‘प्रयास’ का लागि लेख रचना आह्वान

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले बार्षिक रुपमा प्रकाशित गर्दै आएको ‘प्रयास’ स्मारिका आगामी मे २-३ मा न्यूयोर्कमा आयोजना हुने साधारण सभा तथा अधिवेशनको क्रममा प्रकाशित हुँदैछ । यसै सन्दर्भमा प्रयासमा प्रकाशनका लागि कुनै पनि प्रकारका (विशेषगरि पत्रकारिता/सञ्चार माध्यमसँग सम्बन्धित)सामग्रीहरु तपाइसँग छन् या लेख्ने योजनामा हुनुहुन्छ भने आउँदो अप्रिल पहिलो साताभित्र पठाइदिनुहुन लेखक/पत्रकारहरुसँग अनुरोध गर्दछौं ।

‘प्रयास’ नेजाको मुखपत्र रहेको र यसमा प्रकाशित हुने सामग्रीप्रति नेजाको संस्थागत जिम्मेवारी रहने कारणले गर्दा निम्न विषयहरुलाई ख्याल गरेर सामग्रीहरु प्रेषित गर्नुहुने अपेक्षा सम्पादनमण्डलले लिएको छ ।

– लेख, रचना सकभर मौलिक, समसामयीक र पत्रकारिता (सञ्चार)क्षेत्रसँग संबन्धित भएमा उत्तम हुनेछ । यसबाहेक निबन्ध,कथा,कविता,संस्मरण आदि पनि पठाउन सक्नुहुनेछ ।

– लेख, रचना बढीमा दुईहजार पाँचसय शब्दसम्मको भएमा राम्रो हुनेछ ।

– लेख अन्यत्र प्रकाशित नभएको हुनुपर्नेछ ।

– लेख, रचनासँगै लेखकको एकप्रति पासपोर्ट साइजको तस्विर र नियमित सम्पर्क हुनसक्ने फोन र इमेल पनि समावेश गरेर पठादिनुहुन अनुरोध छ ।

– लेख सम्पादक मण्डलका संयोजक लेखनाथ भण्डारीको इमेल LNB999@GMAIL.COM मा पठाउन सक्नुहुनेछ । अनुकुलतामा नेजाको इमेल र अन्य सदस्यहरूको इमेलमापनि पठाउन सक्नुहुनेछ ।

– व्यक्तिगत तथा संस्थागत आक्षेप लागेका तर स्वतन्त्र रुपमा पुष्टी हुन नसकेका लेख,रचनाहरु प्रकाशित गर्न सम्पादक मण्डल वाध्य हुनेछैन ।

– प्रकाशित हुन नसक्ने लेख,रचनाहरुको बारेमा लेखकलाई यथासक्य छिटो जानकारी दिइनेछ ।

– प्रकाशित लेखको लागि नेजाको कार्यसमिती सदस्य र सम्पादक मण्डलका सदस्यहरू बाहेकका लेखकहरूलाई सम्पादक मण्डलको सिफारिसमा पारिश्रमिक पनि उपलब्ध गराइनेछ ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)‘प्रयास’ स्मारिका सम्पादन मण्डल २०२०

लेखनाथ भण्डारी– संयोजक

सदस्यहरू

– बाबुराम दाहाल – विजय घिमिरे – प्रतिमा बाँस्कोटा – रामचन्द्र भट्ट – शैलेश श्रेष्ठ – सुरज भण्डारी