना र प्रकाश क्षेत्री, डीसी नेपालका सम्पादक अर्जुन दाहाल, दुरबिन नेपालका सम्पादक शिव नेपाल, घन्टेश्वर अनलाइन डट कमका प्रधान सम्पादक शंकर थापा, हिमालय खबर डट कमका प्रधान सम्पादक बिजय घिमिरे, खसोखास डट कमका सम्पादक दीपक परियार, नेप्लिज डायस्पोरा डट कमका प्रधान सम्पादक सतीश चापागाईं, नेपाल टच डट कमका सम्पादक बेनुप भट्टराई, ओएस नेपाल डट कमका सम्पादक सन्दीप चौधरी, सञ्जाल खबर डट कमका प्रबन्ध सम्पादक हरि सुवेदी, यूएस खबर डट कमका प्रधान सम्पादक किशन रेग्मी, सम्पादक ओम आचार्य, विश्व न्युज डट कमका निर्देशक योगेश आदीको सहभागिता रहेको थियो भने सञ्चारमाध्यमको अवस्था चुनौतीका सन्दर्भमा चर्चा-परिचर्चा गरिएको थियो । कार्यक्रममा नेजा सदस्यहरू सन्तोषी अधिकारी, गोपाल गर्तौला, सञ्चारकर्मी लक्ष्मी क्षेत्रीलगायत नेजाका अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, सचिव प्रतिमा बाँस्कोटा, क्षेत्रीय संयोजहरू रोशन अधिकारी, सुपेन्द्र बस्नेत, शंकर थापा, सिर्जना काफ्ले, गोकर्ण लामिछाने र सदस्य ईश्वरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

(घ) नेजा-एनआरएनए बहस सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई १६, २०२३ आइतबार मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको निर्वाचनको सन्दर्भमा विगतमा जस्तै “नेजा-एनआरएनए, अमेरिका प्रेसिडेन्सियल बहस” कार्यक्रम सम्पन्न  गरियो । कार्यक्रममा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल र नेजाका पूर्वअध्यक्ष गौतम दाहाल, नेपाल पत्रकार महासंघका पूर्वउपसभापति गंगाधर पराजुली, नेजाका आजीवन सदस्य एवं पूर्वक्षेत्रीय संयोजकद्वय विश्व थापा र लीला ओझा, नेजा आजीवन सदस्य सम्झना पोखरेल, नेजा सदस्य शिव मल्ल, टेक्सासबाट सहभागी नेजा सदस्य एवं पूर्वक्षेत्रीय संयोजक किशन रेग्मी, पत्रकारहरू रवि धामी, पशुपति बस्याललगायतको सहभागिता रहेको थियो ।

नेजाका अध्यक्ष सुरज भण्डरीको अध्यक्षता एवं महासचिव बाबुराम दाहाल र डीसी मेट्रो क्षेत्रका संयोजक सिर्जना काफ्लेको सहजीकरणमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आईसीसी) का अध्यक्ष रबिना थापा, महासचिव एवं एनआरएनए एनसीसी, अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेल, एनआरएनए आईसीसी कोषाध्यक्ष एवं अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह, एनआरएनए, आईसीसीका सचिव प्रमोद सिटौला, एनआरएनए आईसीसी अमेरिकाज क्षेत्रका डीआरसी पशुपति पाण्डे, एनआरएनए, आईसीसी सदस्य नारायण कँडेलल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीलगायतको सहभागिता रहेको थियो । यस्तै, एनआरएनए एनसीसी, अमेरिकाका संरक्षक विश्वनाथ बराल, एनआरएनए एनसीसी, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, उपाध्यक्षत्रय विकास उप्रेती, गोपेन्द्र भट्टराई र सुमन थापा, महासचिव अञ्जन चौलागाईं, सचिव अनुप खनाल, युवा संयोजक त्रभुवन पाण्डे, महिला संयोजक सुन्दरी गुरुङलगायतको उपस्थिति रहेको थियो । यसैगरी, एनआरएनए-अमेरिका मेरिल्यान्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, बाल्टिमोर अफ नेप्लिज एसोसिएसन (बाना) का अध्यक्ष सुबोध पन्त, नेजाका आजीवन सदस्य एवं अनुशासन तथा आचारसंहिता अनुगमन समितिका संयोजक सतीश चापागाईं, नेजा सदस्यहरू सागर घिमिरे र बसन्त घिमिरेलगायतको सहभागिता रहेको थियो । सो बहसमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२३-२०२५ कार्यकालका लागि अध्यक्षका प्रत्यासीद्वय डा. अर्जुन बन्जाडे र डिलुराम पराजुलीले भाग लिनुभएको थियो । सो बहस कार्यक्रमलाई दुरबिन नेपाल, इनेप्लिज, नेपाली पोस्ट, नेप्लिज डायस्पोरा, यूएस खबरलगायतका मिडियाबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

(ङ) एनआरएनए निर्वाचनका सम्बन्धमा पत्रकार सम्मेलन

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अर्थात् एनआरएनए एनसीसी, अमेरिकाको २०२३-२०२५ कार्यकालका लागि २२-२३, २०२३ मा हुन गइरहेको निर्वाचनको सेरोफेरोमा रहेर जुलाई २१, २०२३ मा निर्वाचनका सम्बन्धमा आमजनचासोलाई सम्बोधन गर्न र पत्रकारहरूका जिज्ञासाको बारेमा प्रस्ट पारिदिनका लागि एनआरएनए एनसीसी, अमेरिकाका प्रमुख निर्वाचन आयुक्त श्री बासु फुलारासँग निर्वाचन आयुक्तहरूसँगको उपस्थितिमा भर्चुअल रुपमा आयोजना गरियो । सो कार्यक्रममा नेजाका पूर्वअध्यक्षद्वय गौतम दाहाल र भोला आचार्य, विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक/ सम्पादक, नेजा कार्यसमिति पदाधिकारी एवं सदस्य, नेजा सदस्यलतायतको सहभागिता रहेको थियो ।

(च) लस एन्जल्समा सामाजिक अभियन्ता र पत्रकारबीच अन्तर्क्रिया

नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले जुलाई २६, २०२३ क्यालिफोर्नियाको लसएन्जल्स वरपर सक्रिय सामाजिक संघ-संस्थामा क्रियाशिल सामाजिक अभियन्ताहरूसँग अन्तरक्रिया गर्यो । सो अन्तरक्रियामा सहभागी सामाजिक अभियन्ताहरूले नेपाली समुदायको निम्ति पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको थियो । नेपाल सरकारका महावाणिज्यदुत ऋषि ढकालको प्रमुख आतिथ्यता, नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक रोशन अधिकारीको संयोजनमा आयोजित कार्यक्रममा कार्यक्रममा श्री पशुपतिनाथ फाउन्डेसन, यूएसएका अध्यक्ष एवं नेजाका आजीवन सदस्य रामेश्वर भण्डारी, हामी नेपाली ग्लोबल, अन्तराष्ट्रिय समितिका अमृत लामा, एनआरएनए, अमेरिकाका बोर्ड अफ डाइरेक्टर ज्ञानेन्द्र गुरुङ, एनआरएनए, अमेरिका, क्याक्यालिफोर्निया राज्य च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एनआरएनए, अमेरिका, न्युयोर्क राज्य च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डे, श्री पशुपतिनाथ फाउन्डेसन , यूएसएका महासचिव सिद्धार्थ सिलवाल, तामाङ सोसाइटी, नर्थ अमेरिकाका बरिष्ठ उपाध्यक्ष टेक वाइबा लामा, नेवा अर्गनाइजेसन , लस एन्जल्सका पूर्वअध्यक्ष, बिमल श्रेष्ठ , हामी नेपाली ग्लोबल, अमेरिकाका अध्यक्ष इन्दिरा त्रिपाठी, एनआरएनए, अमेरिका, क्यालफोर्नियाका सल्लाहकार रामचन्द्र लामिछाने, एनआरएनए पूर्वआईसीसी सदस्य दिल श्रेष्ठ, सामाजिक अभियन्ता ईन्द्रराज पाण्डे, नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष अर्जुन पौडेल, हामी नेपाली ग्लोबल, अमेरिकाका सचिव सूर्य सिम्खडा,  सामाजिक अभियन्ता लाकेश श्रेष्ठ, सुदुर पश्चिम समाज, लस एन्जल्सका हेम ठकुल्ला, सामाजिक अभियन्ता विनोद चापागाईं, एफ वन समूहका संसथापक विष्णु सुवेदी, सामाजिक अभियन्ताहरू माधव पाण्डे, देविका पाण्डे, रामशरण पाण्डे, नेजाका विधान समिति संयोजक अग्नि चौलागाईं, नेजा सदस्यहरू उपेन्द्र सापकोटा, उत्तम धमला , सुवास कार्की, पत्रकार प्रस्मिता शर्मालगायतको उपस्थिति रहेको थियो ।

(छ) महासंघका पूर्वमहासचिव शर्मासँग अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा)द्वारा अगस्ट १७, २०२३, बिहीबार अमेरिकाको टेक्सास राज्यको डालस सहरमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव एवं नेपाल सरकारका प्रधानमन्त्रीका पूर्वप्रेस सल्लाहकार ओम शर्माको उपस्थितिमा समुदायसँग अन्तरक्रिया गर्यो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता र महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, नेजाका मध्यक्षेत्रीय संयोजक शंकर थापा, नेजा सदस्य शैलेशराज आचार्य, नेजा पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लबका अध्यक्ष किसन रेग्मी, नेजा सदस्य एवं यूएस खबरका प्रधान सम्पादक ओम आचार्य, नेजा पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतम, नेजा सदस्य तारा रावल, नेजा सदस्य सागर अर्याल, नेपाली समाज टेक्सासका वरिष्ठ उपाध्यक्ष विवेक कँडेल, सामाजिक अभियन्ताहरू तिलक केसी, देवी आचार्य, टीबी पाठक, प्रकाश अधिकारी, समाजसेवीहरू दिपक खरेल, प्रकाश दाहाल, ललित कार्की, बिमल पचाईलगायतको सहभागिता रहेको थियो ।

(ज) एनआरएनए एनसीसी अमेरिकाको नवनिर्वाचित कार्यसमितिसँग अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले अगस्ट २९, २०२३ का दिन बेलुका भर्चुअल (जुम) मार्फत संयुक्त रुपमा नवनिर्वाचित कार्यसमितिबीच परिचयात्मक एवं संस्थागत सहकार्यका सम्बन्धमा अन्तरक्रिया गरियो । सो कार्यक्रममा दुई संस्थाबीच हुँदै आएको सहकार्यलाई निरन्तरता एवम् यी दुवै संस्थाको उद्देश्यलाई पूर्ण बनाउन यो सहकार्यलाई थप मजबुत बनाउने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए), अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, वरिष्ठ उपाध्यक्ष बिकास उप्रेती, उपाध्यक्षहरू नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ, प्रेम तामाङ एवम् भानु खरेल, महिला उपाध्यक्ष सुनिता सापकोटा कँडेल, युवा उपाध्यक्ष अनुप खनाल, महासचिव रामहरि अधिकारी, सचिव दीपक सापकोटा, महिला सचिव शान्ति वाग्ले पौड्याल, कोषाध्यक्ष सरोज सिग्देल, सह-कोषाध्यक्ष दिवाकर पाण्डे, युवा संयोजक तेज (बिनोद) पौडेल, महिला संयोजक सुनिता खत्री नेपाल एवं प्रवक्ता डा. राजन पन्तको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेजाको तर्फबाट संस्थापक अध्यक्ष गिरीश पोख्रेल, पूर्वअध्यक्षहरू आङछिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य, नेजाका अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, सचिव प्रतिमा बाँस्कोटा, कोषाध्यक्ष जानु पङ्गेनी, क्षेत्रीय संयोजकहरू सुपेन्द्र बस्नेत-उत्तर-पूर्व, शंकर थापा-मध्य, रोशन अधिकारी-पश्चिम, सिर्जना काफ्ले-डीसी मेट्रो एवम् कार्यसमिति सदस्य ईश्वरी न्यौपानेको सहभागिता रहेको थियो । 

(झ) मानार्थ सदस्य बराललाई शुभेक्षा

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सेप्टेम्बर १०, २०२३ का दिन टेक्सासको डालसमा नेजाका मानार्थ सदस्य तथा पूर्वसल्लाहकार तारा बराल र पूर्वकोषाध्यक्ष बिटु केसीलाई शुभेच्छा एवम् सम्मान कार्यक्रम आयोजना
गरियो । बराल र केसी अमेरिकाको बसाइलाई छोट्ट्याएर नेपाल फर्कन लाग्नुभएको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।  नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा नेजाका मानार्थ सदस्य एवं पूर्वसल्लाहकार योगेश उपाध्याय, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, सल्लाहकार सञ्जय घिमिरे, उपाध्यक्ष सुजन पण्डित, क्षेत्रीय संयोजक शंकर थापा, नेजाका पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मी, पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतम, नेजाका सदस्य एवं पत्रकारहरू विनय देवकोटा, हरि सुवेदी, तारा रावल, बिमल (पूर्णचन्द्र) बराल, मालिका केसरी (प्रकाश श्रेष्ठ), नेजाका सदस्य एवं एनआरएनए अमेरिकाका युवा संयोजक तेज (बिनोद) पौडेल, शिव शर्मालगायतको सहभागिता रहेको थियो ।

(ञ) प्रेस युनियनद्वारा नेजा कार्यसमितिलाई स्वागत

नेपाल प्रेस युनियन केन्द्रिय समितिले अक्टोबर १६, २०२३ मा नेजाको काठमाडौंमा उपलब्ध कार्यसमितिलाई स्वागत गर्यो । स्वागत कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालसहित युनियनका केन्द्रिय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । यसैगरी, नेजाको तर्फबाट अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानु पङ्गेनी एवं पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको उपस्थिति रहेको थियो । सो अवसरमा युनियनगका अध्यक्ष लम्सालले प्रवासमा नेपाली पत्रकारिताको विकासका लागि नेजाले खेलेको भूमिका प्रशंसनीय रहेको र युनियन नेजासँग सहकार्यका लागि सदैव सकारात्मक रहेको बताउनुभयो । सो अवसरमा नेजा अध्यक्ष भण्डारीले नेजाले नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघसँग सहकार्य गर्दै आएको उल्लेख गर्नुहुँदै युनियनलगायत अन्य पत्रकारसँग सम्बन्धित संस्थाहरूसँग पनि पत्रकारका हितका लागि मिलेर काम गर्न नेजा सधैं सकारात्मक रहेको बताउनुभयो । सो अवसरमा युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नकुल अर्याल, जीवन भण्डारी, कोषाध्यक्ष माधव धिताललगायतको उपस्थिति रहेको थियो ।

(ट) राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग भेटवार्ता

नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षसहितको टोलीले अक्टोबर १७, २०२३ मा सिंहदरबारस्थित कार्यालयमा भेट गरी प्रवासको पत्रकारिता, गैरआवासीय नेपालीका सन्दर्भमा छलफल गर्यो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले प्रवासमा रहेका नेपाली पत्रकार र गैरआवासीय नेपालीले नेपालको विकास र समृद्धिमा लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभएको
थियो । साथै, नेजालाई आफ्नो तर्फबाट नेपाल र नेपालीको हितमा सदैव सक्रिय रुपमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो । सो अवरसरमा नेजाका अध्यक्ष सुरज भण्डारीले गैरआवा सीय नेपाली नागरिताको व्यवस्थासहितको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गराउन खेल्नुभएको भूमिकाप्रति नेजाको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो । सो भेटमा नेजाका महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानु पङ्गेनी र पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको सहभागिता रहेको थियो ।

(ठ) प्रतिनिधिसभाका अध्यक्ष घिमिरेसँग भेटवार्ता

नेपालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षसहितको टोलीले अक्टोबर १७, २०२३ मा सिंहदरबारस्थित कार्यालयमा भेट गर्यो । भेटका क्रममा सभामुखले नेपाल बाहिर रहनुभएका नेपाली पत्रकार र गैरआवासीय नेपालीले नेपालको विकास र समृद्धिमा  खेलेको भूमिकाको प्रशंसा गर्दै नेजालाई आफ्नो तर्फबाट नेपाल र नेपालीको हितमा सदैव सक्रिय रुपमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको
थियो । सो अवरसरमा नेजाका अध्यक्ष सुरज भण्डारीले गैरआवासीय नेपाली नागरिताको व्यवस्थासहितको नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गराउन खेल्नुभएको भूमिकाप्रति नेजाको तर्फबाट आभार व्यक्त गर्नुभयो । सो भेटमा नेजाका महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानु पङ्गेनी र पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको सहभागिता रहेको थियो ।

(ड) प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा विषयक अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अक्टोबर १८, २०२३ मा “प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा” विषयमा एक अन्तरक्रियाको आयोजना गर्यो । सो अन्तरक्रियामा विषयवक्ताका रुपमा वरिष्ठ पत्रकार भागिरथ योगीले “प्रवासमा नेपाली पत्रकारिताः अवसर, सम्भावना र चुनौति” विषयमा र वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्तीले “प्रवासको नेपाली पत्रकारिताबाट नेपाली सञ्चारक्षेत्रले गरेका अपेक्षा” विषयमा प्रकाश पार्नुभएको थियो । यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, डा‍. सुरेश आचार्य, शिव गाउँले र डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्समितिबाट वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, सचिव सिर्जना अर्याल हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, वरिष्ठ पत्रकार जीवेन्द्र सिंखडा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा “जुगल” लगायतको सहभागिता रहेको थियो ।

यस्तै, नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालनमा आयोजित कार्यक्रममा नेजाका पूर्वअध्यक्ष गौतम दाहाल, कोषाध्यक्ष जानु पंगेनी, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, नेजाका पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मी, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, पत्रकारहरू मनऋषि धिताल, सन्तोष थारु, सन्तोषकुमार दाहाल, दीपक पुडासैनी, अर्चना झा, कलाकार सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो ।

(ढ) महासंघद्वारा आयोजित धर्ना कार्यक्रममा नेजाको सहभागिता

कान्तिपुर मिडिया ग्रुपमा कार्यरत श्रमजीवी पत्रकारहरूको माग अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघद्वारा अक्टोबर २२, २०२३ मा आयोजित धर्ना कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ऐक्यबद्धता जनायो । महासंघले सुरु गरेको चरणबद्ध विरोधका कार्यक्रमअन्तर्गत नेजाको टोली नेपाल गएको समयमा भएको समयमा सो धर्ना कार्यक्रममा सहभागिता जनाएको हो । सो धर्ना कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानु पंगेनी र पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारीको सहभागिता रहेको थियो ।

(ण) नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार वितरण

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अक्टोबर २२, २०२३ मा “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार – २०२२” वितरण कार्यक्रम सम्पन्न गर्यो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा असोज २५, २०८० मा काठमाडौंस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा सो पुरस्कार वितरण कार्यक्रम गरियो । नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेंजुवाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, पुरस्कार छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्य, महासंघका सल्लाहकार निर्मला शर्मा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, नेपाल पत्रकार महासंघ, बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ, युके शाखाका सल्लाहकार भागीरथ योगी, वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्ती, नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार विजेता कुम्भराज राईलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी, पूर्वअध्यक्ष गौतम दाहाल, मानार्थ सदस्य तारा बराल,  र महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानकी पङ्गेनी (जानु) शर्मा, क्षेत्रीय संयोजक रोशन अधिकारी, पूर्वकोषाध्यक्ष बिटु केसीलगायतको सहभागिता रहेको थियो ।

प्रत्येक दुई वर्षको फरकमा नेपाल पत्रकार महासंघसँगको सहकार्य र समन्वयमा प्रदान गर्दै आएको सो पुरस्कारबाट यस पटक संयुक्त रूपमा दिलमाया शाही र कमला तामाङ “पाख्रिन” लाई प्रदान गरियो । पुरस्कार प्राप्त गर्ने शाही कर्णाली प्रदेशको जुम्लाबाट हुन भने उनी सन्धान अनलाइनमा आबद्ध छिन् । यस्तै, बागमती प्रदेशको सिन्धुपाल्चोककी पाख्रिन कान्तिपुर टेलिभिजनमा आबद्ध छिन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा गठिन पुरस्कार मूल्याङ्कन, छनोट तथा सिफारिस समितिलाई प्राप्त २२७ वटा आवेदनमध्येबाट ग्रामीण क्षेत्रमा रही पत्रकारिता गरिरहेका उत्कृष्ट दुईजनाको नाम समितिले संयुक्त रूपमा छनोट गरेको आधारमा सो पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कारको राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहेकाहरूलाई प्रोत्साहन र उत्कृष्ट रिपोर्टिङका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले नेजाले सो पुरस्कारको प्रबन्ध गर्दै आएको छ । नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार सन् २०११ बाट सुरु गरिको हो । सुरुवातमा सो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा रहेको थियो भने सन् २०१८ बाट सो पुरस्कारको राशि दुई गुणा गरिएको हो । सो पुरस्कार पहिलो पटक सन् २०१२ मा मकवानपुरमा रहेर पत्रकारिता गर्ने प्रताप विष्टलाई प्रदान गरिएको थियो । यसैगरी, दोस्रो पटक सन् २०१४ मा सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका कलेन्द्र सेंजुवाललाई प्रदान गरिएको थियो भने २०१६ मा जाजरकोटका पत्रकार जनक केसीलाई प्रदान गरिएको थियो । यस्तै, २०१८ मा ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको थियो भने २०२० मा रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिएको थियो ।

(त) बोस्टनमा समुदायबीच अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अक्टोबर २८, २०२३ मा मासाच्युसेट्स राज्यका बिभिन्न स्थानमा रहेका नेपाली समुदायबीच अन्तरक्रिया गर्यो । सो अन्तरक्रियामा सहभागीहरूले प्रवासमा स्थापना भएका सामाजिक संस्थाहरू नेपालीका लागि नेपाली भन्ने भावनाले स्थापना भएकाले भातृत्व, एकता र सहकार्यको सम्बन्धलाई थप मजबुत बनाउनु पर्ने बताउनुभएको थियो । नेपाली समुदायका संस्था दर्जनौं भए पनि एक आपसमा समन्वय र सहकार्य नभएको बताउँदै नेजाले सबै संस्थाहरूलाई एकै थलोमा ल्याउने प्रयास गरेको वक्ताहरूको भनाइ
थियो । कार्यक्रमा नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतले नेजाको बारेमा जानकारी गराउँदै नेपाली समुदायका संस्था र मिडियाबीचको सहकार्य महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाली चाड-पर्वहरू बडादशैं, तिहार, न्यू दयाः भिम्तुना, छठको शुभकामनासमेत आदान-प्रदान पनि गरिएको थियो । कार्यक्रममा मासाच्युसेट्स तथा न्यू इग्ल्यान्ड क्षेत्रका मूलवासी नेपालीहरू आबद्ध रहेका विभिन्न क्रियाशील संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि, मिडियाकर्मीलगायतको सहभागिता रहेको थियो ।

(थ) विश्व प्रेस काउन्सिलका महासचिवलाई स्वागत

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नोभेम्बर १, २०२३ बुधबार विश्व प्रेस काउन्सिलका महासचिव, प्रेस काउन्सिल नेपालका पूर्वकार्यबाहक अध्यक्ष किशोर श्रेष्ठसँग टेक्सासको डालसमा अन्तरक्रिया गर्यो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालको सञ्चालन र मध्य क्षेत्रीय संयोजक शंकर थापाको स्वागत रहेको कार्यक्रममा एनआरएनए अमेरिकाका संरक्षक सुमन थापा, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, एनआरएनए अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देल, नेपाली समाज टेक्सासका महासचिव सन्देश उप्रेती, समाजसेवी कुमार राउत, सरस्वती श्रेष्ठ, गोपाल पौडेल, माधव थपलिया, दिपेन्द्र जोशी, पत्रकार सबु सापकोटा, नेजाका पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतमलगायतको सहभागिता रहेको थियो ।

(द) नेजा र अस्टिनका समुदायबीच अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नोभेम्बर २६, २०२३ आइतबार टेक्सास राज्यको अस्टिन सहरमा रहनुभएका समुदायसँग समुदाय र पत्रकारबीचको अन्तरसम्बन्ध अभिवृद्धि एवं सूचना प्रवाहमा सहजताका सम्बन्धमा केन्द्रित रही ‘नेजा-समुदाय अन्तरक्रिया’ कार्यक्रम गर्यो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं सचिव बाबुराम दाहालको सञ्चालनमा आयोजित कार्यक्रममा अमेरिकामा नेपालीको बढ्दो जनसंख्याका साथै यहाँको रहनसहन, परिवेशमा हाम्रो समाजलाई सहभागी गराउन र जीवनयापन सहज बनाउनका साथै दोस्रो पुस्तालाई कसरी आकर्षित गर्ने र सहभागी बनाउनेजस्ता विषयमा छलफल एवं अनुभव आदान-प्रदान गरिएको थियो ।

यसैगरी, नेजाका सचिव प्रतिमा बाँस्कोटाको स्वागत एवं कार्यक्रममाथि प्रकाश अनि कार्यसमिति सदस्य झरना अधिकारीको धन्यवाद रहेको कार्यक्रममा ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, पूर्वअध्यक्ष गेहेन्द्र केसी, पर्यटन दूत उद्वब खनाल, एनआरएनए आईसीसी सदस्यद्वय पदम ठकुराठी र महेश रेग्मी, एनआरएनए एनसीसी अमेरिकाका पूर्वकोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, एनआरएनए एनसीसी टेक्सास च्याप्टरका कोषाध्यक्ष विनोद साह, एनआरएनए अभियन्ता प्रदीप चौलागाईं, सामाजिक अभियन्ता दीपक हुमागाईं, समाजसेवी धीरेन्द्र यादव, शिव न्यौपाने, अजय बस्नेत, चन्द्रमान लिंखा, अशोक साही, दिपेश भण्डारी, युवा व्यवसायी रोशन बुढाथोकी, क्षितिज लोहनी, पत्रकार एवं नेजाका सदस्य शम्भु दवाडी, रवीन पिया, नारायण भण्डारी, भीषण न्यौपाने, दिपक गुरुङलगायतको सहभागिता रहेको थियो ।

(ध) एसपीजे ह्युस्टनको कार्यक्रममा सहभागिता

सोसाइटी अफ प्रोफेसनल जर्नालिस्टस् (SPJ) ह्युस्टन च्याप्टरको आयोजनामा डिसेम्बर ६, २०२३ मा आयोजित कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सहभागिता जनाएको थियो । सो अवसरमा एसियन अमेरिकन जर्नालिस्टस् एसोसिएसन, टेक्सास र ह्युस्टन एसोसिएसन अफ ब्लाक जर्नालिस्टस्को सहभागिता रहेको थियो । सो अवसरमा नेजाको तर्फबाट नेजाको बारेमा जानकारी गराउनुका साथै सबैलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । सो कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, नेजा सदस्यहरू हरि सुवेदी, गोपाल गर्तौला, रामकृष्ण ज्ञवाली, पत्रकार सुजन ढकाललगायतको सहभागिता
रहेको थियो ।

(न) महासंघका लेखासमिति संयोजक न्यौपानेलाई स्वागत

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जनवरी, २५, २०२४ मा नेपाल पत्रकार महासंघ लेखा समिति संयोजक लेखनाथ न्यौपानेको उपस्थितिमा टेक्सासमा भेटघाट एवं परिचयात्मक कार्यक्रम गरियो । कार्यक्रममा नेजा अध्यक्ष सुरज भण्डारी, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, महासचिव बाबुराम दाहाल, क्षेत्रीय संयोजक शंकर थापा, पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतम, नेजाका सदस्य एवं पत्रकारहरू सूर्य थापा, प्रकाश श्रेष्ठ “मालिका केसरी” सुदिप सिवाकोटी, सुजन ढकाललगायतको सहभागिता रहेको थियो ।

(प) नेजा कार्यसमितिको हाइब्रिड बैठक

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बैठक बस्यो । सो बैठकले मे २५-२६, २०२४ मा १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गर्ने निर्णय गर्यो । सो बैठकमा नेजाका सल्लाहकार सञ्जय घिमिरे, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, मध्य क्षेत्रीय संयोजक शंकर थापा, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, कार्यसमिति सदस्य झरना अधिकारी एवं भर्चुअल माध्यमबाट संस्थापक अध्यक्ष/सल्लाहकार गिरीश पोख्रेल, पूर्वअध्यक्ष/सल्लाहकारहरू आङछिरिङ शेर्पा, गौतम दाहाल,  भोला आचार्य, सल्लाहकार मच्छेदेवी गुरुङ कोषाध्यक्ष जानकी पङ्गेनी शर्मा, क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेत, क्षेत्रीय संयोजक (डीसी मेट्रो) हरिमाया काफ्ले (सिर्जना), क्षेत्रीय संयोजक (क्यानाडा) गोकर्ण लामिछाने, कार्यसमिति सदस्यहरू ईश्वरी न्यौपाने हेमराज बराल, झरना अधिकारी, केशव रेग्मी, कल्पना घिमिरेको सहभागिता रहेको थियो ।

(फ) क्यालिफोर्नियामा स्थापना दिवसमा शुभकामना कार्यक्रम

नेपाल अमेरिका पत्रकार संघले आफ्नो स्थापना दिवस मनाउने क्रममा अप्रिल १३, २०२४ मा सानफ्रान्सिस्कोमा शुभकामना आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्यो । नेपाली नयाँ वर्षको शुभारम्भमा नेजा स्थापना दिवस परेको हुँदा नेजा स्थापना दिवस एवं नयाँ वर्षकोसमेत शुभकामना आदान-प्रदान गरिएको थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं कार्यसमिति सदस्य ईश्वरी न्यौपानेको सञ्चालनमा आयोजित कार्यक्रममा संघका सल्लाहकार सरोज काफ्ले, क्षेत्रीय संयोजक (पश्चिम) रोशन अधिकारी, पूर्वक्षेत्रीय संयोजक (पश्चिम) द्वय ध्रुव कुँवर र शिव नेपाल, पूर्वकार्यसमिति सदस्य सन्दीपबाबु चौधरी, सदस्यहरू सुदर्शन नेपाल, बबिता खनाल, जीवन्त वाग्ले, उत्तम धमला, दीक्षा बस्नेत, दीपक दाहालको सहभागिता रहेको थियो । यसैगरी, कार्यक्रममा गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका बोर्ड अफ डाइरेक्टर नवराज न्यौपाने, क्षेत्रीय संयोजक महेन्द्र बस्नेत, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गर्भनर हिमाल गैरे, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डेलगायतको सहभागिता रहेको थियो ।

(ब) नेपाल परेडमा नेजाको सहभागिता

नेपाली नयाँ वर्षको अवसर पारेर क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा अप्रिल १४, २०२४ मा भएको नेपाल डे परेडमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समेत सहभागिता रहेको थियो । एनआरएनए, क्यालिफोर्निया च्याप्टर, वेस्ट रिजन र जनजाति महासंघ, क्यालिफोर्निया तथा सानफ्रान्सिस्को वरपर सक्रिय संघ-संस्थाहरुको आयोजना एवं अन्य विभिन्न संघ-संस्थाहरुको सहभागितामा परेड सम्पन्न भएको थियो । परेडमा नेजाका अध्यक्ष सुरज भण्डारी, सल्लाहकार सरोज काफ्ले, क्षेत्रीय संयोजक रोशन अधिकारी, कार्यसमिति सदस्य ईश्वरी न्यौपाने, पूर्वक्षेत्रीय संयोजकद्वय ध्रुव कँवर र शिव नेपाल, पूर्वकार्यसमिति सदस्य सन्दीपबाबु चौधरी, सदस्य बबिता खनाल, उत्तम धमला, सुदर्शन नेपाल, दीक्षा बस्नेत, जीवन्त वाग्ले, सुवास कार्की, यादव दाहाललगायतको सहभागिता
रहेको थियो ।

(भ) स्थापना दिवसमा रक्तदान कार्यक्रम

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अप्रिल २०, २०२४ मा नेजा स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्यो ।  टेक्सासको युलेसमा अवस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गर्नुभएको थियो । ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य र कार्टर ब्लड केयर सेन्टरको प्राविधिक व्यवस्थापनमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष रमेश पोखरेल, ब्लड डोनर्स अफ अमेरिका टेक्सासका अध्यक्ष अजय बगाले, नेजा अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, नेजा सदस्य गोपाल गर्तौला, प्रकाश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

(म) बोस्टनमा स्थापना दिवसको शुभकामना कार्यक्रम

नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले अप्रिल २१, २०२४ मा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा नेजा स्थापना दिवस मनायो । सो दिवस बोस्टनस्थित नेपाली सामुदायिक भवनमा शुभकामना अादानप्रदान गरी मनाइयो । सो अवसरमा ‘समुदायसँगसँगै नेजा’ विषयमा छलफलसमेत गरिएको थियो । कार्यक्रममा न्यू इंग्ल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु एवम् सामाजिक तथा धार्मिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतको संयोजनमा आयोजित कार्यक्रममा पशुपतिनाथ बुद्ध फाउण्डेशनका बोर्ड अफ ट्रष्टिज् अध्यक्ष सुशील पौडेल, कार्यसमितिका अध्यक्ष बिरोचन नेपाल, पूर्वअध्यक्ष विष्णुमणि आचार्य, संरक्षक शिवकुमार श्रेष्ठ, उपाध्यक्ष मिलनकुमार कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, हिमालयन लायन्स क्लबका अध्यक्ष थानीरत्न कँडेल, मेट्रो वेस्ट नेपाली कम्युनिटीका अध्यक्ष सुरेश ढकाल, नरउड लायन्स क्लबका अध्यक्ष जल घिमिरे, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (GBNC)का उपाध्यक्ष चिरञ्जीवी आचार्य, महासचिव सोनाम शेर्पा, कोषाध्यक्ष प्रकाश खड्का, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरकी सचिव सलोनी भण्डारी, ओएनए (ONF)अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश ओली, एनडब्लूजीएन(NWGN), अमेरिकाकी पूर्वअध्यक्ष तथा बोस्टन च्याप्टरकी सल्लाहकार रुक्मिणी कार्की, नेपाली क्लास बोस्टनका स्वयंसेवक शिक्षक परशुराम फुयाल, स्वयंसेवक पर्निका फूयाल, पत्रकार निर्मल अर्याल, बोस्टन लोक सुसेलीका सदस्य सुशील गौतम, सामाजिक व्यक्तित्वहरु विजय शर्मा, डाक्टर विष्णु जोशी, प्रेम पौडेल, भीमप्रसाद पाध्याय, लभ अधिकारी, सुरेन्द्र नापित, शिवराज मिश्र, लक्ष्मी आचार्य फुयाल, राधादेवी आचार्य, राम शंकर गौतमलगायतको सहभागिता रहेको थियो ।

यसैगरी, नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवसको अवसर पारेर अप्रिल २१,२०२४ मा अमेरिकाको बोस्टनस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दीप प्रज्वलन कार्यक्रम गरिएको गरियाे । नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतलगायत सामाजिक अभियन्ताले विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन  गरेका थिए । धार्मिक कर्म दीप प्रज्वलनसँगै सहभागीले आरती एवम् भजनकीर्तन गर्नुका साथै पूजापाठ गरेर भगवानप्रति श्रध्दा अर्पण गरेका थिए ।

(य) नेजाको स्थापना दिवसमा बृहत् अन्तरक्रिया

उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को स्थापना दिवसको अवसरमा ‘प्रवासको पत्रकारिता र नेजाको भूमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम गरियो । नेजाको स्थापना दिवसको अवसरमा अनलाइन माध्यम (जुम) बाट अप्रिल २१, २०२४ मा गरिएको अन्तरक्रियामा सहभागीहरूले नेपलिज डायस्पोरालाई जोड्न प्रवासको पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा यहाँ रहेका पत्रकारहरूले समयसापेक्ष पत्रकारितामार्फत आफ्नो प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिनुभयो । नेजाले आफ्नो प्रथम अधिवेशनको दिन, सन् २००७ को अप्रिल २१ र २२ गते भर्जिनियाको आर्लिङटन सहरमा भएको अधिवेशन, लाई आधार मान्दै अप्रिल २१ लाई ‘नेजा स्थापना दिवस’को रुपमा मनाउने निर्णय गरी अप्रिल २१ लाई स्थापना दिवसको रुपमा कार्यान्वयन गर्दै स्थापना दिवस अमेरिकाभर विविध कार्यक्रमका साथ मनाएको हो ।

 नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सजहीकरणमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरी, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाबाट वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष आङछिरिङ शेर्पा, पूर्वअध्यक्ष भोला आचार्य, नेजाका सल्लाहकार सञ्जय घिमिरे, सल्लाहकार मच्छेदेवी गुरुङ, नेपाल सरकारका पर्यटन प्रवर्धक एवं नेजाका पूर्वक्षेत्रीय संयोजक गोकुल श्रेष्ठ, नेजा अनुशासन समिति संयोजक तथा एनआरएनए अमेरिकाका मिडिया संयोजक सतीश चापागाईं, संघका संस्थापक तथा पूर्वपदाधिकारीहरु किरण सिटौला, शिव विष्ट, शेखर ढुंगेल, चन्द्र खतिवडा, बिमल नेपाल, अंकुश नेपाल, विश्व थापा, सुशील न्यौपाने, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, कोषाध्यक्ष जानु पंगेनी, क्षेत्रीय संयोजकहरू सिर्जना काफ्ले, शंकर थापा, सुपेन्द्र बस्नेत, रोशन अधिकारी, सदस्यहरू जीवन्त वाग्ले, रजेन्द्र  केसीलगायतको सहभागिता रहेको थियो ।

(र) नेजाको स्थापना दिवसमा टेक्सासमा अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अप्रिल २१, २०२४ मा टेक्सासको डालस फोर्टवर्थ क्षेत्र वरपर रहेका पत्रकार/सञ्चारकर्मीहरूबीच भौतिक रुपमा नेजा स्थापना दिवसको शुभकामना आदान-प्रदान तथा अन्तरक्रिया सम्पन्न गर्यो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालको सञ्चालन एवं क्षेत्रीय संयोजक शंकर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेजाका सल्लाहकार सञ्जय घिमिरेले प्रवासको पत्रकारिताको सन्दर्भमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष सुजन पण्डित, खोज पत्रकार प्रमोद आचार्य, समाजसेवी प्रभात दीक्षित,नेजाका संस्थापक तारा रावल, अग्रज पत्रकार टीकाराम नेती, विमल बराल, भगवान खड्का, किसन रेग्मी, लेखनाथ गौतम, हरि सुवेदी, सन्तोषी अधिकारी, ओम आचार्य, दीपेन्द्र पोखरेल, अर्जुन न्यौपाने, गुन्जन भण्डारी, आशुतोष नेपाललगायतको सहभागिता रहेको थियो ।

(ल) नेजा स्थापना दिवसमा वृक्षरोपण

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अप्रिल २२, २०२४ मा नेजा स्थापना दिवसको अवसरमा टेक्सास राज्यको अर्भिङ सहरमा अवस्थित जेफरसन पार्कमा वृक्षरोपण गर्यो । पृथ्वी दिवसको दिन एवं नेजाको स्थापना दिवसको अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट टु-एक्सवान, डालस एभरेस्ट लायन्स क्लब र नेजासहित टेक्सासको डालस फोर्टवर्थ क्षेत्रमा रहेका अन्य ९ ओटा क्लबको सो वृक्षरोपणमा सहकार्य रहेको थियो ।

सो कार्यक्रममा क्लबका अध्यक्ष सूर्यनाथ भण्डारी, लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट टु-एक्सवानका इलेक्ट गर्भनर राधाकृष्ण काफ्ले, नेजाका अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दाहाल, नेजा मध्यक्षेत्रीय संयोजक शंकर थापा, नेजा पूर्वक्षेत्रीय संयोजक किसन रेग्मी, डालस बुद्व लायन्स, डालस डेन्टन नेपलिज लायन्स, डालस एभरेस्ट लियो क्लब, डालस हेल्थ लायन्स क्लब, डालस लुम्बिनी लायन्स, डालस पोखरा लायन्स, अर्भिङ एभरेस्ट सेन्टेनियल लायन्स, अर्भिङ आइएनडीपी लायन्स क्लब र प्लानो कोलिन्स लायन्स क्लबको सहभागिता रहेको थियो ।

(व) नेजा-न्यू इङल्यान्डवासीबीच छलफल

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू इङल्यान्डवासीबीच मार्च २, २०२४ मा भर्चुअल माध्यममार्फत छलफल गर्यो । नेजाले १७औं साधारसभा मे महिनाको २५-२६, २०२४ मा अमेरिकाको बोस्टनमा गर्ने निर्णय गरेसँगै तयारीस्वरुपमा सो छलफल गरेको हो । उत्तर-पूर्व क्षेत्रीय संयोजक एवं १७औं साधारण सभाका कन्भेनर सुपेन्द्र बस्नेतको संयोजन, नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, महासचिव बाबुराम दाहालद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा नेजाका उपाध्यक्ष सुजन पण्डित, नेजा क्षेत्रीय संयोजक (पश्चिम) रोशन अधिकारी, नेजाका पूर्वकार्यसमिति सदस्य दिनेश कार्कीको उपस्थिति रहेको थियो ।

यसैगरी, सो कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, पूर्वसल्लाहकार दीनबन्धु भट्ट, बिजय शर्मा, एनआरएनए, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, उपाध्यक्ष राजु गुरुङ, न्यू ह्यामसायर च्याप्टर अध्यक्ष कमल ढुंगाना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, म्यासाच्युसेट्स च्याप्टर अध्यक्ष महेश्वर पन्त, ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जीबीएनसी-GBNC) की अध्यक्ष अन्जु थापा, महासचिव सोनाम शेर्पा, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश ओली, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (प्याब्फोन-PABFONE)का ट्रष्टी उपाध्यक्ष मिलन गुरुङ, कार्यसमितिका उपाध्यक्ष मिलनकुमार कार्की, नेपाली वोमन्स ग्लोबल नेटवर्क (एनडब्लूजीएन-NWGN)की अध्यक्ष कल्पना श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिकाको म्यासाचुसेट्स च्याप्टर अध्यक्ष राम थापा, बोस्टन तमु समाजका पूर्वअध्यक्ष मीन गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्ष रोबिन गुरुङ, नेवा अर्गनाइजेसन अफ न्यू इङल्यान्डका अध्यक्ष सन्जीव तुलाधर, खेलकुद (Khelkud Inc) का अध्यक्ष रन्जन दाहाल, मिडिया क्षेत्रमा सक्रिय शिव मिश्र, सहभागिता रहेको थियो ।

(श) राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर पारी मे ३, २०२४ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली राजदूतावासको कार्यालयमा महामहिम राजदूत प्रा. श्रीधर खत्रीज्यूसँग भेटघाट एवं अन्तरक्रिया गर्यो । सो अन्तरक्रियामा नेजाको तर्फबाट संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक एवं आजीवन सदस्य सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरेलगायतको टोली सो भेटघाट एवं अन्तरक्रियामा सहभागिता रहेको थियो । भेटमा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वित्तीय सचिव उत्तम घिमिरेलगायतको सहभागिता रहेको थियो ।

(ष) सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले मे ४, २०२४ मा न्युयोर्कमा ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गर्यो । विश्व प्रेस स्वतन्त्रता दिवसको विषयवस्तु ‘थिम’  “A Press for the Planet: Journalism in the face of the Environmental Crisis” रहेको सन्दर्भमा कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन वातावरणको जननी बिरुवामा पानी राखेर गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदायमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण  भएको हुँदा समुदाय र प्रेसको सुमधुर सम्बन्धपश्चात् मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताउनुभयो । विश्वमा बढ्दै गएको सोसल मिडियाले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न कन्फ्युजन उत्पन्न गर्ने गरेको उल्लेख गर्दै गलत समाचारले समाजमा गलत धारणा उत्पन्न हुने र समाज गलत बाटोतिर गएको पाइने गरेको बताउनुभयो ।

नेजा अध्यक्ष सुरज भण्डारी अध्यक्षता एवं महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा विषयवक्ताको रुपमा अमेरिकाको ओहायो राज्यमा रही पत्रकारिता विषयमा विद्यावारिधि गरिरहनुभएका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’  को बारेमा प्रकाश पार्नुभएको थियो । आचार्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको बताउनुहुँदै समाचार प्रकाशन गर्ने तरिका फरक-फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताउनुभयो । सो कार्यक्रममा नेजाका पूर्वमहासचिव किरण मरहट्ठाले सामुदायिक पत्रकारिताका चुनौतीका सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीले नेजा उत्तर अमेरिमा रहेका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको बताउनुभएको थियो । नेजाका उपाध्यक्ष सुजन पण्डितको धन्यवाद मन्तव्य एवं नेजाका सदस्य कल्पना घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल सरकारका पर्यटन प्रवर्धक एवम् नेजाका आजीवन सदस्य गोकुल श्रेष्ठ, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापा, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्ट, धिकारका निर्देशक नर्बदा क्षेत्री, एनआरएनए अमेरिका उत्तर-पूर्व क्षेत्रीय संयोजक आङछिरिङ शेर्पा, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामा, नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ, उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

(स) साधारण सभा सम्बन्धमा बोस्टनवासीसँग छलफल

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले मे ५, २०२४ मा न्यू इङ्ल्यान्डवासी नेपाली समुदायबीच पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङल्यान्ड (PABFONE) भवनमा सो कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो भने नेजाको तर्फबाट नेजा अध्यक्ष सुरज भण्डारी, महासचिव बाबुराम दाहाल, उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् कन्भेनर सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, नेजा सदस्य अनारसिंह बस्नेतलगायतको सहभागिता रहेको थियो ।

 (ह) नेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाइयो । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनिया राज्यको आर्लिङ्टन सहरमा पहिलो अधिवेशन सम्पन्न गरेको मितिलाई आधार मानेर अप्रिल २१ लाई ‘नेजा स्थापना दिवस’ को रुपमा मनाउने गरिएसँगै यस पटक १८औं वर्ष पार गरेको अवसरमा औपचारिक रुपमा नेजाले आफ्नो स्थापना दिवस २०२५ अप्रिल २० आइतबार मनाएको हो । संस्थापक अध्यक्ष गिरिश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८औं वर्ष अवधिमा उत्तर अमेरिका, क्यानाडा र मेक्सिकोमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार महासंघसँगको समन्वयमा पत्रकारिता पुरस्कार स्थापना, पत्रकारको लेखनवृत्ति, क्षमता विकास र हकहितका लागि विभिन्न योजना कार्यान्वयनसँगै र सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, मानार्थ सदस्य योगेश उपाध्याय र पूर्वकार्यवाहक अध्यक्ष कृष्ण शर्मा, महासचिव बाबुराम दाहाल, आरम्भ पुस्तकालयका अध्यक्ष मेघा बस्नेत, नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिमल्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्की, नेजाका उपाध्यक्ष सुजन पण्डित, डीसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्ले, एनआरएनए चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, एटोर्नी निरन्जन अधिकारी, सिटी अफ हेमार्केटका पूर्वकाउन्सिल म्यान मधु पन्थी, आरम्भ पुस्तकालयका अध्यक्ष मेघा बस्नेत, समाजसेवी एवम् अग्रज पत्रकार जितमान बस्नेत, राष्ट्रिय लोकदोहारी प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा पनि नेजा स्थापना दिवस मनाइयो । बोस्टनको पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्ड(प्याब्फोन)को सामुदायिक भवनमा शुभकामना आदान-प्रदान र शान्ति दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो । कार्यक्रमको संयोजन नेजाका उत्तर–पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले गर्नुभएको थियो । 

(क्ष) नेजाद्वारा पत्रकार महासंघ उपाध्यक्ष पण्डित र प्रेस रजिस्ट्रार भण्डारीसँग अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मार्च २९, २०२५, सोमबार टेक्सासको ड्यालसस्थित युलेसमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित र गण्डकी प्रदेश सरकारका प्रेस रजिस्ट्रार बिमला भण्डारीसँग अन्तरक्रिया गरेको थियो । 

नेपालमा वर्तमान अवस्थामा पत्रकारिताको स्थिति, प्रवासमा गरिने पत्रकारिता, नेजा र महासंघबीच भएका उल्लेखनीय कामबारे अन्तरक्रियामा छलफल गरिएको थियो । कार्यक्रममा नेजा अध्यक्ष सुरज भण्डारीले महासंघ उपाध्यक्ष पण्डित र प्रेस रजिस्ट्रार भण्डारीलाई स्वागत गर्दै महासंघ र प्रदेश सरकारसँगबाट अमेरिकामा नेपाली पत्रकारले आफ्नो समुदायको चौतर्फी विकासमा भूमिका निर्वाह गरिरहेको धारणा राख्नुभयो । 

यसैगरी, अन्तरक्रियाका क्रममा गैरआवासीय नेपाली संघ अमेरिका समन्वय समिति (एनआरएनए एनसीसी) अमेरिका च्याप्टरका बरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, एनआरएनए अमेरिका च्याप्टरका उपाध्यक्ष भानु खरेल, कोषाध्यक्ष सरोज सिग्देल, एभरेस्ट फेडरल क्रेडिट युनियनका पूर्वअध्यक्ष मोहन ज्ञवाली, नेपाली सोसाइटी टेक्सासका महासचिव विजय भुसाल, समुदायको तर्फबाट केशव लामिछाने, भुवन अधिकारी, विवेक कँडेल, कृष्ण कुसुम, लक्ष्मी भट्ट, हेमा पौडेल, सोबिका खनाल, कृतिका मैनाली, क्षितिज महत, सोनी पौडेललगायतको उपस्थिति रहेको थियो । यसैगरी, पत्रकारहरु नारायण पुरी, रामचन्द्र भट्ट, लेखनाथ गौतम, मनोज जोशी, शिव शर्मा, अर्जुन बिष्ट, सुदीप सिवाकोटी, प्रदीप पौडेल, सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो ।

(त्र) एआई र सामाजिक सञ्जालको चुनौतीबारे एकदिने कार्यशाला

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले डायस्पोरा पत्रकारितामा एआई र सामाजिक सञ्जालको प्रयोग, सम्भावना र चुनौतीबारे अमेरिकामा रहेका नेपाली पत्रकारहरुका लागि कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

डिसेम्बर २८, २०२४ शनिबार टेक्सासको ड्यालस सहरमा आयोजना ‘Role of AI and Social Media in Diaspora Journalism Prospects & Challenges’ विषयक कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यशालामा गोष्ठीमा अमेरिका, क्यानाडामा रहेर पत्रकारिता गरिरहनुभएका र सञ्चारमाध्यम सञ्चालन गरिरहनुभएका पत्रकार, सञ्चालकहरुको भौतिक र भर्चुअल रुपमा सहभागिता रहेको थियो । उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीहरुको जनसंख्या दिनानुदिन बढ्दै गएको र उत्तर अमेरिकामा रहनुहुने नेपाली पत्रकारहरुले विद्यमान प्रविधिसँग चिरपरिचित बन्दै यसको उपयोगमार्फत पत्रकारिता पेसाप्रति जिम्मेवार बनेर व्यावसायिक पत्रकारितामार्फत पत्रकारिताको मूल्य र मान्यताभित्र रही आमसमुदायमाझ सूचना र सञ्चार प्रवाह गर्नु अबको आवश्यकता रहेकाले कार्यशाला गोष्ठी समयसान्दर्भिक रुपमा आयोजना गरिएको नेजा अध्यक्ष सुरज भण्डारीले बताउनुभयो । उहाँले एआईको प्रयोगले विद्यमान प्रविधिको प्रयोगमार्फत डायस्पोरामा पत्रकारिता अझै सहज हुने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।

कार्यशालामा सञ्चारविज्ञ एवम् क्यानाडास्थित ओट्टवा युनिभर्सिटीका प्राध्यापक डा. भानुभक्त आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डायस्पोरा पत्रकारितामा एआईको प्रयोग जरुरी रहेको र नेपाली मिडियाले समेत नेपालमा एआईको प्रयोग गरिरहेको र सामाजिक सञ्जाल एआईको प्रयोगले अमेरिकामा रहेका नेपाली भाषाका सञ्चारमाध्यमलाई समेत अत्यन्त सहज हुनेबारे डा. आचार्यले कार्यपत्रमा उल्लेख गर्नुभएको थियो । उहाँले नेपाली मिडियासँगै अमेरिकी मिडियाले पछिल्ला समयमा गरेका एआईको प्रयोग र त्यसले पारेको प्रभावबारे प्रस्तुत गर्नुका साथै त्यसका चुनौतीबारे अध्ययनबाट पुष्टि भएका तथ्यांकहरुबारे प्रस्ट पार्नुभएको थियो ।

कार्यशालामा विशेषवक्ताको रुपमा वरिष्ठ पत्रकार एवम् प्रशिक्षक कपिल काफ्लेले नेपाली पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे चर्चा गर्नुभएको थियो । यसैगरी, कार्यक्रममा समुदायको तर्फबाट पत्रकार एवम् समुदायबीचका अपेक्षा एवं विद्यमान प्रविधिका बारेमा तथ्याङ्कीय जानकारी विजयराज भट्टराईले प्रस्तुत गुर्नभएको थियो ।

यसैगरी, सो कार्यक्रममा नेजाका पूर्वअध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने एवम् नेजाका सल्लाहकार सञ्जय घिमिरेले डायस्पोरा पत्रकारितासँगै सामुदायिक विकासमा समेत एआई र सामाजिक सञ्जालको प्रयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा युलेस सिटीका उपमेयर टीका पौडेल, गैरआवासीय नेपाली संघ समन्वय समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, समाजसेवीहरु डा. तारा निरौला, शंकर पन्त, विष्णु सुवेदी, निलम बिमली, जनक भण्डारी, विवेक कँडेल, राजेन्द्र कुँवर, भुवन अधिकारी, हरि विष्ट, अभिषेक नेपाल, ज्योती अधिकारी, पत्रकारहरु विनय देवकोटा, रामचन्द्र भट्ट, गोपाल गर्तौला, मनोज जोशी, टीकाराम नेती, प्रकाश श्रेष्ठ, सुदीप शिवाकोटी, अर्जुन न्यौपाने, अर्जुन कार्की, भर्चुअल रुपमा कार्यक्रममा नेजाका कार्यसमिति सदस्य हेमराज बराल, पत्रकार मोहनसिं लामालगायतको उपस्थिति रहेको थियो । नेजा महासचिव बाबुराम दाहाल सञ्चालन र क्षेत्रीय संयोजक (मध्य क्षेत्र)का शंकर थापाको स्वागत मन्तव्य रहेको थियो । 

(ज्ञ) दुईदिने मल्टिमिडिया कार्यशाला गोष्ठी

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजना र नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निम्जिन)को सहकार्यमा डिसेम्बर १४ र १५ २०२५ मा दुई दिने मल्टिमिडिया स्टोरीटेलिङ कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

भर्चुअल रुपमा आयोजना गरिएको कार्यशालामा मल्टिमिडिया पत्रकारितामा लामो समय क्रियाशिल रहनुभएका रजनीश भण्डारीले प्रशिक्षणको भूमिका निर्वाह गर्नुभएको थियो । प्रशिक्षण गर्दै भण्डारीले मल्टिमिडियाको प्रयोग गरेर विभिन्न विधाका स्टोरी लेखनलाई सहज बनाउन सकिने बताउनुभयो । कार्यशालामा मल्टिमिडिया जर्नालिस्ट बेनुप भट्टराई र लीना दुवाडीले मल्टिमिडियामा आफूले काम गर्दाका अनुभवहरु सहभागीमाझ व्यक्त गर्नुभएको थियो । यसैगरी, दीपक अधिकारी, रवीराज बराल र प्रवीण भट्ट विषयवक्ताको रुपमा रहनु भएको थियो । कार्यशालामा अमेरिका, क्यानाडाबाट भर्चुअल रुपमा २५ जनाको सहभागितासहित दुई दिन सञ्चालन गरिएको थियो । नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवम् महासचिव बाबुराम दाहालको सञ्चालनमा कार्यशाला भएको थियो ।

(क१) ‘नेजा इन्फो-टक’मा पत्रकारिता र आचारसंहिताको चर्चा

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले पत्रकारिता क्षेत्र एवम् समुदायलाई सुसूचित बनाउने उद्देश्यले आफ्नो नियमित स्तम्भ ‘नेजा इन्फो-टक’ को सुरुआत गरेको छ । जसअन्तर्गत सेप्टेम्बर ७, २०२४ मा भर्चुअल माध्यमबाट ‘नेजा इन्फो-टक’ पहिलो कार्यक्रम गरिएको थियो । नेजाका महासचिव बाबुराम दाहालद्वारा सञ्चालित पहिलो कार्यक्रम उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई प्रवासमा नेपाली पत्रकारिताको अवस्था, आचारसंहिता, प्रवासमा पत्रकारिता, चुनौती, समाधानबारे जानकारी गराउने उद्देश्यले ‘प्रवासमा नेपाली पत्रकारिता र आचारसंहिता’ विषयमा रहेर सञ्चालन गरिएको थियो । ‘नेजा इन्फो-टक’को पहिलो सत्रमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार भागीरथ योगी, वरिष्ठ पत्रकार सतीश चापागाईंको सहभागिता रहेको थियो ।

उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको संख्या दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा समाजमा हुने गतिविधि एवम् अन्य आवश्यक सूचना र समाचारलाई निष्पक्ष रुपमा प्रवाह गर्ने र गराउने कार्यमा नेजा सदैव सचेत रहँदै आएको नेजा अध्यक्ष सुरज भण्डारीले बताउनुभयो । काउन्सिल अध्यक्ष बस्नेतले पछिल्लो समय नेपाल बढ्दो डिजिटल मिडियाको विकास र पत्रकारहरुले निर्वाह गरिएको भूमिकाले नेपाली पत्रकारिताको विकासमा टेवा पुर्याएको बताउनुभयो । उहाँले आगामी दिनमा डिजिटल मिडियाको सम्भावना अधिक भएकाले त्यसको प्रयोगलाई काउन्सिलले निगरानी गरिरहेको र नेपाली प्रवासको पत्रकारितालाईसमेत अहिले डिजिटल प्रविधिले प्रभाव पारेको उहाँले उल्लेख गर्नुभएको थियो ।

(ख१) क्यानाडामा नेजाद्वारा सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगबारे अन्तरक्रिया

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले क्यानाडाको क्याल्गेरीमा समुदाय, सामुदायिक पत्रकारिता र प्रविधिको प्रयोगका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको छ । जुलाई १९, २०२४ शुक्रबार भएको अन्तरक्रियामा सहभागीहरूले समुदायका लागि सामुदायिक पत्रकारिताको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा बोल्दै क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल बाहिर बढिरहेको नेप्लिज डायस्पोरा नेपालको सहयोगी शक्ति भएको बताउनुभयो । राजदूत पौड्यालले डायस्पोरा बलियो, समृद्ध र एकताबद्व हुँदा त्यसले नेपाललाई सदैब फाइदा पुग्ने उल्लेख गर्नुभयो । राजदूत पौड्यालले नेप्लिज डायस्पोराको एउटा बलियो आधार सामुदायिक पत्रकारिता भएकाले यसलाई जोगाउनु सबैको जिम्मेवारी भएको बताउनुभयो ।

कार्यक्रममा युनिभर्सिटी अफ ओट्टवाका प्राध्यापक डा. भानुभक्त आचार्यले विषयवक्ताको रुपमा प्रस्तुति दिँदै समुदायसँग सरोकार राख्ने र समुदायलाई सूचना दिने सामग्रीहरु सामुदायिक पत्रकारिताले उठाउनुपर्ने बताउनुभयो । विषयवक्ता डा. आचार्यले ‘न्युज मिडिया’ र ‘सोसल मिडिया’ बीच रहेको फरकका सम्बन्धमा प्रस्ट पार्नुभएको थियो । डा. आचार्यले समुदायले पनि पत्रकारिता र प्रचारकारिताबीचको फरक थाहा पाई पत्रकारिताको विकासमा योगदान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमको अध्यक्षता गर्नुभएका नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाले समुदायलाई आवश्यक पर्ने सूचना एवं विषयवस्तुलाई नियमित रुपमा भर्चुअल माध्यममार्फत आमसमुदायबीच प्रवाह गर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले नेजामा उत्तर अमेरिकामा बसोवास गर्ने नेपाली पत्रकारहरूको संलग्नता रहेको हुँदा सबैले हातेमालो गर्दै पत्रकारिताको माध्यमबाट समाजसेवा गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो ।

नेजाका महासचिव बाबुराम दाहालको सञ्चालन र सदस्य प्रकाश क्षेत्रीको स्वागत रहेको कार्यक्रममा एनआरएनए, क्यानाडाका अध्यक्ष माधव दुलाल, पूर्वअध्यक्ष विनोद केसी, दीपक गौतम, सम्राट थापा, एनआरएनए आईसीसी सदस्य हेमराज पाण्डेय, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष प्रकाश बस्याल, पूर्वअध्यक्ष श्रीकान्त अर्याल, उपाध्यक्ष सूर्य अधिकारी, क्याल्गेरी नेप्लिज कम्युनिटी एसोसिसएसनका पूर्वअध्यक्ष दिनेश घिमिरे, अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष समीर पाण्डे, उपाध्यक्ष दिवस ढकाल, गुल्मेली समाज क्याल्गेरीका अध्यक्ष राजेन्द्र गौतम, नेवा सोसाइटी अफ क्याल्गेरीका अध्यक्ष हेमन्त महर्जन, सामाजिक अभियन्ताहरू राजेन्द्र पोखरेल, अनन्त आचार्य, शर्मिला रानाभाट, जानुका अर्याल, स्पन्दना आचार्य, बबिता अधिकारी, छवि अर्याल, विकास ढकाल, जगदीश चापागाईं, नरेश पोखरेल, सुमन चौलागाईं,राजीव शर्मा, विश्व भण्डारी, डम्बर सिन्च्युरी, विष्णु बजगाईं, टेक क्षेत्रीले समुदायको तर्फबाट धारणा राख्नुभएको थियो । यसैगरी, कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहर बालमुकुन्द नेपाल, उमा ढकाल, सोमेश बर्मा, प्रमोश पोखरेल, एसपी गौतम, नरेश पोखरेल, कुसुम ज्ञवाली, युवराज पौड्यालले धारणा राख्नुभएको थियो । नेजाका क्यानाडा संयोजक गोकर्ण लामिछाने र सदस्य प्रकाश क्षेत्रीको संयोजनमा कार्यक्रम भएको थियो ।

(ग१) नेजाको १७औं साधारणसभा बोस्टनमा सम्पन्न

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को १७औं साधारणसभा सम्पन्न भएको छ । गत मे २५ र २६, २०२४ (शनिबार र आइतबार) अमेरिकाको ऐतिहासिक बोस्टन सहरस्थित प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्डको सामुदायिक भवनमा सम्पन्न भएको हो ।

साधारण सभाको कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा बाँडिएको थियो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहबाट विश्व प्रेस स्वतन्त्रता दिवस–२०२४ ले तय गरेको मूल नारा ‘वातावरणीय संकटको सामनामा पत्रकारिता’मा केन्द्रित रहेर ‘पर्यावरण संरक्षण गरौं’ भन्ने मूल सन्देश दिने प्रयास गरिएको थियो । नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, अध्यक्ष सुरज भण्डारी, विशेष अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मा. लिली थापा, नेपाल पत्रकार महासंघ पूर्वउपाध्यक्ष यशोदा तिम्सिना, गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी एन्ड इमिग्रेन्ट अफ कमन वेल्थ, म्यासाच्युसेट्स चेयरमेन प्रल्हाद केसीलगायतले बिरुवामा पानी सिञ्चित गरेर कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाको उद्देश्य, क्रियाकलापहरु र भावी योजनाका बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । अध्यक्ष भण्डारीले सामुदायिक भलोका लागि पत्रकार र समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिदै एकताका लागि हातेमालो गर्न सबैलाई अनुरोध गर्नुभयो । नेजा उपाध्यक्ष सुजन पण्डितले संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै नेजाको साधारण सभा आयोजनामा सहयोग पुर्याएकोमा समस्त न्यू इङ्गल्यान्डका संघ-संस्था एवं सामाजिक व्यक्तित्वहरुलाई विशेष धन्यवाद दिनुभएको थियो ।

नेजाका महासचिव बाबुराम दाहालले सञ्चालन गरेको उद्घाटन सत्रमा नेजाका उत्तर–पूर्व संयोजक एवम् १७औं साधारण सभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतको स्वागत मन्तव्य रहेको उद्घाटन सत्रमा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, नेजाका पूर्वअध्यक्ष भोला आचार्य, नेपाल सरकारको मानव अधिकार आयोगका सदस्य लिली थापा, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष एवम् राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त यशोदा तिम्सिना गभर्नर्स एडभाइजरी काउन्सिल अन रेफ्युजी इन्ड इमिग्रेन्ट अफ कमनवेल्थ, म्यासाच्युसेट्सका अध्यक्ष केसी, विशेष अतिथि एनआरएनए, एनसीसी, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङ, बोर्ड अफ एजुकेसन, ब्रान्डफोर्ड टाउन, कनेक्टिकटका डाइरेक्टर रामचन्द्र श्रेष्ठ, ब्रान्डफोर्ड टाउन रेप्रिजेन्टेटिभद्वय चिरन न्यौपाने र ज्ञानु श्रेष्ठ, बोस्टनका लागि नेपाल सरकारका पर्यटन प्रवर्धक मिलन गुरुङ, एनआरएनए, एनसीसी, अमेरिकाका मिडिया चेयर पर्सन सतीश चापागाईं, नेजाका संस्थापकमध्येका एक शिवप्रकाश पौडेल, वरिष्ठ खेल पत्रकार विनोद पाण्डे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोबर्धन पूजा, न्यू इङ्गल्यान्ड क्षेत्रमा क्रियाशील नेपाली समुदायका संघ-संस्थाहरु एनआरएनए अमेरिकाको म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठ, पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्गल्यान्डका अध्यक्ष बिरोचन नेपाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष महेश्वर पन्त, नेपाली वोमन्स ग्लोबल नेटवर्क न्यू इङ्गल्यान्ड च्याप्टरकी सल्लाहकार रुक्मिणी कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

(घ१) सानफ्रान्सिस्कोमा शुभकामना आदान-प्रदान

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । यसैक्रममा संघ सम्बद्ध पत्रकारहरुद्वारा अप्रिल १३, २०२४ शनिबार सानफ्रान्सिस्कोमा शुभकामना आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाइयो । नेपाली नयाँ वर्षको शुभारम्भ मेत भएको सो अवसरमा नयाँ वर्ष विसं २०८१ को शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

सो अवसरमा संघका अध्यक्ष सुरज भण्डारीले संघले गरिरहेको गतिविधि र भावी कार्यक्रमहरुका बारेमा जानकारी दिनुभएको थियो । संघका कार्यसमिति सदस्य इश्वरी न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार सरोज काफ्ले, क्षेत्रीय संयोजक (पश्चिम क्षेत्र) रोशन अधिकारी, पूर्वक्षेत्रीय संयोजक (पश्चिम)हरु ध्रुव कुँवर र शिव नेपाल,  पूर्वकार्यसमिति सदस्य सन्दीपबाबु चौधरी, सदस्यहरु सुदर्शन नेपाल, बबिता खनाल, जीवन्त वाग्ले, उत्तम धमला, दीक्षा बस्नेत, दीपक दाहालको सहभागिता रहेको थियो । यसैगरी, कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका बोर्ड अफ डाइरेक्टर नवराज न्यौपाने, क्षेत्रीय संयोजक महेन्द्र बस्नेत, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गर्भनर हिमाल गैरे, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डेको समेत सहभागिता रहेको थियो ।

(ङ१) नेजाद्वारा खेलकुद पत्रकारलाई स्वागत

अमेरिकामा आयोजना गरिएको टी–२० विश्वकपका लागि रिपोर्टिङमा नेपालबाट अमेरिकाको टेक्सास राज्यमा आउनुभएका नेपाली खेलकुद पत्रकारहरुलाई स्वागत गरिएको थियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले यही जुन ३, २०२४ सोमबार डालसको युलेसमा आयोजना गरेको भेटघाट एवं परिचयात्मक कार्यक्रममा उपस्थित नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, उपाध्यक्ष गोविन्द रेग्मी, महासचिव प्रज्वल ओली, वरिष्ठ पत्रकारहरू विनोद पाण्डे (कान्तिपुर), प्रकाश तिमल्सिना (हाम्रो खेलकुद), सुवास हुमागाईं (हाम्रो खेलकुद), दिपेन्द्र कुँवर (साझा पोस्ट), सविना कार्की (कान्तिपुर टिभी), सिताराम कोइराला (सेतोपाटी), अनिल मल्ल ठकुरी (नागरिक दैनिक), हेमन्त श्रेष्ठ (कान्तिपुर), भुपेन्द्र जीसी (अनलाइन खबर) र प्रदीप न्यौपानेलाई स्वागत गरिएको हो । यसैगरी कार्यक्रममा अस्ट्रेलियाबाट आउनुभएका नेप्लिज अस्ट्रेलियन जर्नालिस्ट एसोसिएसन (एन्जा)का सचिव सरल गुरुङलाई समेत स्वागत गरिएको थियो । स्वागत कार्यक्रम नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेजाको तर्फबाट अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल र कार्समिति सदस्य केशव रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा टेक्सासमा रहनुहुने पत्रकारज्यूहरु किसन रेग्मी, लेखनाथ गौतम, सागर अर्याल, सुदीप शिवाकोटी, लाइफ एन्ड ग्राभिटीका निश्चल चापागाईं र सुवास बन्जाडे, खेलप्रेमीहरु नरेश खरेल, विवेक कँडेल, रुपेश केसी, नारायण केसी, कृष्ण लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

(च१) प्रेस स्वतन्त्रता दिवसमा अन्तरसंवाद

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा नेपाल अमेरिका  पत्रकार संघ (नेजा)ले शुभकामना तथा अन्तरसंवाद गरेको छ । युनेस्कोले तय गरेको नयाँ साहसिक संसारमा रिपोर्टिङ– प्रेस स्वतन्त्रता र मिडियामा कृतिक बुद्दिमताको प्रभाव विषयमा केन्द्रीत रही नेजाले अग्रज पत्रकारहरुसँग भर्चुअल माध्यमबाट अन्तर संवाद गरेको हो ।

अन्तर संवादमा विषयवक्ताको रुपमा रहनु भएका प्राध्यापक धर्मानन्द अधिकारीले पत्रकारितामा एआईको प्रयोगलाई अवसरको रुपमा लिदैं सावधानीपूर्वक यसको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारिताको विकाससँगै प्रविधिको प्रयोग अपरिहार्य भएकोले पत्रकारलाई अवसरसँगै चुनौतीसमेत थपिएको धारणा व्यक्त गर्नु भयो । नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षता, उपाध्यक्षको स्वागत तथा महासचिव बाबुराम दाहालको सञ्चालन रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार भागिरथ योगी, नेपाल पत्रकार महासंघका पूर्व उपसभापति एवं न्यूनतम पारिश्रमिक निर्धारण  समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुईंटेल, नेपाल पत्रकार महासंघ, युरोप शाखाका उपमहासचिव भरत प्रधान, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, पूर्व अध्यक्षहरु आङ छिरिङ शेर्पा, भोला आचार्य, नेजाका कोषाध्यक्ष जानु पंगेनी, क्षेत्रीय संयोजकहरु सुपेन्द्र बस्नेत, सिर्जना काफ्ले, कार्यसमिति सदस्य हेमराज बराल, पत्रकारहरु विष्णु छिमेकी, विनय देवकोटा, मनोज जोशी, सुदीप शिवाकोटी, लक्ष्मी नेपाल, अर्जुन न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

 

३) नेजाका आगामी योजनाः

नेजाले आफ्नो उद्देश्य एवं समुदायका आवश्यकतालाई मध्यनजर गरी विभिन्न कार्यक्रमका योजना अगाडि बढाएको छ –

(क) उत्तर अमेरिका एवं नेपालका पत्रकारलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रमको योजना बनाएको छ । यस्तै, लेखनवृत्ति (फेलोसिप) कार्यक्रमलाई विशेष महत्त्वका साथ अगाडि बढाउने योजनाअनुरुप आरम्भ गरेको छ । यो कार्यक्रमले निश्चित विषयमा खोजमूलक सामग्री तयार पार्नका लागि सहयोग पुग्नुका साथै पत्रकारिताको गुणात्मक विकासका लागि नेजाको पहलकदमीको रुपमा रहनेछ भन्ने हाम्रो विश्वास रहेको छ । यस सम्बन्धमा आगामी कार्यसमितिले आवश्यक प्रक्रिया सुरुवात गर्नेमा विश्वास लिएको छु ।

 

(ख) नेजाले समुदायका लागि आवश्यक सूचना एवं जीवनयापनका सन्दर्भमा आवश्यक पर्ने जानकारीमूलक विषयवस्तुलाई समेटेर भौतिक एवं विद्युतीय माध्यममार्फत सम्बन्धि विषयका विज्ञसँग साक्षात्कार कार्यक्रम गर्ने योजनाअनुरुप नेजाको नियमित स्तम्भ ‘नेजा इन्फो-टक’ कार्यक्रमको सुरुवात गरेको छ । जसमार्फत पत्रकार एवम् समुदायलाई आवश्यक विषयवस्तुलाई प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

 

(ग) नेजाले प्रदान गर्दै आएका पुरस्कार एवं सम्मानलाई निरन्तरता दिँदै पत्रकारलाई प्रोत्साहन एवम् क्षमतावृद्धि गर्ने उद्देश्यले पत्रकारितासम्बन्धी विभिन्न अन्तरक्रिया, तालिम, सेमिनार, गोष्ठी, लेखनवृत्तिलगायतका कार्यक्रम अगाडि बढाउने योजना बनाएको छ । यसका साथै, अमेरिकाका विभिन्न राज्य तथा सहर एवं क्यानाडामा सामुदायिक अन्तरक्रियालगायतका कार्यक्रम गर्नेछ । यसैगरी, विभिन्न विषयमा रहेर गोष्ठीको समेत आयोजना गर्ने योजना रहेको छ ।

 

(घ) उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जनसंख्या बढ्दै गएको हुँदा अब नेजाले पत्रकारिता पेसाप्रति जिम्मेवार बन्दै व्यावसायिक पत्रकारिताको व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाउनु आवश्यक देखिएको हुँदा नेजाले जिम्मेवार भूमिका निर्वाह गर्नु आवश्यक ठानी यसतर्फ आवश्यक आधार एवम् स्रोतको पहिचान गरी अगाडि बढ्नुपर्ने देखिएको छ । यसर्थ, अमेरिकामा रहेका पत्रकारसँग सम्बन्धित विभिन्न संघ-संस्था एवम् यहाँका स्थानीय संस्था तथा सरकारी निकायसँग परामर्श गरी आवश्य व्यवस्थाको मध्यस्थताको भूमिका नेजाले निर्वाह गर्ने योजना बनाएको छ ।

 

(ङ) नेजामा आबद्ध सम्पूर्ण पत्रकार एनआरएन भएकाले सबैको हितमा कार्य गर्नका लागि यो संस्थाले आफ्नो पेसाप्रति  जिम्मेवारपूर्ण भूमिका र दायित्व निर्वाह गर्दै उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको हितमा कार्यगत एकताका लागि एनआरएनए अमेरिकासँग संस्थागत सम्झौता गरी सहकार्यलाई सक्रियतापूर्वक अगाडि बढाउने योजना बनाएको छ । यसले विशेषगरी अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको हितमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको छ ।

 

(च) पत्रकारिता क्षेत्रको प्रवर्धन एवं पत्रकारहरूको पेसागत क्षमतावृद्धिका लागि नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल प्रेस इन्स्टिच्युटबीच संस्थागत सम्झौता गरी सहकार्यलाई अगाडि बढाइएको छ । यो सहकार्यले नेपाल र अमेरिकामा रहनुभएका नेपाली पत्रकारको हितमा हुनेमा नेजा विश्वस्त रहेको छ ।

 

(४) नेजाका चुनौती र अवसरः

नेपाल अमेरिका पत्रकार संघ (नेजा) लाई उत्तर अमेरिकामा रहेका पत्रकारहरूको साझा अनि आमपत्रकारबीच एक सम्मानित संस्थाको रुपमा स्थापित गर्न र सबैको विश्वासयोग्य संस्थाको रुपमा कुनै आँच आउन नदिनका लागि वर्तमान कार्यसमिति सचेतताका साथ अगाडि बढेको छ । चुनौतीः विविध कारणमध्ये बृहत् भौगोलिक अवस्थाअनुसार नेजा कार्यसमितिलाई समेट्नुपर्ने, अमेरिकामा नेपाली पत्रकारिता पेसालाई व्यावसायिक बनाउनेतर्फ पहल गर्नुपर्ने, नेपाली पत्रकारितालाई अमेरिकाको मूलधारको पत्रकारितासँग समन्वय गरी अगाडि बढाउनुपर्ने, संस्थालाई पेसागत एवं आर्थिक रुपमा सबल बनाउन सहयोगी दाताहरूको पहुँचमा पुर्याउनुपर्नेलगायतका चुनौती रहेका छन् । अवसरः यो संस्था अमेरिकी कानुनबमोजिम विधिवत् रुपमा दर्ता भई सोहीबमोजिम अगाडि बढेको हुँदा अमेरिकामा रहेका सरकारी एवं गैरसरकारी संघ-संस्थाहरूसँग समन्वय गरी मापडण्डअनुसार कार्य गर्न सकेको खण्डमा कानुनबमोजिम प्राप्त हुने सेवा-सुविधाबाट यहाँको पत्रकारितालाई व्यावसायिक रुपमा विस्तार गर्नमा मध्यस्थताको भूमिका निर्वाह गर्ने र यो संस्थालाई एक सम्मानित एवं पत्रकार र समुदायको हितमा पत्रकारितामार्फत जिम्मेवार बनेर कार्य गर्ने सबैको विश्वसनीय संस्था बनाउन सकिने सुअवसर हामीसँग रहेको र सोहीबमोजिम संस्थाले आफ्ना गतिविधि अगाडि बढाउँदै गएको छ । आगामी नेतृत्वले यस कार्यलाई निरन्तरता दिनेछ भन्ने विश्वास रहेको छ । 

अन्त्यमा, जुन उद्देश्यका साथ अग्रजहरूले नेजाको स्थापना गर्नुभयो, त्यसलाई शिरोधार्य गर्दै संस्थापक एवं अग्रजहरूप्रति सम्मानका साथ सबैलाई यस संस्थामा समेट्न नेजाको वर्तमान कार्यसमिति लागिपरेको जानकारी गराउँदै सबैलाई संस्थाप्रति अपनत्व हुने गरी सहयोग गर्नुहुन पनि अपिल गर्दछु । विभिन्न समयमा विभिन्न परिस्थितिवश संस्थामा सदस्यतालाई निरन्तरता दिन नपाउनुभएका वा नगर्नुभएका सबै पत्रकारज्यूहरूलाई विगतलाई बिर्सेर संस्थामा गोलबद्ध हुनका लागि हार्दिक अनुरोध गर्दछु । यसका निम्ति नेजाको यो कार्यसमिति सदैव सकारात्मक रहेको पनि विश्वास दिलाउँदछु । संस्थामा आबद्ध भइसकेपछि संस्थाको आफ्नै दायरा र संस्थागत दायित्व हुने भएकाले यसतर्फ पनि सचेत बन्नुपर्छ भन्ने मलाई लाग्छ । संस्थाको गरिमा उच्च बनाइराख्न र अपनत्व महसुस गराइराख्नका लागि यहाँभित्र आबद्ध व्यक्तिबीच अनुशासन र सम्मानको सदैव पालना हुनुपर्छ भन्ने मेरो धारणा छ । कतिपय सन्दर्भमा संस्थाको जिम्मेवार भूमिकामा बसेर वा संस्थामार्फत विगतमा योगदान गर्नेहरूबाटै पनि संस्थाको हितविपरीतका गतिविधि हुने गरेको देखिन्छ, यसले व्यक्तिको भन्दा संस्थाको साख गिराउने भएकाले यस्ता गतिविधिका सन्दर्भमा हामीबीच समीक्षा हुनुपर्ने आवश्यकता पनि खड्किएको छ । नेजाले सदस्यहरूका निम्ति आचार-संहितासमेत बनाएर अघि बढेको तथ्य हामी सबैलाई अवगत नै छ । हुन त आचार-संहिता भन्नेबित्तिकै स्वनियम भन्ने बुझिन्छ, त्यही नियम पनि हामीहरूले पालना नगर्ने हो भने संस्थामा नकारात्मक असर पर्न सक्छ, यसतर्फ सबैले मनन गरौं । अब यो संस्थालाई उत्तर अमेरिकामा बसोवास गर्ने नेपाली पत्रकारहरूको पेसालाई व्यावसायिक रुपमा अगाडि बढाउनका लागि आवश्यक्ष प्रबन्धका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने एक जिम्मेवार संगठन बनाउनेतर्फ हामीले मनन गर्दै आजैबाट पहल गर्नु अत्यावश्यक छ । 

नेजाको मे २१ र २२, २०२३ मा टेक्सास राज्यको ह्युस्टनमा भएको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट श्री सुरज भण्डारीको नेतृत्वमा गठन भएको कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरूका तर्फबाट प्राप्त सल्लाह, सुझाव एवं सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु । साथै, वर्तमान कार्यसमितिले यो दुई वर्षको अवधिमा आयोजना गरेका कार्यक्रमहरू सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने, संस्थापक/पूर्वअध्यक्ष, सल्लाहकार, पूर्वपदाधिकारी, अग्रज, संस्थामा आबद्ध सदस्यज्यूहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । सबैको अपनत्व महसुस हुने गरी संस्थालाई सम्मानित बनाउनका लागि संस्था एवं पत्रकारिता क्षेत्रका अग्रज अनि संस्थालाई माया गर्ने सम्पूर्ण व्यक्तित्वबाट आगामी दिनमा योभन्दा धेरै सहयोगको आशा एवं अपेक्षा राखेको छु । संघको वार्षिक प्रतिवेदनको रुपमा रहने यस महासचिवको प्रतिवेदन तयार पार्न सहयोग गर्नुहुने नेजा कार्यसमितिका अध्यक्ष, सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरूप्रति हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछु । धन्यवाद । 

भवदीय,

बाबुराम दाहाल
महासचिव
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ।
मे ११, २०२५, लस भेगस, अमेरिका ।