About NEAJA

NEAJA was founded in 2007 April after the first North American regional conference held in Arlington, Virginia. It works as a not for profit organization exclusively to unite and foster the ever growing number of Nepali journalists in North America. The principal mission is to continue to build and develop communication network amongst like minded journalists and organizations with similar missions irrespective of political geography.

NEAJA is instituted exclusively for charitable, educational and scientific purpose, the making of distributions to organizations that qualify as exempt organizations under section 501(C)(3) of the internal revenue code, or corresponding section of any future federal tax code.

Details>>>

अध्यक्षको सन्देश

सुरज भण्डारी अध्यक्ष नेपाल अमेरिका पत्रकार संघ (नेजा)

मातृभूमि नेपालभन्दा सात समुद्र पारि उत्तर अमेरिकामा पत्रकारितासँग साइनो जोडिएका नेपाली मूलका पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) सन् २००७ सालमा स्थापना भएको हो । नेजा उत्तर अमेरिकाको नेपाली डायस्पोरामा परिचित मात्र छैन, यसको भूमिका पनि विशिष्टीकृत रहेको छ । उत्तर अमेरिकी नेपाली समुदायका लागि मात्र नभई मातृभूमि नेपालका लागि पनि नेजाले महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।
नेजामा नेपाली पत्रकारिताको इतिहासदेखि २१औं शताब्दीको प्रविधियुक्त पत्रकारितामा अभ्यस्त पत्रकारहरूको संलग्नता रहेको छ । नेपालमा रहँदा पत्रकारितामा रम्नुभएकाहरूलाई संगठित गर्दै स्थापना भएको नेजा सो उद्देश्यमा अविचलित भई अघि बढिरहेको छ । सँगसँगै उत्तर अमेरिकामा जम्दै गएको नेपाली डायस्पोरा लक्षित सञ्चारमाध्यमहरूमा आबद्व पत्रकारहरूलाई पनि संस्थाभित्र गोलबन्द गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ ।
अग्रजलाई सम्मान गर्दै उत्तर अमेरिकामा नेपाली मूलका पत्रकारहरूले सञ्चालन गरिरहेको सञ्चारमाध्यमहरूको व्यावसायिकताका लागि पनि नेजाले पहल गर्दै आएको छ । पत्रकारितासँग कहीँ न कहीँ नाता गाँसिएका हामी सबैको साझा चौतारी नेजा सबै अट्ने घर हो । घरभित्र सबैको भावना समेटिन्छ, सबैको भावना समेटेर नै घर सञ्चालन हुन सक्दछ, यसमा हामी सबै नेजा सदस्यहरूको उत्तिकै दायित्व रहेको हुन्छ ।
संघको आठौं अधिवेशन तथा १६औं साधारण सभाबाट बनेको यो कार्यसमिति उत्तर अमेरिकामा रहनुभएका पत्रकारहरू, जो नेपालमा रहँदा वा यहाँ आइसकेपछि पनि कहीँ न कहीँ पत्रकारितामा जोडिनुभएको छ तर नेजामा समेटिन सक्नुभएको छैन, उहाँहरू सबैलाई नेजामा आउनका लागि हार्दिक अपिल गर्दछ । त्यसका लागि यस कार्यसमितिको तर्फबाट गर्नुपर्ने पहल र व्यवस्थाका लागि कार्यसमिति सधैं तयार रहेको छ । संघको स्थापनादेखि हालसम्म कुनै पनि अवधिमा सदस्य हुनुभएका तर जुनसुकै अवस्थाका कारण सदस्यतालाई अद्यावधिक नगर्नुभएका तपाईं सबैलाई नेजामा सदैब स्वागत छ । आग्रह वा पूर्वाग्रहविना सबै समेटिने नेजा बनाउनका लागि यो कार्यसमिति तत्परताका साथ सक्रिय रहने पनि सम्बन्धित सबैमा अनुरोध गर्दछु ।
संस्थापक अध्यक्षसहित संस्थापकहरूको ऐतिहासिक योगदान, पूर्वअध्यक्ष तथा पूर्वपदाधिकारी एवम् पूर्व कार्यसमितिको भूमिकाको उच्च सम्मान व्यक्त गर्दछौं । उत्तर अमेरिकाको भूमिमा बढ्दै र समृद्ध बन्दै गएको नेपाली डायस्पोरा र नेपाली भाषा, संस्कृतिसँगै विस्तार हुँदै गएको पत्रकारिताको व्यावसायिकताका निम्ति पनि नेजाको संस्थागत पहल अपरिहार्यता रहेको छ । सामुदायिक पत्रकारितालाई अब बिस्तारै व्यावसायिकताको चरणमा लैजानका लागि सम्बद्व तपाईं सबैको सहकार्यमा नेजाले विशेष भूमिका खेल्ने पनि म अनुरोध गर्न चाहन्छु । नेपाली डायस्पोराका दोस्रो पुस्ताले उत्तर अमेरिकामा बिस्तारै देखिने गरी पाइला टेक्न थालेको छ । यहाँको हरेक क्षेत्रको मूलधारमा नेपाली डायस्पोराको उपस्थिति क्रमशः बढ्दै गएको छ । संघर्षको चरणबाट आफ्नो यात्रा अघि बढाएको पहिलो पुस्ता क्रमशः समृद्ध र सन्तुष्टताको बिन्दुमा पुग्न खोजिरहेको छ । यसले के संकेत गरिरहेको छ भने नेपाली डायस्पोराभित्रबाट पनि अब उत्तर अमेरिकाभित्रको मूलधारको पत्रकारितामा पनि उपस्थिति बढेर जानेछ । कतिपय हकमा त्यसको सुरुवात पनि भएको छ । अब बिस्तारै नेपाली डायस्पोरा भित्रबाट नै सहभागिता बढाउनका लागि हामीले पहल गर्नुपर्ने आवश्यकता खड्किएको छ, यसका लागि नेजाले हरसम्भव प्रयास गर्नेछ । नेजालाई उत्तर अमेरिकाभित्रका मूलधारका पत्रकारितासँग सम्बन्धित संघ-संस्थाहरूसँग जोड्नेदेखि ती संस्थाहरूमा हाम्रो उपस्थिति बढाउनका लागि संस्थागत पहल रहनेछ ।
नेपाली डायस्पोराका मुद्दालाई नेपालसँग जोड्न, उत्तर अमेरिकामा रहेको नेपाली समुदायको गतिविधिलाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन, एकताबद्व नेपाली डायस्पोरा निर्माण तथा बलियो र समृद्ध नेपाली डायस्पोराको सहभागिता नेपालको विकास र समृद्धिका लागि लगाउनका लागि नेजाको तर्फबाट गर्न सकिने प्रयास गर्नुपर्नेछ । नेपालको पत्रकारिताको विकासका लागि नेजाले स्थापनाका समय र तत्पश्चातका समयदेखि नै गर्दै आएको योगदानको निरन्तरतासँगै थप कार्यहरू गर्नेतर्फ हाम्रो प्रयास रहनेछ । उत्तर अमेरिकामा क्रियाशील नेजामा संलग्न पत्रकारहरूको निम्ति पनि देखिने गरी केही गर्नुपर्नेछ र त्यसका लागि सबैको साथ र सहयोगको खाँचो अपरिहार्य छ । अन्त्यमा, यस कार्यसमिति निर्वाचित गराउने तपाईं सबै नेजा सदस्यहरूलाई हृदयदेखि नै धन्यवाद छ । दुई वर्षको कार्यकालमा तपाईं सबैबाट साथ, सहयोग, सुझाव र रचनात्मक अनि सकारात्मक आलोचनाको अपेक्षा कार्यसमितिको तर्फबाट राखेको छु । धन्यवाद ।

आदरणीय अध्यक्षज्यू, नेपाल अमेरिका पत्रकार संघको कार्यसमिति, पूर्वअध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू तथा संस्थाका सम्मानित सदस्यज्यूहरू एवं उपस्थित सम्पूर्ण साथीहरू,
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को टेक्सस राज्यको ह्युष्टन  शहरमा २० र २१ , २०२३ मा हुने आठौं अधिवेशन तथा १६औं साधारणसभावाट पारित संघका महासचिव सुरज भण्डारीले तयार पार्नुभएको महासचिवको प्रतिवेदन ।
सन् २००७ मा स्थापित संघको भर्जिनिया राज्यको च्यान्टिली सहरमा जुलाई २४ - २५, २०२१ मा भएको सातौं अधिवेशन तथा १४औं साधारण सभाले संघको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । विकासराज न्यौपानेको अध्यक्षतामा निर्वाचित कार्यसमितिले एक वर्षभित्र पूरा गर्दा भए/गरेका गतिविधि समेटेर तयार पारेको महासचिवको प्रतिवेदन जुलाई २३ - २४, २०२२ मा सानफ्रान्सिस्को सहरमा सम्पन्न संघको १५औं साधारण सभाले पारित गरिसकेकाले तत्पश्चातको एक वर्षको अवधिमा भएका गतिविधिलाई समेटेर यो महासचिवको प्रतिवेदन तयार पारिएको हो ।
विस्तृतमा>>
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ निर्धारण गरेको छ । नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो ।
संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान कार्समितिले संस्था स्थापनाका आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका बारेमा छलफल गरेको थियो ।
यस सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षज्यूहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानी सोहीअनुसार कार्यसमितिको संस्थापक/पूर्वअध्यक्ष एवं सल्लाहकारज्यूहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको हो ।
साथै, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने बैठकबाट निर्णय गरिएको छ ।
साथै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर नेजा स्थापना दिवस मनाउने नेजाको उद्देश्य रहेको छ ।

News

नेजा-न्यू इङल्यान्डवासीबीच छलफल

बोस्टन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू इङल्यान्डवासीबीच छलफल गरेको छ । नेजाले १७औं...

विस्तृतमा>>>

NEAJA Notice

सूचना !

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ निर्धारण गरेको छ । नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा...

विस्तृतमा>>>

नेजा-न्यू इङल्यान्डवासीबीच छलफल

बोस्टन, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले म्यासाच्युसेट्स राज्यको न्यू इङल्यान्डवासीबीच छलफल गरेको छ । नेजाले १७औं साधार सभा मे महिनाको २५-२६, २०२४ मा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा गर्ने निर्णय गरेसँगै तयारीको सुरुवातका रुपमा सो छलफल गरेको हो । १७औं साधारण सभालाई मध्यनजर गर्दै कार्यक्रम हुने क्षेत्रमा क्रियाशील नेपाली समुदाय आबद्ध स्थानीय संघ-संस्थाहरूसँग

नेजाद्वारा “प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा” विषयक अन्तरक्रिया

कात्तिक १, २०८० बुधबार तदनुसार १८ अक्टोबर २०२३ मा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले “प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा” विषयमा अन्तरक्रियाको आयोजना गर्यो । सो अन्तरक्रियामा विषयवक्ताका रुपमा वरिष्ठ पत्रकार भागिरथ योगीले “प्रवासमा नेपाली पत्रकारिताः अवसर, सम्भावना र चुनौति” विषयमा र वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्तीले “प्रवासको नेपाली पत्रकारिताबाट नेपाली

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२ वितरण सम्पन्न

असोज २५, काठमाडौं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघको संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२ वितरण गरिएको छ । नेजाद्वारा हरेक दुई वर्षमा प्रदान गरिँदै आएको सो पुरस्कार यस वर्ष संयुक्त रुपमा दिलमाया शाही र कमला तामाङ “पाख्रिन” लाई प्रदान गरियो ।  पुरस्कार प्राप्त गर्ने शाही कर्णाली प्रदेशको जुम्लाबाट हुनुहुन्छ

नेजाद्वारा बराल दम्पतीलाई शुभेच्छा एवम् सम्मान

टेक्सास, अमेरिका । यही सेप्टेम्बर १०, २०२३ का दिन टेक्सासको डालसमा नेजाले एक कार्यक्रमको आयोजना गरी अमेरिकाको बसाइलाई छोट्ट्याएर नेपाल फर्कन लाग्नुभएका पत्रकारिता क्षेत्र तथा नेजाका अग्रज एवम् सम्मानित व्यक्तित्व तारा बराल र बिटु केसीलाई शुभेच्छा एवम् सम्मान गरेको छ । गोरखापत्र दैनिकमा प्रधान सम्पादक र नेपाल टेलिभिजनमा अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका पत्रकारिता क्षेत्रका अग्रज

हार्दिक आभार एवम् धन्यवाद !!

यही अगस्ट २९, २०२३ का दिन बेलुका भर्चुअल (जुम) मार्फत नेपाल अमेरिका पत्रकार संघ (नेजा) र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाको संयुक्त रुपमा आयोजना गरिएको नवनिर्वाचित कार्यसमितिबीच परिचयात्मक एवं संस्थागत सहकार्यका सम्बन्धमा अन्तरक्रियामा उपस्थित हुनुभई दुई संस्थाबीच हुँदै आएको सहकार्यलाई निरन्तरता एवम् यी दुवै संस्थाको समाजसेवाको उद्देश्यलाई पूर्ण बनाउन यो सहकार्यलाई थप

नेजाद्वारा शर्मालाई अमेरिकामा स्वागत

बिहीबार १७, अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अमेरिकाको भ्रमणमा आउनुभएका नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई टेक्सासको डालसमा एक कार्यक्रमका बीच स्वागत गरेको छ । अगस्ट १७ बिहीबार  डालसमा आयोजित स्वागत एवं अन्तरक्रियामा नेपाल सरकारका प्रधानमन्त्रीका पूर्वप्रेस सल्लाहकारसमेत रहनुभएका शर्माले भौतिक रुपमा जहाँ भए पनि मातृभूमिसँगको निकटता कायमै राख्न नेपाली समुदायसँग आग्रह गर्नुभएको थियो

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले जुलाई १६, २०२३ आईतबार मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा आयोजना गरेको "नेजा-एनआरएनए, अमेरिका प्रेसिडेन्सियल बहस" कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई नेजाको तर्फबाट हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं । सो कार्यक्रममा उपस्थित नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल र नेजाका पूर्वअध्यक्ष गौतम दाहाललाई हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं । साथै, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२३-२०२५ कार्यकालका लागि अध्यक्षका प्रत्यासीद्वय डा. अर्जुन बन्जाडे र डिलुराम पराजुलीलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।
    Read more>>
    जुन १८, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका बारेमा जुम अन्तरक्रिया गरेको छ । जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको जवाफ दिनुभएको थियो ।
    Read more>>

    Interested! Get your Membership.